Home Blog Page 99

निफ्राले सेयरधनिलाई बनायो निरास ! लाभांश नदिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई निरास बनाएको छ । बैंकले गत आबका लागि लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ सञ्चित गर्ने निर्णय गरेको छ । निफ्राले वित्तीय अवस्था थप सुदृढ उदेस्यले लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

सोल्टी होटलको सेयरधनिलाई सरप्राइज ! ३६.८ प्रतिसत लाभांश दिने

0

सोल्टी होटल लिमिटेडले सेयरधनीलाई सरप्राइज दिएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई खुशी पार्ने गरी लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश दिने भएको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको उक्त ५० औं साधारण सभा काठमाण्डौको नेपाल प्रज्ञा भवनमा आयोजना हुनेछ ।

नबिल बैंकले सेयरधनीलाई १० प्रतिसत लाभांश दिने

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त बैठकले सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ प्रतिसत लाभांश दिने

स्ट्याण्डर्ड चाटर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित( गरी कुल २५.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।


यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले नारायणचौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सिईडिबि हाईड्रोपावरको नाफा २०२% ले बढ्यो

0

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत १० करोड ७ लाख रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १४५.९१ प्रतिशतले बढी हो ।

कम्पनीको खर्च पनि ४१.३८ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ८९ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ८९ करोड ६ लाख र १ अर्ब ६२ करोडबराबरको जम्मा पूँजी तथा दायित्व रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३५.११,प्रतिसेयर नेटवर्थ १४७,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।

अपि पावरको खुद नाफा १८ करोड १७ लाख रुपैयाँ

0

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अबधिमा कम्पनी ४० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढ्दा सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

कम्पनिको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

लाभांश पारित मुख्य अजेण्डा सहित सानिमा बैंकले बोलायो साधारण सभा

सानिमा बैंक लिमिटेडले २० औं साधारण सभा आगामी मंसिर ४ गते काठमाण्डौमा बोलाएको छ । बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा आगामी मंसिर ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

यस्तै, सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गनेृ निर्णय गरेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउनेछन ।

मध्य भोटेकोशी जलविद्युतको संस्थापक सेयरको लकइन आज सकिदै

0

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयरधनीको लकइन अवधि आज (कार्तिक ११) देखि सकिने भएको छ। कम्पनीको संस्थापकको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको ‘लक इन’ आज कात्तिक ११ गतेबाट सकिने भएको हो।

कम्पनीका संस्थापक सेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनीतर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ।