Home Blog

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा ८६% ले वृद्धि

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुसअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा करिब ८६.१९ प्रतिशतको वृद्धि हो।

यद्यपी बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २३ करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर २३ करोड ३४ लाखमा सीमित बनेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड २३ लाख, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख र सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिर्भसल भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा निकै सुधार आएको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ६.१५ प्रतिशतमा झरेको छ।

यद्यपी बैंकको रिटेन्ड अर्निङ भने ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । रिजर्भ भने ३४ करोड ५३ लाखबाट बढेर ४४ करोड ८० लाख पुगेको छ ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

​व्यावसायिक कारोबारका हिसाबले बैंकले असार मसान्तसम्म ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँको तुलनामा बढी हो। त्यसैगरी निक्षेप सङ्कलन पनि ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

​बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य आम्दानी अनुपात ४०.४८ गुणा र पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको छ।

एप्पलको बजार पूँजीकरण ५ ट्रिलियन डलर नाघ्यो

अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले मंगलबार इतिहास रच्दै पहिलोपटक आफ्नो बजार पूँजीकरण ५ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुर्याएको छ। यससँगै एप्पल यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो कम्पनी बनेको छ। यसअघि चिप निर्माता कम्पनी एनभिडियाले मात्र ५ ट्रिलियन डलरको स्तर पार गरेको थियो।

कारोबारका क्रममा एप्पलको सेयरमूल्य प्रतिकित्ता ३४२.८९ डलरसम्म पुगेपछि कम्पनीको कुल बजार मूल्य ५.०३६ ट्रिलियन डलर पुगेको थियो। पछि सेयर मूल्य केही घटे पनि कम्पनीको बजार मूल्य करिब ४.९८ ट्रिलियन डलरमा कायम रह्यो।

एप्पलले यसै महिनाको सुरुवातमा एनभिडियालाई पछि पार्दै विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको स्थान पुनः हासिल गरेको थियो। एनभिडिया भने लामो समयदेखि शीर्ष स्थानमा रहेको थियो र ५ ट्रिलियन डलर बजार मूल्य पार गर्ने पहिलो कम्पनी बनेको थियो।

एप्पलको पछिल्लो वृद्धिमा कम्पनीका उत्पादनप्रतिको बलियो माग, स्थिर मूल्य नीति र एआई क्षेत्रमा अपनाएको फरक रणनीतिको महत्वपूर्ण भूमिका रहेको छ। अन्य ठूला प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा ठूलो लगानी गरिरहेका बेला एप्पलले खर्च नियन्त्रण गर्दै ग्राहक अनुभवमा केन्द्रित रणनीति अपनाएको छ।

एप्पलको सेयर मूल्य यस वर्ष करिब २५ प्रतिशतले बढेको छ, जसले कम्पनीलाई अन्य प्रमुख प्रविधि कम्पनीहरूभन्दा राम्रो प्रदर्शन गर्ने अवस्थामा पुर्याएको छ। कम्पनीले एआई सेवाका लागि गुगलको प्रविधिसँग सहकार्य गर्दै नयाँ सेवा विकास गरिरहेको छ।

आईफोनको मूल्य स्थिर राख्ने निर्णयले पनि उपभोक्ताको माग बढाउन सहयोग गरेको बताइएको छ। यसैबीच एप्पलले अमेरिकामा किस्ताबन्दीमा उपकरण उपलब्ध गराउने नयाँ कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले मासिक भुक्तानीमार्फत आईफोन, एप्पल वाच, आईप्याड र म्याक खरिद गर्न सक्नेछन्।

एप्पलले आगामी त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। विश्लेषकहरूले कम्पनीको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतभन्दा बढी बढ्न सक्ने अनुमान गरेका छन्।

राष्ट्र बैंकले ८२ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

0

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि साउन ६ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ८२ दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागिएको हो। बोलकबोल प्रक्रिया २०८३ साउन ६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र सञ्चालन हुनेछ।

बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ रहेको छ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म कुल आह्वान रकम १०० अर्ब रुपैयाँको सीमाभित्र बोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरका बोलहरूबाट आह्वान रकमभन्दा बढी माग भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ।

स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। साथै, निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी असोज २७ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासम्म बैंकले ६० करोड ६६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै तथा इम्पेयरमेन्ट चार्ज घटेसँगै खुद नाफामा पनि सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८८ करोड ४४ लाख रुपैयाँको तुलनामा धेरै हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ६४ करोड २३ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, कुल सञ्चालन आम्दानी १ अर्ब ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७ करोड १४ लाख रुपैयाँ थियो।

अघिल्लो आवमा ३४ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको बैंकले समीक्षा अवधिमा भने यसलाई घटाएर ९ करोड १३ लाखमा झारेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट वृद्धि भएर ६.८७ प्रतिशत कायम भएको छ ।

विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ । बैंकको सञ्चित मुनाफा २ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ।

बैंकको कुल निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप करिब ४.३४ प्रतिशत र कर्जा करिब ७.०३ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

यस्तै बैंकको क्यापिटल एडिक्वेसी रेसियो १४.६३ प्रतिशत कायम रहेको छ । बैंकको रिटर्न अन इक्विटी १४.५२ प्रतिशत पुगेको छ भने रिटर्न अन एसेट १.३७ प्रतिशत कायम भएको छ। कस्ट अफ फन्ड ३.५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.०१ प्रतिशत थियो।

समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकका ईपीएस १७.०६ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।

बैंकले आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, सञ्चालन खर्च नियन्त्रण, गुणस्तरीय कर्जा प्रवाह, जोखिम व्यवस्थापन तथा दिगो नाफा वृद्धि आफ्नो प्रमुख रणनीति रहने जनाएको छ।

आरएसडीसी लघुवित्तको नाफा ३५.७६% ले बढ्यो, लाभांश क्षमता १०.९७% पुग्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख २३ हजार रुपैयाँको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।

संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद सञ्चालन आम्दानीमा भएको वृद्धि तथा ५ करोड ५८ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्सल भएपछि नाफामा उल्लेख्य सुधार आएको हो।

समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा २० करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो।

यद्यपि, खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष २२ करोड ३६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवमा १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ। सञ्चालन खर्च पनि ५ करोड ५० लाख रुपैयाँबाट बढेर ५ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता १०.९७ प्रतिशत कायम भएको छ।

समीक्षा अवधिमा निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ३.९२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.३४ प्रतिशतभन्दा केही बढी हो। तर, कर्जा नोक्सानी व्यवस्था अनुपात ११६.७० प्रतिशत रहेकोले सम्भावित जोखिम व्यवस्थापनका लागि संस्थाको प्रबन्ध पर्याप्त रहेको देखिन्छ।

संस्थाले कस्ट अफ फण्ड ६.१७ प्रतिशतबाट घटाएर ४.८७ प्रतिशतमा झारेको छ। पूँजी कोष अनुपात २७.७२ प्रतिशत कायम रहेको छ।

चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोष २० करोड ७१ लाख रुपैयाँ र सञ्चित मुनाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको कुल सम्पत्ति ५ अर्ब ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ८ अर्ब १७ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

प्रति सेयर आम्दानी (ईपीएस) १३.३७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९.८५ रुपैयाँ थियो। त्यसैगरी, प्रतिसेयर नेटवर्थ १३१.०७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ४८.६१ गुणा तथा तरलता अनुपात २८.१४ प्रतिशत कायम भएको संस्थाले जनाएको छ।

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था अघि सारेको हो।

बोर्डका अनुसार टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्थाका प्रतिनिधि तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधिहरूको सहभागिता रहनेछ। उक्त संयन्त्रमार्फत पुँजी बजार सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बोर्डको योजना छ।

सेबोनले पछिल्लो समय पुँजी बजारको दायरा विस्तार हुनुका साथै लगानीकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेकाले बोर्डको आन्तरिक संरचना, कानुनी व्यवस्था र नियामकीय क्षमतालाई थप सुदृढ बनाउनु आवश्यक रहेको जनाएको छ।

बोर्डका अनुसार प्रस्तावित ‘क्यापिटल मार्केट टास्क फोर्स’ले बजार सुधारका नीतिगत तथा संस्थागत पहललाई समन्वय गर्दै पारदर्शी, व्यवस्थित र विश्वसनीय पूँजी बजार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रि–आईपीओ’का नाममा हुने अवैध कारोबारमा कारबाही हुन्छ : सेबोन अध्यक्ष भट्ट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा हुने अवैध सेयर कारोबारमा संलग्न कम्पनी तथा व्यक्तिमाथि कडा कारबाही गरिने बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष भट्टले ‘प्रि–आईपीओ’ कारोबार नेपालको कानुनअनुसार वैधानिक नभएको स्पष्ट पारे। उनले राज्यले अवैध कारोबारलाई कुनै पनि अवस्थामा वैधानिकता दिन नसक्ने बताए।

‘प्रि–आईपीओ अवैध गतिविधि हो। यस्ता कारोबार कुनै पनि कानुनी प्रक्रियाअन्तर्गत हुँदैनन्। यदि यस्तो गतिविधि भएको जानकारी प्राप्त भयो भने सम्बन्धित कम्पनी वा व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्छौं,’ उनले भने।

पछिल्लो समय केही कम्पनीहरूको नाम जोडेर ‘प्रि–आईपीओ’ कारोबार भइरहेको चर्चा सार्वजनिक भइरहेका बेला अध्यक्ष भट्टको यो धारणा आएको हो।

अध्यक्ष भट्टका अनुसार सेबोनले योग्य कम्पनीहरूको पुँजी बजारमा पहुँच विस्तार गर्न विभिन्न नीति तथा योजना अघि बढाएको छ। स्टार्टअप, साना तथा मध्यम उद्योग (SMEs) र अन्य योग्य कर्पोरेट संस्थाहरूलाई पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउने अवसर उपलब्ध गराउने व्यवस्था विकास भइरहेको उनले जानकारी दिए।

उनले आईपीओ जारी गर्न चाहने कम्पनीहरूले उच्च पारदर्शिता, कडा नियामकीय मापदण्ड तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्ने बताए।

सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि आईपीओको मूल्य निर्धारण प्रक्रियालाई अझ प्रतिस्पर्धी र पारदर्शी बनाइने पनि उनले बताए। यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर बुक बिल्डिङ तथा मूल्य निर्धारण प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी रहेको उनले जानकारी दिए।

भट्टले पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र (बन्ड), डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सजस्ता नयाँ वित्तीय साधनतर्फ विस्तार गर्ने योजनामा बोर्ड अगाडि बढिरहेको पनि बताए।

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

0

सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको आरोपमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ।

आयोगविरुद्ध यसअघि रिट दायर गरेका अधिवक्ता डा. प्रेमराज सिलवालले अन्तरिम आदेश सबै व्यक्तिका हकमा लागू हुने भए पनि आयोगले त्यसको आफूखुसी व्याख्या गर्दै छानबिनको काम जारी राखेको दाबी गरेका छन्।

सर्वोच्च अदालतले गत शुक्रबार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सम्पत्ति जाँचबुझ आयोगको काम यथास्थितिमा राख्न र कसैलाई पनि सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको थियो।

तर आयोगले आइतबार सूचना प्रकाशित गर्दै संविधानमा विशेष व्यवस्था भएका केही पदाधिकारीबाहेक राजनीतिक तथा अन्य व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन तयार गर्ने काम जारी रहने जनाएको थियो।

आयोगले अदालतको आदेशबाट राजनीतिक तथा अन्य पदाधिकारीहरूको सम्पत्ति छानबिनमा रोक लागेको नदेखिएको दाबी गरेको थियो।

रिट निवेदक सिलवालले भने अदालतले प्रयोग गरेको ‘कसैलाई पनि’ भन्ने शब्दले सबै व्यक्तिलाई समेट्ने भन्दै आयोगको सूचना अन्तरिम आदेशविपरीत रहेको जिकिर गरेका छन्। आयोगले आदेशको गलत व्याख्या गरी काम अघि बढाएकाले अदालतको अवहेलना भएको उनको दाबी छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अवहेलना निवेदन दर्ता भएको पुष्टि गर्दै उक्त निवेदन एकल इजलासमा पेस हुने जानकारी दिए। निवेदनमाथिको थप प्रक्रिया र निर्णय एकल इजलासले तय गर्नेछ।

यसअघि प्रवक्ता कोइरालाले अन्तरिम आदेश संविधानको धारा २३९ अन्तर्गत पर्ने पूर्वन्यायाधीश, पूर्वसंवैधानिक पदाधिकारी तथा नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूको हकमा मात्रै लागू हुने व्याख्या गरेका थिए।

सोही व्याख्यालाई आधार बनाउँदै आयोगले अन्य राजनीतिक तथा सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन र छानबिनको काम यथावत् रहने सूचना जारी गरेको थियो।

अर्थमन्त्रीबाट स्वीकृत भयो सेबोनको ‘पूँजीबजार रेस्क्यू प्लान’, आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं। निरन्तर ओरालो लागिरहेको सेयर बजार, लगानीकर्तामा बढ्दो निराशा र बजारप्रतिको कमजोर बन्दै गएको विश्वास पुनःस्थापित गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको करिब ११० पृष्ठ लामो ‘पूँजीबजार रेस्क्यू प्लान’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट स्वीकृत भएको छ।

सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार बजारको तत्काल उद्धार, दीर्घकालीन सुधार तथा आधुनिकीकरणलाई लक्षित गर्दै तयार गरिएको विस्तृत कार्ययोजना अर्थमन्त्रीबाट स्वीकृत भइसकेको छ। उक्त योजनालाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताएका छन्।

‘हामीले तयार गरेको कार्ययोजना र एक्सन प्लान माननीय अर्थमन्त्रीज्यूबाट स्वीकृत भइसकेको छ,’ अध्यक्ष भट्टले भने, ‘यसलाई थप परिष्कृत गरेर भोलिसम्म सार्वजनिक गर्ने तयारीमा छौँ।’

अध्यक्ष भट्टका अनुसार रेस्क्यू प्लानमा आगामी एक वर्षभित्र पूँजीबजार सुधारका लागि आवश्यक कार्यहरू स्पष्ट समयसीमा र जिम्मेवारीसहित समेटिएका छन्। तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यक्रमसँगै मध्यकालीन तथा दीर्घकालीन सुधारका योजना पनि दस्तावेजमा समावेश गरिएको छ।

योजनामा बजारमा देखिएका संरचनागत कमजोरी हटाउने, नियामकीय क्षमता सुदृढ बनाउने, कारोबार प्रणालीलाई आधुनिक बनाउने, लगानीकर्ता संरक्षणलाई प्रभावकारी बनाउने तथा बजारमा हुने सम्भावित विकृति र चलखेल नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

अध्यक्ष भट्टले योजनाको प्रभावकारी कार्यान्वयनले हाल संकटग्रस्त अवस्थामा पुगेको पूँजीबजारलाई नयाँ गति दिने र लगानीकर्तामा गुमेको विश्वास पुनःस्थापित हुने विश्वास व्यक्त गरेका छन्।

लगानीकर्ताको दबाब बढ्दै

यसैबीच, बजारका समस्या तत्काल समाधान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्तालाई सेबोनले छलफलका लागि बोलाएको छ। आन्दोलनरत पक्षबाट तिलक कोइरालाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डल बोर्ड पुगेको छ भने अध्यक्ष भट्टसँग छलफलको तयारी भइरहेको छ।

लगानीकर्ताले आफ्ना सुझावसमेत समेटेर रेस्क्यू प्लान आजै सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। योजना सार्वजनिक गर्न ढिलाइ भए बुधबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूको चेतावनी छ।

‘आजै रेस्क्यू प्लान सार्वजनिक भएन भने भोलिदेखि हाम्रो सशक्त आन्दोलन सुरु हुन्छ,’ लगानीकर्ता नेता तिलक कोइरालाले भने, ‘कुनै पनि ब्रोकर कार्यालय खोल्न दिँदैनौँ। आज साँझ ७ बजे भर्चुअल माध्यमबाट आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौँ।’

सुनको मूल्य लगातार पाँचौ दिनपनि घट्यो

0

 सुनको मूल्य लगातार पाँचौ दिनपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि सुनको मूल्य ९ सय रुपैयाँले ओरालो लागेको थियो । सुनको मूल्य गत आइतबारदेखि घट्न थालेको हो । त्यसयता सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले घटिसकेको छ ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।

यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदी १६० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३४० रुपैयाँमा सीमित बनेको छ ।