Home Blog Page 296

सभामुख घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए महासंघले दबाबमूलक कार्यक्रम गर्ने

0

सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए नेपाल पत्रकार महासंघले दबाबमूलक कार्यक्रम गर्ने बताएको छ।

नेपाल पत्रकार महासंघले  संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरे पत्रकारहरू बिक्रीमा रहेको भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको पत्रकार महासंघले ठहर गरेको छ।

निकै सस्तियाे वाणिज्य बैंककाे सेयरमूल्य

नेपालको बजारलाई बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको सेयर बजारका रुपमा पनि हेर्ने गरिन्छ । मर्जर र एक्विजिसनपछि हाल धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २० वटा वाणिज्य बैंक सूचिकृत रहेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ७ वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा कम रहेको छ । यतिबेला वाणिज्य बैंकको सेयरमूल्य धेरैमा ७ सय ५० रूपैयाँसम्म र थोरैमा एक सय ७८ रूपैयाँसम्म रहेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये, २ वटा बैंकको पीई रेसियो मात्रै २० भन्दामाथि छ । अन्य सबै बैंकको पीई रेसियो २० भन्दा कम छ । बैंकहरूको पीई रेसियो थोरैमा ९ गुणासम्म रहेको छ ।

सुनको मूल्य तोलामा एक लाख ७ हजार नाघ्यो

0

सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

0

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

रामसहाय प्रसाद यादवले कुल ३० हजार ३२८ र अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत भार पाइन् । ममता झाले 2 हजार ५३७ र प्रमिला यादवले ४८ मत भार पाएकी छिन् ।

बेलायतबाट प्राप्त १४ अर्ब अनुदान सहायता स्वीकार

0

सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

१५ अर्ब तरलता रिपो मार्फत पठाउँदै राष्ट्र बैंक

0

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो । यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।

हाल राष्ट्र बैंकले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।

एनसेलले ल्यायो ‘मज्जाको प्लान’ 

0

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ ३ चैत शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट यो प्लान खरिद गर्न सक्नेछन् ।

ग्राहकले यो स्टार्टर प्याक कर सहित ५९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ ।

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ लिएर कर्मचारी फरार

0

सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् ।

बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।

पार्टीको दबाबपछि बागीले त्रिविका फिर्ता लिए उम्मेदवारी

0

नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ ।

विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतको आग्रह पछि नाम फिर्ता लिएको बडैलाले बताए ।

डीडीसीले  दूधमा  बढायो मूल्य 

0

दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ ।

बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको दूग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए 

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।