Home Blog Page 279

शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने

0

शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ ।’

अर्थमन्त्री डा. महतले आधारभूत तहका शैक्षिक योग्यता शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन तथा स्तरोन्नती गरिने समेत बताए । साथै सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने छ ।

यसैगरी खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।

शिक्षाको गुणस्तरका लागि विद्यालय स्रोत केन्द्रलाई नयाँ स्वरुपमा पुनर्स्थापना गरी शिक्षण अवलोकन, नमूना शिक्षण, पुनर्ताजगी लगायतका कार्यक्रम सन्चालन गरिने छ ।

शैक्षिक सत्र सुरु हुनु अगावै सामुदायिक विद्यालयहरुका सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक र विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्यक्रमको विद्युतीयप्रति पनि उपलब्ध गराइने छ । यस कार्यक्रमको लागि रु तीन अर्ब ५८ करोड बजेट छुट्याइएको अर्थमन्त्री महतले जानकारी दिए ।

पर्यटन दशक घोषणा, सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने

0

सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्‍याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।

ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।

जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

११० स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपुर्जा दिने

0

सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् ।

नले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए ।

कृषिमा हालसम्मकै धेरै बजेट

0

सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

  • आव २०७०/७१ –२१ अर्ब ४० करोड
  • आव २०७१/७२ –२३ अर्ब २८ करोड
  • आव २०७२/७३ –२१ अर्ब ५१ करोड
  • आव २०७३/७४ –२७ अर्ब ४३ करोड
  • आव २०७४/७५ –२४ अर्ब २६ करोड
  • आव २०७५/७६ –२९ अर्ब ९४ करोड
  • आव २०७६/७७ –३४ अर्ब ८३ करोड
  • आव २०७७/७८ –३७ अर्ब ४० करोड
  • आव २०७८/७९ –४५ अर्ब ०५ करोड
  • आव २०७९/८० –५५ अर्ब ८९ करोड

तलब दिन नसक्ने भयो सरकार – आर्थिक सङ्कटमा सरकार

0

नेपाल सरकारले कर्मचारीलाई दिने तलब भत्ताको लागि रकम अभाब हुन थालेको छ ।


सरकारको आम्दानिभन्दा चालु खर्च बढी हुन थालेको छ । यसले गर्दा सरकारलाई खर्च धान्न धौधौ परेको हो । सरकारले तलब दिनको लागि रिण लिनुपर्ने स्थिती सिर्जना भएको हो । यस्तै स्थिती रहने हो भने सरकारले प्रहरी , निजामती कर्मचारी लगायत तलब भत्ता बुझ्ने जो कोहिलाई तलब भत्ता दिन नसक्ने स्थिती आउनेछ ।


पुजिगत खर्चको लागि सरकार यसैपनी रिण लिएर लगानी गरिरहेको थियो । त्यसमा चालु खर्छ धान्न पनी रिण लिनुपर्ने स्थिती आएपछी सरकार गम्भिर आर्थिक सङ्कटमा फस्दै गइरहेको छ ।


यही खाडल पूर्णको लागि सरकार लक्षभन्दा बढी रिण उठाउन लागेको हो ।


रुस – युक्रेन युद्धका कारण विश्व आर्थिक मन्दिको अवस्थातिर जादा त्यसको असर नेपालमा पनि देखा पर्न थालेको छ ।

दोहोरो अङ्कले घट्यो नेप्से , अब के होला -प्राबिधिक बिस्लेषण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।


आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।

आज ४३ कम्पनिको मुल्य बढेको छ भने १७३ कम्पनिको मुल्य घटेको छ ।


प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएर तल जान खोजेको छ । बजारमा आज रिभर्सल क्यान्डल बनेको छ जसको कारण बजारमा सतर्क हुनुपर्ने देखिन्छ । सामान्यतया बजार माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएमा कम्तिमा मध्य रेखासम्म तल झर्ने र मध्य रेखालाई सपोर्ट बनाउन खोज्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु हिजोको जस्तै छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ६३ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरबउट जोन नजिकैबाट फर्किएको देखिन्छ। आज यसले स्ट्रेन्थ गुमाएको देख्न सकिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५७ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।बजारले पिभोट पोइन्टलाई रेसिस्टेन्ट बनाएर फर्किएको छ त्यसैले बजार पहिलो सपोर्टसम्म आउन सक्ने देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

फेसबुकमाथि युरोपमा पौने २ खर्ब जरिवाना

सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि युरोपेली युनियनको गोपनियता नियामकले करिब पौने २ खर्ब रुपैयाँ अर्थात् १ अर्ब ३० करोड डलर जरिवाना गरेको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो। योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

युरोपेली युनियनले आफ्ना सदस्य मुलुकका फेसबुक तथा इन्स्टाग्रामका डाटाहरु समेत अमेरिका पठाउने मेटाको कार्यका कारण प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा सूचनाहरु अमेरिकी जासूसी एजेन्सीसम्म पनि पुग्नसक्ने आशंकाका कारण जरिवानाको निर्णय लिएको हो।

आयरल्याण्डका डाटा संरक्षण आयुक्त हेलेन डिक्सनको नेतृत्वमा रहेको युरोपेली संघको नियामक निकायले फेसबुकद्धारा युरोपेली प्रयोगकर्ताका डाटाहरु स्थानान्तरण गर्नका लागि प्रयोग गरिएका कानूनी उपकरणमाथि प्रतिबन्ध लगाउने कार्यलाई समेत अन्तिम रुप दिइरहेको छ।

अघिल्लो महिना उनले भनेका थिए कि आइडिस डाटा संरक्षण आयोगसँग फेसबुकको आन्ध्रमहासागरपार डाटा स्थानान्तरण रोक्नका लागि एक महिनाको समय बाँकी छ । यहीँ मे महिनाको अन्त्यसम्ममा मेटाको त्यस्तो काममा प्रतिबन्ध लगाउन सक्ने सम्भावना छ त्यसपछि फेसबुक प्रयोगकर्ताका डाटाहर आन्ध्र महासागरपार ट्रान्सफर हुनेछैनन् ।

सन् २०२० मै युरोपेली सर्वोच्च अदालतले एक फैसला गर्दै युरोपेली युनियनबाट अमेरिकासम्म डाटा ट्रान्सफर सम्झौता अवैध भएको ठहर गरेको थियो । यसो गर्दा प्रयोगकर्तामाथि जासूसी हुनसक्ने तर्क उसको थियो । मेटालाई गतवर्ष यस्तो डाटा ट्रान्सफर कार्यका विषयमा चेतावनी दिइएको थियो। त्यसपछि युरोपमा फेसबुकको सेवालाई समेत निलम्बन गरिएको थियो।

गत जनवरीमा पनि आफ्नो इन्स्टान्ट मेसेजिंग प्लाटफर्म ह्वाट्सएपले युरोपेली संघको डाटा सुरक्षा नियमहरु उल्लंघन गरेको भन्दै मेटा कम्पनीमाथि जरिवाना भएको थियो। मेटामाथि आयरल्याण्डको नियामक निकायले थप ५५ लाख युरो जरिवाना लगाएको थियो।

त्यस्तै गतवर्ष डिसेम्बरमा पनि मेटाको इन्स्टाग्राम तथा फेसबुक प्लाटफर्मले यिनै नियमहरु उल्लंघन गरेको भन्दै युरोपेली संघले ३९ करोड युरो जरिवाना गरेको थियो। एजेन्सीको सहयोगमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

0

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

मासिक भत्ता लिनेको संख्या ३७ लाख नजिक

0

नेपालमा सरकारबाट मासिक भत्ता पाउने व्यक्तिको संख्या ३७ लाख हाराहारी पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार मासिक रुपमा सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिको संख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो । गत आर्थिक वर्षमा ३६ लाख २ हजार ७०५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका थिए ।

सरकारले गत आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकले ६८ वर्ष पुगेपछि नै भत्ता पाउने व्यवस्था गरेपछि सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या उल्लेख्य बढेको हो । पहिले ७० वर्ष पूरा भएका व्यक्तिलाई मात्र ज्येष्ठ नागरिक भत्तावापत मासिक ४ हजार रुपैयाँ दिँदै आएकामा चालु आर्थिक वर्षदेखि ६८ वर्षमा नै दिन थालिएको थियो ।

९२ अर्बको तल्लो अरूण भारतीय कम्पनी सतलजलाई दिने निर्णय

0

लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यो आयोजना विकासको जिम्मा भारतीय कम्पनी सतलज विद्युत निगम एसजेभिएनले पाएको हो।

६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजना विकासका लागि बोार्डको ५३ औं बैठकको निर्णयअनुसार बोर्डका कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूको सदस्य रहेको वार्ता समितिले सतलजसँग चरणबद्ध रूपमा वाता गरेको थियो। 

वार्तापछि सहमतिसहित पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो।