Home Blog Page 96

प्रभु केवलकारले शतप्रतिशत हकप्रद जारी गर्ने

0

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो ।

कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

यो हकप्रदका लागि काठमाण्डौको तिनकुनेमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आज पनी घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

0

आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

वारेन बफेटले दान दिए १६००० करोड

0

विश्वकै धनाढ्यमध्येमा गनिने तथा विश्वभरको सेयर बजारमा बादशाह उपनामले चिनिएका ९४ वर्षीय बफेटले यो वर्ष चारवटा च्यारिटी फाउण्डेसनलाई १.१ अर्ब अमेरिकी डलर अर्थात करिब १६००० करोड नेपाली रुपैयाँ बराबरको दान दिएका छन् ।

उनी विश्वकै टप १० अर्बपतिमा सूचीकृत अमेरिकी धनाढ्य हुन् । नोभेम्बर २५ मा उनले बफेट परिवारबाट सञ्चालित चार फाउण्डेसनलाई निकै ठूलो दान दिए । रिपोर्टअनुसार उनले १६ हजार करोड रुपैयाँभन्दा बढी मूल्यको वर्कसायर हाथ्वेको सेयर नै दान गरेका हुन् । यो कम्पनीको सेयर बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.५६ अमेरिकी डलर बराबर रहेको छ ।

त्यस्तै एक नोट लेख्दै उनले आफ्नो निधनपछि अरबौंको सम्पत्तिको विषयमा र त्यसको उत्तराधिकारीको विषयमा समेत खुलासा गरेका अमेरिकी मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् । सेयरधनीलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् कि वर्कशायर हाथ्वेको १६०० क्लास ए सेयर २४ लाख क्लास बी सेयरमा परिणत हुनेछ। र, यसलाई चारवटै पारिवारिक फाउण्डेसनको नाममा बाँडफाँड गरिनेछ ।

आफ्नी दिवंगत पत्नी सुसीको नाममा स्थापित सुसान थम्पसन बफेट फाउण्डेसनलाई १५ लाख कित्ता सेयर दिइनेछ । आफ्ना बच्चाहरुको नाममा खुलेका फाउण्डेसनलाई समेत उनले दानको घोषणा गरेका छन् । बफेटकी पत्नीको सन् २००४ मै निधन भइसकेको छ ।

बफेटले शेरवुड फाउण्डेसनलाई ३ लाख कित्ता, हाँवर्ड जी. फाउण्डेसनलाई पनि ३ लाख कित्ता र नोवो फाउण्डेसनलाई पनि ३ लाख कित्ता नै दान दिने घोषणा गरेका छन् ।

बफेटले दान दिएर बचेको आफ्नो ९९.५ प्रतिशत सम्पत्ति आफ्नो शेखपछि कसको नाउँमा जाने भन्ने विषय पनि खुलाएका छन् । उनले आफ्ना तीनै सन्तानप्रति भरोसा व्यक्त गर्दै आफ्नो निधनपछि वर्कशायरमा उनको सम्पत्ति तीनै सन्तान मिलेर सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सो क्रममा वंशवादी सम्पत्तिबाट जोगिनका लागि आफ्नो विश्वास व्यक्त गर्दै भनेका छन् -‘मैले कहिले पनि वंश बनाउने र बच्चाहरुलाई अगाडि देखाएर सम्पत्ति कमाउने लालसा राखिँन । मैले कमाएको यति ठूलो सम्पत्ति प्रभावकारी ढंगले कसरी खर्च गरिन्छ भन्ने विषयमा म सधैं चिन्तित हुने गरेको छ । यसमा मेरा तीन बच्चाहरुले चुनौति स्वीकार गरेर सम्पत्तिको व्यवस्थापन प्रभावकारी ढंगले गर्लान् भन्ने विश्वास छ ।’

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार बफेटको नेटवर्थ १५० अर्ब डलर बराबर रहेको छ ।

आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

फरवार्ड माइक्रोफाइनान्सले गत आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत र सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

सोल्टी होटलको सेयरमूल्य समायोजन

0

सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१८.१८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६.४ प्रतिशत नगद(करसहित) गरी कुल ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ४ गते आयोजना हुने साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २५०

0

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।

यो सेयर न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । खरिद आवेदन पेश गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ । शीलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ७ गते रहेको छ ।

बुटवल पावरको नाफा १२.०७% ले घट्यो

0

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.७१ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी २ करोड १६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको साधारण खर्च ७ करोड २३ लाख, वितरण खर्च ३ करोड ६३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ३४ लाख र वित्त खर्च २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ३१ लाख र कुल चालु दायित्व १५ करोड १२ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.९४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.८८ गुणा र तरलता अनुपात ४.९१ प्रतिशत छ ।

महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

0

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले एक सूचना जारी गर्दै ८६ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र सेयर रजिष्टर्ड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा आईपुग्ने गरी आवेदन दिई सक्नुपर्नेछ ।

बुद्धभुमी नेपाल हाईड्रोपावर १.१३ करोड घाटामा

0

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड १ करोड १३ लाख रुपैयाँ घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

प्रतिवेदनअनुसार कम्पनी अघिल्लो आवको सोही अवधिसम्म भने ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ४ करोड २९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वित्त खर्च ३ करोड ३५ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक खर्च ३९ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)११.३७ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८४.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४८.६५ रुपैयाँ र तरलता अनुपात ४७ प्रतिशत रहेको छ ।