Home Blog Page 102

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

0

सुनको मूल्यले आज पनी नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ जुन हालसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

कुमारी बैंकले ल्यायो तिहार र छठको अफर, २५% सम्म क्यासब्याकको सुविधा

0

कुमारी बैंकले तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो ।

भाईटिका तथा किजा पूजाकोे दिनमा मोबाईल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिनेछ भने अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गमार्फत बस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो

0

गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ६०.६४ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८ करोड १६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले १ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । असोज मसान्तसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ करोड २० लाख रुपैयाँ मात्र भएको छ ।

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ घटेर ९९ अर्ब ३७ करोडमा सिमित भएको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीले ९ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.१९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६४.९३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१२.६५ रुपैयाँ र तरलता अनुपात ३२.२६ प्रतिशत रहेको छ ।

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो

0

प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा बैंकले २ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो ।

बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।

बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँबराबर थियो । बैंकको रिजर्भ १४ अर्ब ७ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको प्रथम त्रैमाससमम ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा , खराब कर्जा अनुपात ४.९४ प्रतिशत र तरलता अनुपात ३४.५६ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता ५७%, ३ अर्ब ४३ करोड वितरणयोग्य मुनाफा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमतादर ५७.५६ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ४७.२२ प्रतिशत थियो ।

बैंकले समीक्षा अवधिसम्ममा ३ अर्ब ४३ करोड वितरणयोग्य मुनाफा कमाएको छ । समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ८२ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ३८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकको यस्तो आम्दानी घटेर १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब ९५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको असोज मसान्तसम्म १.१० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १.९५ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६.५७ रुपैयाँ, पीई अनुपात १९.३८ गुणा र प्रतिसेयर नेटवर्थ २२७.१३ रुपैयाँ रहेको छ ।

नेपाल बैंकको नाफा ३२२.९८% ले बढ्यो

नेपाल बैंक लिमिटेडको नाफा ३२२.९८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४८.६९ प्रतिशतले घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ६८ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ३.८४ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

बैंकको कर्मचारी खर्च ९४ करोड ८२ लाख र अन्य सञ्चालन खर्च २३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब २६ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २२ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७.९८ गुणा र तरलता अनुपात ३४.४७ प्रतिशत कायम भएको छ ।

हिमालयन डिस्टीलरीको इपीएस ७२% ले बढ्यो

0

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा १९ करोड ८८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा रहेको थियो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९ प्रतिशतले बढेको देखिएको छ ।

कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासमा ९७ करोड १८ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४८ करोडको उचाईमा पुगेको छ । यो भनेको करिब ५३ प्रतिशतको बढोत्तरी हो ।

कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब १७९ प्रतिशतले बढेर १ करोड ७२ लाख पुगेको छ ।

हाल २ अर्ब ६७ करोड २५ लाख चुक्तापूँजी रहेको कम्पनीको अन्य आम्दानीमा पनि करिब २०० प्रतिशतले बढेको छ ।

कम्पनिको प्रतिसेयर आम्दानी २९.७७ प्रतिशत रहेको छ ।

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

0

एनएमबी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरीद गर्नु पर्ने छ ।

सेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र शेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।

४ फाइनान्स कम्पनी र ३ विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

बैंकको कारबाहीमा पर्ने फाइनान्स कम्पनीहरु रिलायन्स,जानकी, गोर्खाज् र प्रोग्रेसिभ रहेका छन् भने विकास बैंकमा सिन्धु, साल्पा र मितेरी छन् । केन्द्रीय बैंकले संस्थाका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

केन्द्रिय बैंकले ३ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत गराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले बैंकका संचालक र सीइओलाई सचेत गराइएको हो। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख जम्मा गर्‍यो

0

युनिलिभर नेपाल विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न भन्दै सरकारलाई ५० लाख रुपैयाँ दिएको छ ।

असोज १० र ११ गते गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको बाढी पहिरोले निम्त्याएको विपदलाई सहयोग गर्न यक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्दशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरे ।