Home Blog Page 87

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, के छन प्रस्तावहरु ?

0

माछापुच्छ्रे बैंक लिमिटेडको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले २६ औ साधारण सभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा पोखराको कास्कीको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि हुनेछ । सभामा बैंकको सेयर संरचनामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी व्यवस्था थप गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, विशेष प्रस्ताव अनुसार प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २६ औ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र बैंकको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छे सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८२/८१ को वित्तीय विवरणहरु सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साविक सञ्चालकहरुको बाँकी कार्यकालसम्मको लागि गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जीवन विकास लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा , बुक क्लोजको मिति तोकियो

0

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३८५ प्रतिशत नगद लाभांश गरी कुल १४.७३८५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयर जारी गरेपश्चात संस्थाको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, अन्य एकभन्दा बढी उपयुक्त लघुवित्त एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्यका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आगामी पुस २९ गते आयोजना हुने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३ औं साधारण सभा हटौडामा रहेको होटल सामना प्रालिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १५ प्रतिशत लाभाश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै एकभन्दा बढी उपयुक्त लघुवित्तलाई एक आपसमा गाभ्ने वा प्राप्तिका लागि उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र २ जना सर्वसाधारण समूहका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

0

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।

म्याग्दी हाइड्रोले प्रतिसेयर १ सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

बजारबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले आज तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २८ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङले साधारण सभा डाक्यो, के कस्ता छन् प्रस्ताव ?

0

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं साधारण सभा पुस २८ गते ललितपुरको पुल्चोकमा रहेको गुहेश्वरी भवनमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/ गाभिने वा प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गर्ने, आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट नियुक्त सञ्चालक तथा स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सिवाईसी नेपाल लघुवित्तले लाभांश नदिने

0

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको लागि सेयरधनिलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनिले वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गरी सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कारोबारका आधारमा तयार पारेको प्रारम्भीक लेखापरीक्षण प्रतिवेदन तथा त्यस प्रतिवेदनले औंल्याईएका विषयमा व्यवस्थापनबाट प्राप्त प्रतिउत्तरका आधारमा तयार पारेको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारका सम्पूर्ण अनुसुचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरण समेतसहितको नेपाल वित्तीय प्रतिवेदन मानअनुसार अन्तीम लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रभु बैंकका सेयरधनिको हात खाली हुने , लाभांश शुन्य

प्रभु बैंक लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । बैंकले शुन्य लाभांश अर्थात लाभांश नबाड्ने निर्णय गरेको हो पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाले अनुमोदन गरिसकेपछी वितरण गरिनेछ ।

घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा बोलायो

0

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

उक्त सभा आगामी पुस २७ गते दाङको घोराहीमा रहेको हौटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ प्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।