Home Blog Page 95

यि दुई लघुवित्तले गरे लाभांश नदिने घोषणा

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेका हुन् ।

युनिक नेपाल लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को लागि लाभांस नदिने घोषणा गरेको छ ।

यस्तै निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सोही बमोजिम साधारण सभाबाट आर्थिक विवरणहरु पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

आज पनि घट्यो सुनको मूल्य

0

आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँ भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा छानबिन शुरु

कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको खराब वित्तीय अवस्था भएर नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान शुरु गरेको छ।

राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै मिलेमतोमा कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइए पछी सो बिषयमा आबस्यक अनुसन्धान गर्न भन्दै धितोपत्र बोर्डले नेप्सेसँग आबस्यक विवरण माग गरेको छ ।

नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले २०८१ मंसिर ११ गते एक सूचना प्रकाशित गर्दै कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडलाई थप निक्षेप लिन तथा कर्जा प्रवाह गर्न र नयाँ निक्षेप खाता खोल्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको बताएको थियो ।

राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाएर केन्द्रीय बैंकले कारबाही गरेको भोलिपल्टै सो बैंकको सेयरमूल्यमा अपर सर्किट लागेको थियो । सो दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा अपर सर्किट लाग्दा ७६.९० रुपैयाँले मूल्य बढी प्रतिकित्ता सेयरमूल्य ८४५.९० रुपैयाँ पुगेको थियो ।

यसबाट जस्तोसुकै खराब कम्पनीमा पनि खेलाडीले चाहे भने अपर सर्किट लगाइदिनसक्छन् भन्ने कुरा पुस्टी भएको भन्दै यस्ता कार्यको निरुत्साहन हुनुपर्ने र यस्तो कार्यमा संलग्नलाई आबस्यक कारबाही हुनुपर्ने जोडदार माग उठेको थियो ।

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वकीृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

0

सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंसिर १६ गते रहेको छ। कम्पनीले भोली, मंसिर १७ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन्।

कम्पनीले आफ्नो दशौं वार्षिक साधारण सभा मंसिर २८ गते, शुक्रबार, नक्सालस्थित लिसरा रिसेप्सन्स प्रा.लि. मा आयोजना गर्नेछ। सभा दिउँसो ४ बजेबाट सुरु हुनेछ।

कम्पनिले ७% बोनस सेयर प्रस्ताव गरेको छ ।

सूर्यज्योति लाइफले साधारण सभा बोलायो , बुक क्लोज कहिले ?

0

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको अजेण्डा पारितसहित साधारण सभा बोलाएको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिकाृ बैठकले १७ औं साधारण सभा आगामी पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सो सभा विराटनगरमा रहेको बिग होटलमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आवका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) पारित गरिनेछ ।

यस्तै, अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

लिबर्टी इनर्जीको हकप्रदमा आजदेखि खरिद गर्न मिल्ने

0

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।

लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने छ ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस ७ गते रहेको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा कायम रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखेको हो

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदन द्रिइसक्नु पर्नेछ । संस्थापक सेयरधनीहरुले बैंकको सेयर रिजष्ट्रार,कुमारी क्यापिटल बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकबमोजिम हुनेछ ।

सेयर खरिदका लागि तोकिएको निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकिङ संस्थाको खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म, बैंकिङ प्रणालीमै असर ?

केही बैंक तथा बित्तिय सस्थाको खराब कर्जा उच्च देखिएको छ । १३ बैंकिङ संस्थाको खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ।

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ३४.८१ प्रतिशत र जानकी फाइनान्सको खराब कर्जा ३४.६४ प्रतिशत रहेको छ। त्यस्तै समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशत छ।

त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत खराब कर्जा रहेको छ।

त्यस्तै, अन्य बित्तिय सस्थाको खराब कर्जा पनि उच्च रहेको छ । नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ। प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको वित्तीय विवरणबाट देखिएको छ ।

यसरी बित्तिय सस्थाको खराब कर्जा पनि उच्च हुँदा यसलाई समयमै सम्बोधन नगर्ने हो भने बैंकिङ प्रणालीमा पनि नकरात्मक असर पर्न सक्नेछ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

0

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।