Home Blog Page 92

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

0

आईसीएफसी फाइनान्स लिमिटेडका सेयरधनीहरुले गत आवका लागि लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकरले आव २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

सानिमा माई हाईड्रोको लाभांश घोषणा

0

सानिमा माई हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश प्रस्तावसहितको विशेष अजेण्डा पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २८ गते १३ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको अजेण्डा पारित गरिनुका साथै समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनी गाभ्ने/गाभिने वा एकिकरण गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभँंश पाउन र सभामा भाग लिन पाउनेछन् ।

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

0

आज एनएमबि बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर गत मंसिर ९ गतेदेखि लिलामीमा राखेको थियो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

यो सेयरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

सुनको मूल्य पुनः १ लाख ५० हजार मुनि

0

नेपाली बजारमा सुनको मूल्य पुनः१ लाख ५० हजार मुनि झरेको छ । गत शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ भएको छ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजले साधारणसभा बोलायो, आईपीओ निष्कासन गर्ने

0

आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो ।

कम्पनीको तेस्रो साधारण सभा पुस १२ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिज २०७९ असार ३१ गते पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी हो । यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय वासिन्दा र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ ।

कम्पनीले ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ताका लागि अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्मेन्ट एण्ड बैंकिङ रहेको छ ।

बजारमा पैसा फालाफाल भएपछी राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ तान्दै

बजारमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले आज बजारबाट ७० अर्ब रुपैयाँ प्रशोचन भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ७० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन १ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ नगद लाभांश रहेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने र आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने छ् ।

एनएमबि बैंकका सेयरधनीको हात खाली

एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

तत्पश्चात उक्त वित्तीय विवरण बैंकको आगामी साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ ।

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३ अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ४५ करोड र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १५ करोड रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी कात्तिक २३ गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।