Home Blog Page 278

भारतले २००० भारुको नोट बन्द गर्ने

0

भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।

भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।

बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।

आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।

भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले फ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित सात जना बैंकका कर्मचारी समेत ९ जनालाई पक्राउ गरेको छ ।
पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरर पाच महिनामा सो रकम चोरी गरेका हुन । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको उनले बताए ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका- ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका- २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

प्रहरी नायव उपरीक्षक राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् ।

सरकारले उच्च तहका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने घोषणा

सरकारले उच्च तहका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने निति तथा कार्यक्रममा घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत नेता तथा कर्मचारीको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिन गरिने उल्लेख छ ।

अब बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य

सरकारले नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।

नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

प्रधानमन्त्रीले लडाकू शिविर घोटाला प्रकरणबारे दिएको जवाफ चित्तबुझ्दो छैन : सांसद राई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको घोटालामा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सतही जवाफ दिएको सो जवाफ चित्तबुझ्दो नभएको बताएका छन्।

उनले लडाकू शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बिहीबार राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी शिविरमा भएको भनिएको घोटाला प्रकरणबारे प्रश्न उठाएका थिए। उक्त प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा आफ्नो संलग्ना पुष्टि भए जेल जान तयार रहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्तजवाफ कुनै हिसाबले चित्तबुझाउन सक्ने खालको नभएको राईले बताए।

‘सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताकामा आशा पलाउँछ । यो आशा पलाउनका लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाइ र गराइमा एकरुपता हुन आवश्यक छ,’ राईले भने।

रासायनिक मल कारखाना खोल्न योजना बनाउदै सरकार

0

रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्न बहुवर्षीय योजना तयार गर्ने लक्ष्य लिएको पनि बताए। साथै सरकारले प्रत्येक पालिकामा एक शीत भण्डार बनाउने योजना अघि सारेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक वडा एक विशेष उत्पादनमा जोड दिने बताएका हुन्।

‘एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउन जोड दिइनेछ। उपयोगमा नआएका बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गरिने छ। कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दीलाई प्रोत्साहित गरिने छ,’ उनले भने।

उनले नदी उकास जमिनलाई भूमिहीन विपन्नलाई लक्षित गरी स्थानीय तहको समन्वयमा जग्गा विउ तथा कृषि प्रसार सेवा उपलब्ध गराउने पनि बताए।

हिउँदमा ३० युनिटसम्म र वर्षामा मासिक ५० युनिट खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा

0

सरकारले हिउँदमा मासिक ३० युनिटसम्म र वर्षायाममा मासिक ५० युनिट विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।

साथै २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

प्रधानमन्त्रीको निर्णय स्वास्थ्य मन्त्रीले बदर गरे – बनाए नयाँ अध्यक्ष

0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनमा दुई जनालाई डडेलधुरा अस्पताल विकास समितिको अध्यक्ष बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ गतेबाट लागु हुने गरी तीन वर्षका लागि लक्ष्मण सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले १७ वैशाखमा मन्त्रिस्तरीय निर्णय गरेका हुन् ।

त्यसको तीन दिनपछि स्वास्थ्यमन्त्री बनेका सांसद मोहनबहादुर बस्नेतले त्यसको ९ दिनपछि स्वास्थ्यमन्त्री बस्नेतले ३ जेठमा करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरे । तर बस्नेत मन्त्री बनेको ६ दिनपछि मन्त्रालयले डडेलधुरा अस्पताललाई समेत बोधार्थ दिएर सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।

मन्त्री बस्नेतकै जोडबलमा प्रधानमन्त्रीको निर्णय बदर गरेर नयाँ नियुक्ति दिइएको हो ।

मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रोजिना ताण्डुकारको हस्ताक्षर रहेको पत्रमा ‘तपाईंलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु’ भन्ने उल्लेख छ ।

मन्त्रालयले सिंहको नियुक्ति भने ३ जेठदेखि नै बदर हुने पत्र समेत पठाएको छ ।जबकी अस्पताल विकास गठन आदेश–२०७६ मा अध्यक्ष तथा सदस्यहरुको समयावधि तीन वर्ष हुने भनिएको छ ।

सिटी होटलको आईपीओ बाँडफाँड गर्दा साढे ९ लाख बढी आवेदक खाली हात

0

सिटी होटल लिमिटेडको आईपीओ आज बिहान ८ः३० बजे बाँडफाँड गरिएको छ। सिटी होटलको आईपीओ बाँडफाँड काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा गरिएको हो।
यस कम्पनिको आइपिओ वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो।

सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको थियो।

बाँकी कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ।

अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

आज दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम आउने

0

सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गर्दैछ ।

प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिनेछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

यसअघि अस्वस्थताका कारण राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेस नहुने भन्ने थियो त्यसैले नीति तथा कार्यक्रम प्रधानमन्त्री वा राष्ट्रपतिबाट पेस गर्ने सहमती थियो। तर, स्वास्थ्य अवस्था सामान्य भइसकेकोले राष्ट्रपति पौडेलले नै नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन्।