Home Blog Page 89

अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम , आईपीओ निष्कासन गर्ने

0

आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको २६ औां वार्षिक साधारण सभा थापाथलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन

नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन भएको हो ।


समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।

बैंकले गत आवका लागि ६.८५ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १०.६५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।

बैंकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात कम्पनीद्वारा प्रस्तावित लाभांश वितरण गरिनेछ ।

आजदेखि महुली लघुवित्तको एफपीओ निष्कासन

0

महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गरेको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले एफपीओ जारी गरिएको हो ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको थियो ।

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

0

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ का लागि कुनैपनि लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने

0

कृषि विकास बैंकले गत आवका लागि लाभांश दिने निर्णय गरेको छ । पुस ४ गते बिहान साढे ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।

उक्त बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

0

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारितको मुख्य प्रस्तावसहित कम्पनीले साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीले आगामी पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

बैंकको तरलता अत्याधिक बढ्यो, निक्षेप ६६ खर्ब बढी

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६६ खर्ब भन्दा बढी भएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार मंसिर ३० गतेसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यो अवधीमा वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै मंसिर २९ गतेसम्म ५३ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गतेसम्म ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यस अबधिमा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत छ ।

दुर्गा प्रसाईंले दायर गरेको रिट खारेज, बैंकलाई ऋण असुलीको बाटो खुल्ला

0

मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।

बैंकले ऋण असुलिमा ताकेता गर्न थालेपछी प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरिदिएको छ ।

चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए ।

दुर्गा प्रसाइ हाल सङ्गठित अपराध र आपराधिक लाभको कसुरमा छानबिनमा छन ।

नेप्सेमा सुचिक्रित ५१ वटा कम्पनीका सेयरधनिको हात खाली हुने

0

लाभांशको हालको समयमा अहिलेसम् सय भन्दा बढी नेप्सेमा सुचिक्रित कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

लाभांशको बितरणको समय भएकाले लगानिकर्ताको ध्यान लाभांश तिर रहेको छ ।

हालसम्म सयभन्दा बढी कम्पनीले लाभांश दिने घोषणा गर्दा नेप्सेमा सुचिक्रित ५१ वटा कम्पनीले भने कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।

हालसम्म २७ वटा हाइड्रोपावर कम्पनीले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् भने माइक्रोफाइनान्स समूहअन्तर्गतका ९ वटा वित्तीय संस्थाले लाभांश नबाँड्ने निर्णय गरेका छन् । त्यस्तै नेपाल फाइनान्ससहित ५ फाइनान्स कम्पनीले लाभांश नदिने निर्णय गरेर लगानीकर्ताको हात खाली पारीदिएका छन ।

बैंकतर्फ भने नेपाल इन्फ्रास्ट्रक्चर, एनएमबि बैंक, मुक्तिनाथ विकास बैंक र माछापुच्छ्रे बैंक रहेका छन् भने अन्यतर्फ नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिपब्लिक मिडिया र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । त्यस्तै, बीमातर्फ नेपाल राष्ट्रिय बीमा कम्पनी र होटल समूहतर्फ सिटि होटलले कुनै खालको लाभांश नदिने निर्णय गरेको छ ।

बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।

मंगलबार अध्यक्षका अर्को प्रत्यासी अशोक शेरचनले उम्मेदवारी दिए पनि पछी फिर्ता लिएका थिए । त्यसैले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला निर्विरोध अध्यक्ष बनेका हुन् । गत साता संघको अध्यक्षका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले उम्मेद्वारी दर्ता गराएका थिए ।