Home Blog Page 90

आईपीओ निष्कासन गर्न आइएमई र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता

0

नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन ।

आइएमईले प्रतिसेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध २४ करोड बढीको बिगो माग गर्दै ‘इन्साइडर ट्रेडिङ’को मुद्दा

सेयर बजारका ठूला लगानीकर्ता मध्येका एक ज्ञानेन्द्रलाल प्रधान बिरुद्द मुद्दा दाँयार भएको छ । जिल्ला सरकारी वकिलको कार्यलयले २४ करोड बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

कार्यालयले प्रधानविरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मंसिर २८ गते अभियोग पत्र दायर गरेको हो ।

‘नेपाल हाइड्रो डेभलपर्सको १६.८८ प्रतिशत आफ्नो नाममा रहेको सेयरलाई आफ्नो नामबाट जानीजानी परिवारका सदस्यलाई नामसारी गरी दोस्रो बजारमा सेयरको मूल्यलाई प्रभावित गरि बिक्री गरेर उच्च लाभ लिने मनसाय रहेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ ।

प्रधानले २०७८ साउन १४ गतेदेखि २०७८ माघ २० गतेसम्म पटक–पटक गरेर पाँच लाख बढी कित्ता सेयर श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए । तर प्रधानले २०७८ साल भदौ १३ गते अर्थात सेयर बेचेको एक महिना पछि मात्रै अध्यक्ष पदबाट राजीनामा दिएको पनि उक्त अभियोग पत्रमा उल्लेख छ ।

उक्त अभियोगमा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रधानबाट काभ्रेमा रहेको जग्गाबाट २ करोड ३७ लाख, मोदी इनर्जी र सुपरमादी हाइड्रोमा रहेको संस्थापक सेयरको हुने रकम २४ करोड ४ लाख रूपैयाँबाट बिगो रकम जफत गर्न सकिने उल्लेख छ।

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने , सेयरधनिको हात खाली

मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सो अवधिको वितरणयोग्य मुनाफाबाट लाभांश नदिई सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात उक्त वित्तीय विववरण बैंकको. आगामी १८ औं वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

धौलागिरी लघुवित्तले लाभांश नदिने

0

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको लेखापरीक्षणको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

एनएमबि बैंकले लाभांश नदिने, अग्राधिकार सेयर जारी गर्ने

एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औं साधारण सभा डाकेको हो ।

उक्त सभा पुस २५ गते आयोजना हुनेछ । बैंकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु. १०० अंकित दरका रु. ३ अर्बबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी २० अर्ब रहेकोमा सोलाई वृद्धि गरि २५ अर्ब मात्र पुर्याउने प्रस्ताव पारित गर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारलाई बृद्धि गरि २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय बैंकले गरेको छ ।

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, ७ प्रतिशत लाभांश दिने

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

0

शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।


बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यसका साथै बैठकले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभा गृह सिटी हलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागस् हुन योग्य हुनेछन् ।

न्यादी हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली हुने

0

न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना साधारण सभा आह्वान गरेको छ । कम्पनीले आगामी पुस २५ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै प्रस्ताव पेश नगरेकाले सेयरधनिको हात खालो हुने भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

0

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।

ह्याक भएसँगै आम सर्वसाधारण लगायत मौसमसम्बन्धी जानकारी लिन असमर्थ भएका छन् ।

धेरै बैंकले ब्याजदर बढाए, एनएमबीले १८.४९% ले बडायो

धेरै बैंकहरुले मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर बढाएका छन । यसले ब्याजदरको अझै बढ्नसक्ने संकेत गरेको छ ।

मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्।

घटाउनेमा चाहिँ नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् । लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रि«य वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।

प्राइम कमर्सियल बैंकले पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ ।

मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ ।

त्यसैले एनएमबिले १८.४९ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको देखिएको छ।

कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ यथावत राखेको छ ।

त्यस्तै एनआईसी एशिया बैंकले मंसिरको तुलनामा पुसमा निक्षेपको घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ ।

नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।