Home Blog Page 91

आज सेयर बजार बन्द हुने

0

नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ ।


नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो ।

सोमबारदेखि भने सेयर बजार खुल्ला हुनेछ ।

सार्वजनिक विदाका कारण सेयर बजारका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक र सरकारी संस्थानहरु समेत आज बन्द हुनेछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

गुहेश्वरी मर्चेन्टले निराश बनायो सेयरधनिलाई

0

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई निराश बनाएको छ । कम्पनिले सेयरधनिलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यससँगै अब कम्पनीले लाभांशबिनाको वित्तीय विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने छ ।

भिजन लुम्बिनी उर्जाका सेयरधनिको हात खाली हुने

0

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका सेयरधनिको हात खाली हुने भएको छ । कम्पनिले गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको हो । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिकआर्थिक विवरण , नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

गत आर्थिक वर्षका वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने छ ।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

0

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले गत आवसम्मको वितरणयोग्य मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

ज्योति विकास बैंकद्वारा लाभांश नदिने, सेयरधनिको हात खाली हुने

0

ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ । बैंकको मंसिर २७ गते बिहिबारका दिन दिउँसो ३ बजे देखि ५ बजे सम्म बसेको सञ्चालक समितिको ५०३ औं बैठकले गत आवका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले बैंकको आव २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तिय अवस्थाको विवरण (वासलात), सोही मिति सम्मको नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र लेखा सम्बन्धी टिप्पणीहरु सहितको वित्तिय विवरणहरु स्वीकृत गर्ने र उक्त वित्तिय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात वार्षिक साधारणसभाबाट पारित गर्नेगरी आवश्यक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

गुहेश्वरी मर्चेन्टले लाभांश नदिने , सेयरधनिको हात खाली

0

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनिको वित्तीय विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने भएको छ ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

0

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

सेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसकिने बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

आरम्भ चौतारी लघुवित्तले गर्यो लाभांश नदिने

0

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने

0

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते दिउँसोको साढे ४ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै, विद्युत नियमन आयोगको सहमती पश्चात् साधारण सभामा पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त

0

ण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त भएका छन् । स्थापना कालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको हो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत कर्मचारीहरु अन्य बैंकको सीईओ भएतापनि बैंकले आफ्नै कर्मचारीलाई भने अहिलेसम्म सीईओको जिम्मेवारी दिएको थिएन । बैंकमा कार्यरत शशी जोशी, परशुराम कुँवर क्षेत्री, अनुपमा खुन्वेली,अजय श्रेष्ठ, सुनिल केसी, उपेन्द्र पौड्याल, सुदेश खालिङ र लक्ष्मण रिजाल अन्य बैंकमा सीईओ भएका थिए ।

राणालाई सन् २०२२ जनवरी १ मा बैंकको डेप्युटी सीईओको जिम्मेवारी दिइएको थियो । उनी सन् १९९४ देखि स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत छन् । यसबीचमा उनले बैंकको विभिन्न विभागमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन् ।