Home Blog Page 97

विन्ध्यवासिनी हाईड्रोपावरले ६.३९ करोड खुद नाफा कमायो

0

विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ६ लाख रुपैयाँ रहेको छ ।

उक्त अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ३४ लाख र मर्मत तथा सम्भार खर्च ८८ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ र तरलता अनुपात १.०७४ प्रतिशत छ ।

न्यादी हाईड्रोपावरको घाटा पौने १ करोड बढी

0

चालु आवको पहिलो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड कम्पनीको खुद घाटा ७५ लाख ७५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।

त्यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी बढेर २१ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च ६ करोड ९० लाख रुपैयाँ र प्रशासनिक खर्च ८२ लाख १६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ३४ लाख र कुल चालु दायित्व ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६०.३९ गुणा र तरलता अनुपात ०.५५ प्रतिशत रहेको छ ।

समाज लघुवित्त ४२.१२ लाख घाटामा

0

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्था ४२ लाख १२ हजार रुपैयाँ घाटामा रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानी ३०.१२ प्रतिशतले घटेर २० लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ । संस्थाको अन्य सञ्चालन आम्दानी समेत ८४.४७ प्रतिशतले घटेर ९ लाख ३५ हजार रुपैयाँ मात्र भएको छ ।

यस्तै संस्थाको सञ्चालन मुनाफा पनि ८८ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ ।

यो अवधिसम्म संस्थाको निक्षेप संकलन १६ करोड ५ लाख रुपैयाँबाट घटेर १३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्जा प्रवाह ४४ करोड २७ लाख रुपैयाँबाट घटेर ४३ करोड ६३ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.०६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ २०३.६४ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत छ ।

रवि लामिछानेलाई १३ दिन हिरासतमा राख्न म्याद थप

0

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई अनुसन्धानका लागि थप १३ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट अन्ुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

आशा लघुवित्तको सेयरमूल्य समायोजन

0

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३५.६७ रुपेयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६९ रुपैयाँ थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश आगामी मंसिर ७ गते आयोजना हुने ८ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने

0

ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको अजेण्डा पारित गर्न कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।


साधारण सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।

सभामा लेखा परिक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक निर्धारण गर्ने प्रस्तावा पारित गरिनेछ ।

यस्तै, कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि बंकै तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि आवश्यक छोटो अवधीको कर्जा लिने प्रस्ताव समेत पारित गरिनेछ ।

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.६८% ले घट्यो

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६८ प्रतिशतले धेरे हो ।

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ६ लाख रुपेयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५.१२ प्रतिशतले घटेर ६ करोड ५२ हजार रुपैयाँमा बनेको छ । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ३३.९५ प्रतिशतले घटेर ५ करोड ९९ लाख रुपैयाँ भएको छ । १ अर्ब २३ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १२.०६ प्रतिशतले बढेर १३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि २८ करोड ५३ लाखबाट बढेर ३० करोड १९ लाख रुपेयाँ पुगेको छ ।

संस्थाको वितरणयोग्य मुनाफा २० करोड ४७ लाखबाट घटेर १३ करोड ४३ लाखमा भएको छ । अघिल्लो आवसम्म १७.८४ प्रतिशत रहेको कम्पनीको लाभांश क्षमता घटेर १४.४० प्रतिशत भएको छ ।

कम्पनिको खराब कर्जा अनुपात १.९१ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६३२.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८०.८५ गुणा र तरलता अनुपात २३.४८ प्रतिशत रहेको छ ।

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द

0

अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।

यस दिन नदी, तलाउ र जलाशयमा पूजा गर्नेको भिडभाड हुने गर्छ ।

आज छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशभरका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।

आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से( पनि बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।

बैंक तथा वित्तीय संस्थामा‘केवाईसी’ अब भर्नु नपर्ने !

0

अब ग्राहकहरुले बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने ब्यबस्था लागु हुने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले व्यवस्था गर्न लागेको हो । यस व्यवस्थाबाट हरेक वर्ष केवाईसी फारम भर्नुपर्ने बाध्यताबाट नागरिकले छुटकारा पाउने भएका छन् ।

गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा केवाईसी) भर्नु नपर्ने व्यवस्था गर्न लागिएको हो ।

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमति लिई केवाईसीसम्बन्धी जानकारी तथा विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

तर यसका लागि व्यक्तिले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्ने छ र व्यक्तिगत जानकारी लिन बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा व्यक्तिको सहमति लिनु पर्नेछ ।

यस्तो विवरण बैंक तथा वित्तीय संस्थाले पुनःग्राहकबाटै प्रमाणीकरण गराउनुपर्ने हुन्छ । थप जानकारीका लागि पनि ग्राहकको अनुमति लिनु पर्नेछ ।