Home Blog Page 93

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३ अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ४५ करोड र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १५ करोड रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी कात्तिक २३ गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकको सञ्चालकमा २ जना नियुक्त

0

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नयाँ सञ्चालकहरुमा मुकुन्द महत र अनिल शाह रहेका छन् ।

दुवैजना संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । उनीहरुलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

साथै, बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्सका तर्फबाट प्रतिनिधित्व गर्ने हरिभक्त सिग्देलको राजीनामा स्वीकृत गरेको छ । सिग्देलले मंसिर १४ गते राजीनामा पेश गरेका थिए ।

सुपर हेवा पावरले जारी पूँजीको २०% आईपीओ निस्कासन गर्ने

0

सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निकाष्सनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सार्वजनिक निष्कासन गर्ने भएको छ ।

आईपीओको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आईपीओ जारीका लागि स्वीकृती लिने, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग र धितोपत्र दर्ताका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लगायतका निर्णय पारित गरिनेछ ।

लक्ष्मी लघुवित्तले लाभांश नदिने

0

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको मंसिर २१ गते बिहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामाी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको हो ।

लाभांशरहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात मात्रै साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ ।

आशा लघुवित्तको २.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब पौने ३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

आवेदन दिदा खरिद गर्ने सेयरको कित्ताको मूल्य तथा संख्या खुलाउनु पर्नेछ ।

तोकिएको समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

सेयर बजार २७३४ अंकमा

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अकंले घटेर २७३४.९३ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

0

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

विन नेपाल लघुवित्तले शेयरधनिलाई लाभांश नदिने

0

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

छिमेक लघुवित्तको लाभांश घोषणा

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि वितरण गरिनेछ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४०% छुट

0

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।