भिजिट भिषा आवरणमा मानव तस्करी प्रयासः २७ महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा

spot_imgspot_imgspot_img

भिजिट भिषाको नाममा खाडी मुलुक पुर्‍याउने उद्देश्यसहित लैजान लागिएका २७ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुधबार राति फ्लाई दुबईमार्फत ओमानको मस्कट हुँदै कुवेततर्फ उड्न लागेका ती महिलामाथि शंका लागेपछि सुरक्षाकर्मीले रोकथाम गरेको हो।

नियन्त्रणमा परेका महिलाहरूको उमेर २२ देखि २९ वर्षको बीचमा रहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूलाई दुई समूहमा विभाजन गरी १२ र १५ जनाको छुट्टाछुट्टै उडानमार्फत विदेश पठाउने तयारी गरिएको थियो।

प्रारम्भिक कागजात जाँचमा भिजिट भिषा टिकट र होटल बुकिङ वैध देखिए पनि पासपोर्टमै कुवेतको भिषाभेटिएपछि अध्यागमनले थप शंका गरेको थियो।

त्यसपछि गरिएको समन्वय र निगरानीपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरूलाई प्रतिबन्धित गन्तव्य कुवेततर्फ अवैध रूपमा लैजान खोजिएको संकेत देखिएको छ।

अनुसन्धान अनुसार यात्राको योजना मस्कट ट्रान्जिट हुँदै कुवेत पुर्‍याउने गरी तयार गरिएको थियो।

त्यहाँ पुगेपछि उनीहरूलाई घरेलु कामदारका रूपमा अवैध रूपमा परिचालन गर्ने उद्देश्य रहेको आशंका गरिएको छ।

सुरक्षा निकायका अनुसार विगतमा पनि यस्तै शैलीमा नेपाली महिलालाई खाडी मुलुक पुर्‍याएर घरेलु श्रमिकका रूपमा राख्ने र शारीरिक तथा मानसिक शोषणका घटनाहरू सार्वजनिक हुँदै आएका छन्, जसले मानव तस्करीको जोखिम अझै कायम रहेको देखाउँछ।

हाल नियन्त्रणमा रहेका महिलाबारे विस्तृत अनुसन्धान जारी छ भने उनीहरूलाई पठाउने संगठित गिरोहको पहिचान तथा नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here