Home Blog Page 88

नेपाल टेलिकमले डाक्यो साधारण सभा, प्रतिसेयर ३० रुपैया लाभांश प्रस्ताब पारित गरिने

0

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको र्बैठकले साधारण सभा बोलाएको हो । सभाले प्रतिसेयर ३० रुपैया लाभांश प्रस्ताब पारित गर्नेछ ।

कम्पनीको १७ औं साधारण सभा पुस २८ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

हाईलाइफ एग्रो एण्ड फुड्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा बोलाइयो

0

हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले उक्त प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी पुस २८ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होटल लेमन ट्रीमा दिनको ४ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनिको प्रस्तावित लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ ।
कम्पनीले गत आवका लागि प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारित गरेपस्चात वितरण गरिनेछ ।

आज लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने अन्तिम दिन

0

लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।

लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको छ ।

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २३ गते स्वीकृती पाएको थियो ।

मोदी ईनर्जीका सेयरधनीको हात खाली , डाक्यो साधारण सभा

0

मोदी ईनर्जी लिमिटेडले आफ्नो ७ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा लाभांशको कुनै पनि अजेण्डा नभएकोले सेयरधनिको हात खाली हुने भएको छ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको साधारण शेयर निष्काशनको लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड बिक्री प्रबन्धकमा नियुक्त

0

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने रु.१००/- अंकित दरका २५,००,००० कित्ताले हुन आउने रु.२५,००,००,०००/- रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्री खगेश्वर बोहराले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।


शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ५ करोड पुग्नेछ ।

लाभांश पारीत गर्ने मुख्य एजेण्डासहित डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

0

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २६ गते शुक्रबार आफ्नो तेइसौं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेबाट शुरु हुनेछ।

सभामा कम्पनीले आफ्नो चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा वित्तीय विवरण र लेखापरीक्षक नियुक्ती , सञ्चालक निर्वाचन, प्रबन्धपत्र सम्सोधन र मर्जर प्रस्ताव प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

डलरको मूल्यले नयाँ रेकर्ड बनायो

0

नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.६३ बिक्रीदर १३६.२३ रुपैयाँ कायम थियो ।

युनियन हाईड्रोपावरले पुस २६ गते साधारण सभा बोलायो

0

युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । कम्पनीको १८ औं साधारण सभा ललितपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा भौतिक र विद्युतीय माध्यमबाट एकसाथ आयोजना हुनेछ ।

उक्त सभामा कम्पनीद्वारा प्रवद्र्धित होङ्गुखोला जलविद्युत आयोजना(२८.९ मेवा)र माथिल्लो तमोर ए जलविद्युत आयोजना(६० मेवा)को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

0

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।

उक्त सभा पुस २७ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु १ लाख भन्दा बढिको खर्च अनुमोदन गर्ने, सञ्चालकको दैनिक भत्ता सम्बन्धी व्यवस्था, ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल रष्ट्र बैंकबाट स्वीकृत लिने र कम्पनीको प्रवन्धपत्रमा आवश्यक परिमार्जन÷ संशोधन तथा थप गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।