Home Blog Page 94

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ पाएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यी २ कम्पनीको हकप्रद पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने

0

लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउन आज सम्म सेयरधनी बनिसक्नु पर्ने छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक २१ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

लिबर्टी इनर्जीले ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

त्यस्तै बलेफि हाईड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।

बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

0

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडल लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो।

उक्त बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । सभा मंसिर ६ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको कार्यालयको परिसरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

निफ्राले सेयरधनिलाई बनायो निरास ! लाभांश नदिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई निरास बनाएको छ । बैंकले गत आबका लागि लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ सञ्चित गर्ने निर्णय गरेको छ । निफ्राले वित्तीय अवस्था थप सुदृढ उदेस्यले लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

सोल्टी होटलको सेयरधनिलाई सरप्राइज ! ३६.८ प्रतिसत लाभांश दिने

0

सोल्टी होटल लिमिटेडले सेयरधनीलाई सरप्राइज दिएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई खुशी पार्ने गरी लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश दिने भएको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको उक्त ५० औं साधारण सभा काठमाण्डौको नेपाल प्रज्ञा भवनमा आयोजना हुनेछ ।

नबिल बैंकले सेयरधनीलाई १० प्रतिसत लाभांश दिने

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त बैठकले सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ प्रतिसत लाभांश दिने

स्ट्याण्डर्ड चाटर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित( गरी कुल २५.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।


यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले नारायणचौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सिईडिबि हाईड्रोपावरको नाफा २०२% ले बढ्यो

0

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत १० करोड ७ लाख रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १४५.९१ प्रतिशतले बढी हो ।

कम्पनीको खर्च पनि ४१.३८ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ८९ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ८९ करोड ६ लाख र १ अर्ब ६२ करोडबराबरको जम्मा पूँजी तथा दायित्व रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३५.११,प्रतिसेयर नेटवर्थ १४७,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।