Home Blog Page 295

किसानको दबाव सामु झुक्यो सरकार

0

रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । सरकारले यसअघि आर्थिक भार अत्यन्तै ठूलो भएको भन्दै रासायनिक मलमा दिँदै आइएको अनुदान कटौटी गर्न अलोकप्रिय निर्णय गरेको थियो । 

संक्रमणकालीन न्याय कुनै दलविशेषको मुद्दा होइन : प्रचण्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताएका छन् ।

उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको पनि बताए ।

‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन । देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

0

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

ग्लोबल आइएमई बैंकद्धारा एक रुपैयाँमा मोबाइल जित्ने योजना सार्वजनिक

0

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना यहि चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

0

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

उनले ८९४  मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

प्रधानमन्त्रीलाई फेरि विश्वासको मत दिँदैनौं: राप्रपा प्रवक्ता श्रेष्ठ

0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिइने बताए। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।

यसअघि गत पुस २६ मा राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो।

सरकारलाई पूर्णता चैत्र १० गतेभित्र दिने प्रधानमन्त्री भनाई

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन्। लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिएपछि त्यसको ४ दिनभित्र सरकारलाई पूर्णता दिने बताएका हुन् 

सिटिजन लाइफद्वारा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दर्ता

0

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा हिजो (शुक्रबार) आवेदन दर्ता गराएको हो ।

कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थप गरी कूल २९० रुपैयाँमा बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक करोड १२ लाख ५० हजार कित्ता आईपिओ बिक्रीबाट अतिरिक्त दुई अर्ब १३ करोड ७५ लाख रुपैयाँ थप पुँजि संकलन गर्नेछ । साथै कम्पनीले शेयर पुँजि बापत एक अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजी थप हुनेछ ।

दिनहुँ बढ्दै बैंक तथा वित्तीय संस्थाविरूद्ध अराजक गतिविधि

0

पछिल्लाे समय नेपालमा बैंक तथा वित्तीय संस्थाविरूद्ध अनेकाैँ अराजक गतिविधि दैनिक बढ्दै गएकाे छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भिर ध्यानाकर्षण जनाएकाे छ । 

नागरिक लगानी कोष ३३औँ वर्षमा प्रवेश

0

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ। आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि उक्त कोषले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बड्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे । 

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत,साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए ।