Home Blog Page 2

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एसएनओआरएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणहरुलाई बिक्री गरिएको २० प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता र ८० प्रतिशत दरको ७५ लाख कित्ता सेयर संस्थापक सेयरधनीहरुले लगानी गरेको सेयर रहेको छ ।

उक्त सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले यो कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

उपत्यकामा एकै दिन २ हजार ५ सयभन्दा बढी चालक कारबाहीमा, ट्राफिक निगरानी कडा

0

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी थप कडा बनाइएको छ। पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५१९ जना सवारीचालकलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित अनुगमन र चेकजाँच अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही सामान्य तथा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको छ। तथ्याङ्कअनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९२ जना चालक कारबाहीमा परेका छन् भने अनुमति तथा नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १६३ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।

त्यसैगरी ट्राफिक सङ्केत बत्तीको अवज्ञा गर्ने ९९ जना, निर्धारित गति सीमा नाघेर सवारी चलाउने ११५ जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने १०९ जना चालकलाई जरिवाना गरिएको छ। निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०० जना चालक पनि कारबाहीको दायरामा परेका छन्।

सडकमा ध्वनि प्रदूषण नियन्त्रणका लागि यस्ता गतिविधिमाथि विशेष निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तै लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन जना चालक पक्राउ परेका छन् भने वातावरणीय मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १९ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।

यस बाहेक आवश्यक कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने तथा अन्य विविध कसुरमा एक हजार ८१९ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चापका बीच सडक अनुशासन कायम राख्न नियमित निगरानी, प्रविधिमार्फत अनुगमन तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइनेछ। साथै चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरिएको छ।

प्रहरीले नियमको पालना भए सडक दुर्घटना न्यूनीकरण हुनुका साथै सडक यातायातलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड

सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।

क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन परेको छ । यसमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ ।

आईपीओ खरिदका लागि आवेदन दिने ४४ हजार २०७ वटा आवेदन भने बदर भएको छ ।

कुल सदर आवेदकमध्ये ७० हजार ५५० जनालाई १० कित्ताका दरले ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ बाँडफाँड गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

सेयरबजारको घन्टा घन्टाको उतारचढाव हेरेर नीति बनाउँदैनौँ , दूरगामी असर मुख्य कुरा : अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरबजारको दैनिक वा घण्टैपिच्छेको उतारचढावलाई आधार बनाएर पूँजीबजारसम्बन्धी नीति निर्माण नगर्ने बताएका छन्।

शुक्रबार संघीय संसद्को प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकार अल्पकालीन बजार प्रवृत्तिभन्दा दीर्घकालीन नीतिगत सुधारमा केन्द्रित रहेको बताए।

‘एक–एक घण्टाको अन्तरमा पूँजीबजार सूचक तल जान्छ कि माथि भनेर हामी हेर्दैनौँ। हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरू निर्माण गर्नेतर्फ केन्द्रित छौँ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले हाल पूँजीबजार तथा बीमा क्षेत्रसँग सम्बन्धित एक खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएका मुद्दाहरू विभिन्न निकायमा विचाराधीन रहेको उल्लेख गर्दै त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए।

‘एक खर्बभन्दा बढीको बिगो माग गर्दै मुद्दा चलिरहेको छ। त्यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट पनि रहेको छ। अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा म पनि पर्छु कि, हामी पनि तानिन्छौँ कि भन्ने भय र त्रास केही लगानीकर्तामा देखिएको हुनसक्छ,’ उनले भने।

यद्यपि, सरकारले सार्वजनिक गरेको बजेटमा समेटिएका नीतिगत व्यवस्थाहरूको प्रभाव क्रमशः देखिन थालेपछि लगानीकर्ताको आत्मविश्वास बढ्ने र बजारमा सकारात्मक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

‘बजेटले तय गरेको लक्ष्य र दिशाको नतिजा देखिन थालेपछि निजी क्षेत्र अझ उत्साहित भएर अघि बढ्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने, लगानी प्रोत्साहन गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ तयार गरिएको दाबी गरे।

बालेन सरकारमा नेपालको शेयर बजार NEPSE: अपेक्षा, यथार्थ र चुनौतीहरूको विश्लेषण

0

यदि भविष्यमा बालेन शाह नेतृत्वको सरकार निरन्तरता भयो वा बालेनको राजनीतिक एजेन्डाले राष्ट्रिय शासनमा प्रभाव जमायो भने शेयर बजारमा प्रारम्भिक उत्साह देखाए जस्तै पुनः स्थायी उचाइतिर लम्किन सक्ने सम्भावना छ। यसको मुख्य कारण बालेनको छवि परम्परागत राजनीतिक संरचनाभन्दा फरक, भ्रष्टाचारविरोधी, प्रशासनिक सुधारमुखी र युवा पुस्तामा लोकप्रिय नेताको रूपमा स्थापित हुनु हो। तर शेयर बजारको दृष्टिकोणबाट हेर्दा लोकप्रियता र आर्थिक परिणाम एउटै कुरा होइनन्।

“Words may inspire the market, but only implementation can earn its confidence.”

नेपालको शेयर बजार NEPSE मा एउटा यस्तो प्रवृत्ति देखिन्छ नयाँ राजनीतिक शक्ति वा नेतृत्व उदाउँदा लगानीकर्ताले तत्काल सकारात्मक अपेक्षा बनाउँछन्। बालेन प्रधानमन्त्री हुने भयो भन्ने भएपछि 9 March 2026 को दिन NEPSE  ६% ले वृद्धि भएर सर्किट लाग्दै १६२ अङ्क बढेर २८७५ कारोबार बन्द भएको थियो। बालेन सरकार बनेको अवस्थामा पनि सुरुवाती दिनहरूमा “Hope Rally” अर्थात् आशामा आधारित बजार वृद्धि देखियो। विशेष गरी हाइड्रोपावर, पूर्वाधार, निर्माण, बैंकिङ र उत्पादनमूलक क्षेत्रका कम्पनीहरूमा लगानीकर्ताको रुचि साथै बजारले “अब केही फरक हुन्छ” भन्ने कथालाई मूल्यमा समावेश गर्न थालेको थियो। त्यस्तै स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने सम्भावनाको चर्चाले पनि धेरै लगानीकर्तामा नयाँ उत्साह पैदा गरेको थियो। धेरैको धारणा थियो कि अर्थतन्त्र बुझेको व्यक्ति सरकारको आर्थिक नेतृत्वमा आएपछि पूँजी बजार, निजी क्षेत्र र लगानी वातावरणमा सुधार आउनेछ र NEPSE ले नयाँ उचाइतर्फ यात्रा गर्न सक्छ।

तर बिडम्बना नीतिगत सुधार र आर्थिक सुशासनको नारासँगै NEPSE ले भने बालेन सरकारलाई रातो झण्डा देखाउँदै निरन्तर गिरावट देखाइरहेको अवस्था छ। बालेन सरकारको सबैभन्दा ठूलो परीक्षा लोकप्रियता होइन, आर्थिक व्यवस्थापन हुनेछ।

भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र आर्थिक सुशासनको नारा कुनै पनि देशको आर्थिक विकासका लागि सकारात्मक विषय हुन्। तर यस्ता नाराहरू व्यवहारमा कसरी लागू हुन्छन् भन्ने कुराले निजी क्षेत्र र पूँजी बजारको मनोविज्ञान निर्धारण गर्छ। पछिल्लो समय नेपालमा सुशासनको अपेक्षा बढेसँगै निजी क्षेत्रभित्र भने एउटा फरक किसिमको चिन्ता देखिन थालेको छ।

Good governance and transparency support economic growth, but their real impact depends on how they are implemented.

निजी क्षेत्रको मुख्य चिन्ता भ्रष्टाचार नियन्त्रणप्रति होइन; बरु त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा हो। लगानीकर्ताले खोज्ने कुरा स्पष्ट नियम, स्थिर नीति र निष्पक्ष नियमन हो। यदि सुधारका नाममा अचानक निर्णय, कडा अनुसन्धानको डर, नीतिगत अस्पष्टता वा प्रशासनिक अस्थिरता बढ्यो भने व्यवसायी लगानीकर्ता स्वाभाविक रूपमा सतर्क हुन्छन्। यस्तो अवस्थामा नयाँ लगानी आउने मात्र होइन, पुराना लगानीकर्ताले पनि जोखिम घटाउने रणनीति अपनाउन सक्छन्।

आर्थिक दृष्टिकोणबाट हेर्दा राज्यको भूमिका केवल दोष खोज्ने होइन, विश्वास निर्माण गर्ने पनि हो। यही ठाउँमा अहिलेको बहस महत्वपूर्ण बनेको छ। निजी क्षेत्रमाथि कडा निगरानी, ठूला घरानाप्रति आक्रामक अभिव्यक्ति वा विगतका कमजोरीमाथि कारबाहीको सन्देशले जनतामा सकारात्मक प्रतिक्रिया ल्याउन सक्छ। तर लगानीकर्ताको दृष्टिले प्रश्न उठ्छ, के यो प्रक्रिया स्पष्ट नीति, कानुनी आधार र समान मापदण्डमा आधारित छ? यदि निजी क्षेत्रले आफूलाई निरन्तर शंकाको घेरामा परेको महसुस गर्‍यो भने त्यसको असर लगानी निर्णयमा पर्न सक्छ।

गलत काम गर्ने व्यक्ति वा संस्थामाथि कारबाही हुनु आवश्यक छ। तर शेयर बजारको दृष्टिले हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ, केही व्यक्तिको सम्भावित कमजोरी वा अनियमितताको समाधान खोज्दा त्यसको असर सम्पूर्ण लगानीकर्ता समुदायले ठूलो आर्थिक क्षतिका रूपमा व्यहोर्नुपर्ने अवस्था आउनु उचित हो?

पछिल्लो बजार अवस्थालाई हेर्दा लगानीकर्तामाझ यही चिन्ता देखिन्छ। बजार पूँजीकरण करिब ५० खर्ब रुपैयाँ आसपास पुगेको अवस्थाबाट घटेर करिब ४५ खर्बको क्षेत्रमा आएको अवस्थामा लगानीकर्ताको कागजी सम्पत्तिको मूल्यमा झन्डै ५ खर्बले गिरावट आएको छ। यसको अर्थ बजारमा लगानी गर्ने लाखौँ व्यक्तिको सम्पत्तिको मूल्यांकन घटेको हो। यो प्रत्यक्ष नगद नोक्सानी मात्र नभए पनि लगानीकर्ताको सम्पत्ति, आत्मविश्वास र भविष्यको योजनामा असर पार्ने अवस्था हो।

आर्थिक विकासका लागि निजी क्षेत्र केवल नाफा कमाउने समूह मात्र होइन; यो रोजगारी, उत्पादन, कर राजस्व र पूँजी निर्माणको मुख्य माध्यम पनि हो। त्यसैले सुशासनको नाममा खराब अभ्यास रोक्नु आवश्यक भए पनि सम्पूर्ण निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने वातावरण बन्यो भने त्यसले लगानीको मनोविज्ञान कमजोर बनाउन सक्छ।

त्यस्तै अर्थतन्त्र बुझेका व्यक्तिको रूपमा हेरिएका स्वर्णिम वाग्लेले ल्याउने बजेटप्रति शेयर बजारका धेरै लगानीकर्ताको ठूलो अपेक्षा थियो। धेरैको विश्वास थियो कि अर्थतन्त्रको गहिरो बुझाइ, नीतिगत सुधारको दृष्टिकोण र निजी क्षेत्रमैत्री सोच भएको नेतृत्वबाट आउने बजेटले लगानीकर्ताको मनोबल बढाउनेछ र NEPSE ले नयाँ गति लिनेछ। तर बिडम्बना, वाग्लेको बजेटलाई पनि NEPSE ले रातो झन्डा देखायो।  बजारको कठोर प्रतिक्रिया लाई बजेटपछि पनि बजारले अपेक्षित प्रतिक्रिया दिन सकेन गिरावटको क्रम निरन्तर देखिनु लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ।

नेपालको पूँजी बजार अहिले पनि रेमिट्यान्स, बैंकिङ तरलता र ब्याजदरमा अत्यधिक निर्भर छ। यदि सरकारसँग स्पष्ट आर्थिक नीति, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना, पूँजी बजार सुधारको रोडम्याप र विदेशी लगानी आकर्षित गर्ने क्षमता भएन भने प्रारम्भिक उत्साह छिट्टै कमजोर हुन सक्छ।

बालेनको सार्वजनिक छवि व्यवस्थापन र कार्यान्वयनमा केन्द्रित नेताको रूपमा छ। यदि त्यही शैली राष्ट्रिय स्तरमा लागू भयो भने पूँजी बजारका केही पुराना समस्याहरू समाधान हुने सम्भावना छ। उदाहरणका लागि, नियामकीय पारदर्शिता, सरकारी प्रक्रिया सरलीकरण, पूर्वाधार परियोजनाको गति र डिजिटल प्रशासनले लगानी वातावरण सुधार्न सक्छ। यस्तो अवस्थामा शेयर बजारले वास्तविक आर्थिक आधार प्राप्त गर्न सक्छ।

तर पछिल्लो बजार अवस्थाले भने फरक सन्देश दिइरहेको छ। बालेन सरकार आउनुअघि NEPSE जुन स्तरमा थियो, अहिले पुनः त्यही वरिपरि फर्किनुले लगानीकर्ताको अपेक्षा र बजारको वास्तविकताबीच ठूलो अन्तर देखाएको छ। करिब ३००० अंकको मनोवैज्ञानिक स्तर नजिक पुगेको शेयर बजार अहिले पुनः दबाबमा परेको छ। लगातारको गिरावटसँगै NEPSE २६०० आसपासको क्षेत्रमा देखिन थालेको छ भने दैनिक कारोबार रकम पनि घट्दै ३/४ अर्ब रुपैयाँको सीमामा खुम्चिन थालेको अवस्था छ, कारोबार रकम ३–४ अर्बको क्षेत्रमा सीमित हुनु अझ गम्भीर संकेत पनि हुन सक्छ। जहाँ लगानीकर्ता त्रसित भइरहेका अवस्था पनि हो।

यसले एउटा प्रश्न उठाएको छ, के बजारले नयाँ सरकारबाट अपेक्षा गरेको सुधारको संकेत अझै देख्न पाएको छैन?

तर अर्को पक्ष पनि छ। बालेन वा कुनै पनि नयाँ राजनीतिक शक्तिले पुराना शक्ति केन्द्रहरू, प्रशासनिक संरचना र नीतिगत अवरोधसँग जुध्नुपर्छ। नेपालको अर्थतन्त्र केवल इच्छाशक्तिले चल्दैन; संस्थागत क्षमता, कानुनी संरचना र राजनीतिक सहमतिले पनि निर्धारण गर्छ। यदि सुधारका प्रयासहरू राजनीतिक विवादमा फस्छन् वा नीतिगत अनिश्चितता बढ्छ भने बजारले त्यसलाई नकारात्मक रूपमा लिन सक्छ।

शेयर बजारको दृष्टिले सबैभन्दा महत्वपूर्ण कुरा कम्पनीहरूको नाफा हो। बालेन सरकार आएपछि पनि बैंकको नाफा, हाइड्रोपावरको उत्पादन, उद्योगको विस्तार र उपभोक्ता खर्च नबढेसम्म सूचकांकको दिगो वृद्धि कठिन हुन्छ। नेपालको शेयर बजारमा विगतमा पनि धेरै पटक राजनीतिक परिवर्तनलाई लिएर उत्साह आएको छ, तर आर्थिक आधार कमजोर हुँदा त्यो टिक्न सकेको छैन।

अर्को आलोचनात्मक पक्ष भनेको लगानीकर्ताको अपेक्षा अत्यधिक उच्च हुन सक्ने सम्भावना हो। जब कुनै नयाँ नेतृत्वलाई “देश बदल्ने” शक्तिको रूपमा प्रस्तुत गरिन्छ, बजारले पनि धेरै ठूलो परिवर्तनको अपेक्षा राख्छ। यदि वास्तविक उपलब्धि अपेक्षाभन्दा ढिलो आयो भने निराशा पनि त्यत्तिकै तीव्र हुन सक्छ। शेयर बजारमा धेरैजसो गिरावट खराब समाचारले मात्र होइन, अत्यधिक अपेक्षा पूरा नहुँदा पनि आउने गर्छ।

Higher expectations from the government are not just demands for change, they are a call for trust, transparency, and stronger economic confidence.

समग्रमा हेर्दा, बालेन सरकारको अवस्थामा नेपालको शेयर बजारका लागि सबैभन्दा ठूलो अवसर भनेको विश्वासको पुनर्निर्माण हो, र सबैभन्दा ठूलो जोखिम भनेको अपेक्षा यथार्थबीचको दूरी हो। यदि सुशासन, आर्थिक सुधार, लगानीमैत्री नीति र संस्थागत विकासमा वास्तविक प्रगति भयो भने NEPSE ले नयाँ उचाइ हासिल गर्न सक्छ। तर यदि परिवर्तनको राजनीतिक कथा आर्थिक परिणाममा रूपान्तरण हुन सकेन भने बजारले प्रारम्भिक उत्साहपछि पुनः यथार्थको सामना गर्नुपर्नेछ।

लेखक : रबिन सुबेदी
( एमबिए / एमए इकोनोमिक्स ) 
इन्भेस्टमेन्ट एन्ड फाइनान्स हेड
शुभकामना सेकुरिटिज

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर र ०.२२५६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रधानमन्त्री शाहले बोलाए आज ४ः ३० बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बैठक आज (शुक्रबार) दिउँसो ४ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित सरकारी कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावहरूमाथि छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा विभिन्न मन्त्रालयले पेश गरेका एजेन्डामाथि आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ। साथै, देशको वर्तमान राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे समेत मन्त्रिपरिषद्का सदस्यहरूबीच समीक्षा हुने बताइएको छ।

सिंहदरबारमा बस्ने उक्त बैठकमा सरकारका सबै मन्त्रीहरूको सहभागिता रहनेछ। सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, विकास आयोजना, प्रशासनिक निर्णय र समसामयिक राष्ट्रिय विषयहरू बैठकका प्रमुख एजेन्डा बन्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि निर्णयहरूबारे औपचारिक जानकारी सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुनको मूल्यमा उच्च गिरावट

0

स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १० हजार ५ सय रुपैयाँले सस्तिएको हो ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यपनि आज ३०५ रुपैयाँले ओरालो लागेको छ । चादीँ आज प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य २.३९ प्रतिशत अर्थात १०३ डलरले घटेको छ । अमेरिकी डलरको बलियो बनेसँगै र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको कडा मौद्रिक नीतिको संकेतका कारण सुनको मूल्य विश्वबजारमा घटेका हो ।

भिजिट भिषा आवरणमा मानव तस्करी प्रयासः २७ महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा

0

भिजिट भिषाको नाममा खाडी मुलुक पुर्‍याउने उद्देश्यसहित लैजान लागिएका २७ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुधबार राति फ्लाई दुबईमार्फत ओमानको मस्कट हुँदै कुवेततर्फ उड्न लागेका ती महिलामाथि शंका लागेपछि सुरक्षाकर्मीले रोकथाम गरेको हो।

नियन्त्रणमा परेका महिलाहरूको उमेर २२ देखि २९ वर्षको बीचमा रहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूलाई दुई समूहमा विभाजन गरी १२ र १५ जनाको छुट्टाछुट्टै उडानमार्फत विदेश पठाउने तयारी गरिएको थियो।

प्रारम्भिक कागजात जाँचमा भिजिट भिषा टिकट र होटल बुकिङ वैध देखिए पनि पासपोर्टमै कुवेतको भिषाभेटिएपछि अध्यागमनले थप शंका गरेको थियो।

त्यसपछि गरिएको समन्वय र निगरानीपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरूलाई प्रतिबन्धित गन्तव्य कुवेततर्फ अवैध रूपमा लैजान खोजिएको संकेत देखिएको छ।

अनुसन्धान अनुसार यात्राको योजना मस्कट ट्रान्जिट हुँदै कुवेत पुर्‍याउने गरी तयार गरिएको थियो।

त्यहाँ पुगेपछि उनीहरूलाई घरेलु कामदारका रूपमा अवैध रूपमा परिचालन गर्ने उद्देश्य रहेको आशंका गरिएको छ।

सुरक्षा निकायका अनुसार विगतमा पनि यस्तै शैलीमा नेपाली महिलालाई खाडी मुलुक पुर्‍याएर घरेलु श्रमिकका रूपमा राख्ने र शारीरिक तथा मानसिक शोषणका घटनाहरू सार्वजनिक हुँदै आएका छन्, जसले मानव तस्करीको जोखिम अझै कायम रहेको देखाउँछ।

हाल नियन्त्रणमा रहेका महिलाबारे विस्तृत अनुसन्धान जारी छ भने उनीहरूलाई पठाउने संगठित गिरोहको पहिचान तथा नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्राइम बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति

0

प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट असार ३ गते अनुमति पाएको हो ।

बैंकले प्रतिकित्ता रु.१ हजार अंकित दरका कुल ३० लाख इकाई निष्कासन गर्नेछ । जसमा १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता आम सर्वसाधारणमा जारी गरिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ६.२५ प्रतिशत रहनेछ ।