Home Blog Page 98

दिव्यश्वरी हाइड्रोपावर ६९ लाख ८१ हजार नाफामा

0

दिव्यश्वी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । जसअनुसार दिव्यश्वरी हाइड्रोपावरले पहिलो त्रैमाससम्ममा ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधीमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ३१ लाख रुपैयाँबाट बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च १ करोड ८७ लाखबाट घटेर १ करोड ४३ लाख कायम भएको छ ।

पहिलो त्रैमाससम्म हाइड्रोपावरको प्रतिसेयर आम्दानी १०.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २.६४ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोष भने २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ ।

मंसिर ११ गतेदेखि एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

0

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीले आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन मिल्नेगरी १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २ गते हकप्रद निष्कासनको अनुमति पाएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

0

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले सेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

४४ हजार कित्ता स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

0

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ निर्धारण गरिएको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति मंसिर ५ गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

आशा लघुवित्त र सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् ।

त्यसैले आजसम्म कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कात्तिक २२ गते छठको सार्वजनिक बिदा र २३ गते शुक्रबार नेप्से बन्द रहने छ ।

सानिमा बैंकले गत आवका लागि चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस्तै आशा लघुवित्तले पनि गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

0

ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तोकेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा डाकेको हो ।

उक्त सभा मंसिर २७ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त

0

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनी यसअघि बैंकको मुख्य व्यवस्थापक थिए ।

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ पाएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यी २ कम्पनीको हकप्रद पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने

0

लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउन आज सम्म सेयरधनी बनिसक्नु पर्ने छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक २१ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

लिबर्टी इनर्जीले ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

त्यस्तै बलेफि हाईड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।

बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

0

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडल लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो।

उक्त बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । सभा मंसिर ६ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको कार्यालयको परिसरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।