Home Blog Page 100

सुनको मूल्य १४ सयले बढ्यो

0

घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो सङ्गै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च मुल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ८५ रुपैयाँ पुगेको छ ।

रुरु जलविद्युतको साधारण सभा आज हुँदै

0

रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।

उक्त सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै कम्पनीको बोनस सेयर जारी गर्ने तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी लाई आवश्यकता अनुसार वृद्धि गर्नुपर्ने भएको हुँदा प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने र नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलि लगायतका प्रस्तावित अन्य संशोधनहरुका सम्बन्धमा कुनै फेरबदल, सुझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण समितिका संयोजकले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरि पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ अवधिको वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आव २०८०/०८१ को लागी लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गरेको छ । यसर्थ असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् ।

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्यो

प्राइम कमर्सियल बैंक लिमिटेडको कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

0

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गर्नुभयो ।

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गर्नुभयो ।

ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

ग्लोबल फाइनान्सले २०२४ को लागि हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ ।

यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बलेफि हाईड्रोपावरले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तोक्यो

0

बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कात्तिक २० गतेसम्मका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्द सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

दुई कम्पनीको सेयरमूल्य समायोजन

0

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ९८८ रुपैयाँ थियो ।

यस्तै स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन पछी कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५ रुपैयाँ थियो ।

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा बोलाईयो

0

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश पारीत गर्न कम्पनिले साधारण सभा डाकेको छ । कम्पनीले आगामी मंसिर १४ गते काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा लाभांशको अजेण्डा पारित हुनुका साथै बोनस सेयर वितरणपश्चात हुने कम्पनीको चुक्तापुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

यस्तै अन्य कम्पनीमा लगानी गर्ने, गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कमपनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको ।

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने प्रायोजनका लागि डाक्यो साधारण सभा

0

एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि साधारण सभा सुरु गर्नेछ ।

सभामा सार्वजनिक निष्काशन मार्फत सेयर बिक्री गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलात माथि छलफल गरी पारित गर्ने र आगामी आव २०८१/८२ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

नेशनल लघुवित्तले घोषणा गर्‍यो लाभांश

0

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

नेशनल लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

पाँचथर पावर ३.०१ करोड घाटामा

0

पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा खाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार महिनामा आएको बाढीले यस आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द रहेको र आयोजना पुनः निर्माण तथा मर्मत कार्य भईरहेको हुदा यस अबधिमा विद्युत बिक्री आम्दानी शुन्य छ ।

असोज १५ गतेबाट भने आयोजनाबाट बिद्युत उत्पादन गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।

पहिलो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च २२ लाख ,अन्य सञ्चालन खर्च २२ लाख ९४ हजार र वित्त खर्च ४० लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ १ करोड १३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ४२ करोड ११ लाख र कुल चालु दायित्व १ अर्ब २८ करोड २४ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ३.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०५.९८ रुपैयाँ र तरलता अनुपात ०.३३ गुणा छ ।