Home Blog Page 101

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउँदै, बोर्डबाट पायो स्वीकृति

0

मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनको अनुमति दिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ ले इकाईहरु जारी गर्न अनुमती पाएको हो ।

प्रतिइकाई अंकित मूल्य रु.१० दरको १० करोड इकाईले हुने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति दिइएको हो ।

कुल योजनाको आकारमध्ये रु.१५ करोड रकमबराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन हुनेछ ।

यो दश वर्षे अवधिको बन्दमुखी योजना हो ।

बिश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा १५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता दिने

0

विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन( अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागि भएका थिए ।

एलआईसी नेपालमा आजसम्म कायम सेयरधनीले हकप्रद पाउने

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुन आजसम्म सेयरधनी बनीसक्नुपर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः०.०.८८४५१६८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

गत असोज १४ गते कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ५४२

0

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको ३४ हजार ८२०.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ राखिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशका लागि योग्य हुन आजसम्म सेयरधनीहरु बनी सक्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनिले गत आव २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कार्तिक ३० गते शुक्रबारका दिन काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा आयोजना हुनेछ ।

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

0

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।

अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । निजको उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो ।

६१ वर्षिय रावल २०८० जेठ २३ गते साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जपश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ समेत रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए ।

उनीसँग बीमा क्षेत्रको लामो अनुभव थियो ।

नेपाल फाइनान्स २.४० करोड घाटामा, बित्तिय अवस्था खराब !

नेपाल फाइनान्स लिमिटेडको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी २ करोड ४० लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा पनि कम्पनी २ करोड २ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ९०.०५ प्रतिशतले वढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी घटेर ६० लाख ८८ हजार रुपैयाँ मात्र भएको छ ।

यस्तै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म ३८ लाख ३४ हजार रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५८.४० प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ लाख ८८ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ७.०४ प्रतिशतले बढेर ४६ करोड १३ लाख रुपैयाँबराबर पुगेको छ । यो अवधिसम्म २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा ११.७५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.३६ प्रतिशतमा झरेको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२९ रुपैयाँ ऋणात्मक, पीई अनुपात ४३९.५९ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १३५.८६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७९.१२ रुपैयाँ र तरलता अनुपात ४८.७१ प्रतिशत छ ।

मीनबहादुरले एमालेलाई दिएको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश

0

नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै सर्वोच्च अदालत प्रशासनले रिट दरपीठ आदेश दिएको थियो ।

तर न्यायाधीश श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै रिट दर्ता गर्न आदेश दिएको छ ।

लक्ष्मी सनराईज बैंकको खराब कर्जाले सिमा नाघ्यो , बैंकमा मनपरितन्त्र !

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा बढेको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो।

कुनै बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा हुनुलाई खराब र जोखिमयुक्त मानिन्छ ।

पहिलो त्रैमासमा खराब कर्जा ५.४४ प्रतिशत पुगेको देखिएकोले अब झनै बढ्नसक्ने आकलन गरिएको छ । ॠण प्रबाह गर्दा मनपरी ढंगले प्रबाह गर्ने, चिनजान र भनसुनका भरमा कागज मिलाएर ॠण प्रबाह गर्ने परीपाटी देखिएकोले पनि पछि रिकोभरीमा समस्या देखिएको श्रोतको भनाइ रहेको छ ।

बैंकले आफन्त र आसेपासे, चिनजानका मान्छेका कम्पनिलाई भनसुनका आधारमा ॠण प्रबाह लगायतका काम गर्ने गरेको भन्दै बैंकमाथी गुनासो बढ्दो छ ।

यसरी मनपरी ढङ्गले बैंक चलाउदा र खराब कर्जा उच्च हुँदा सर्बसाधारणको निक्षेप समेत सङ्कटमा पर्न सक्ने देखिएको छ ।

खुद नाफा कति ?

बैंकको खराब कर्जा बढेको अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

वितरणयोग्य नाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड रहेको देखिन्छ ।

बजारमा पैसा धेरै भएपछी बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

0

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले आज कात्तिक ७ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ । आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।