Home Blog Page 277

१० महिनामा विद्युतीय सवारीको आयातमा बाहिरियो रु. ८.०९ अर्ब

0

नेपालबाट यस बर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बिदेसिएको छ ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।

अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो।

वैशाखमा ५०३ वटा विद्युतीय सवारीसाधन आयात भएको छ।

एभरेस्ट बैंकको चाेरीपछि माछापुच्छ्रे बैंकबाट सेवाग्राहीकाे ९ लाख हरायो

0

एभरेष्ट बैंकबा सेवाग्राहीकाे रकम चाेरी भएकाे घटना सेलाउन नपाउँदै माछापुच्छ्रे बैंकबाट पनि चोरी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ४ मा रहेकाे शाखाबाट माछापुच्छ्र्रे बैंकका सेवाग्राहीको ९ लाख रुपैयाँ खाताबाटै हराएको हो ।

उक्त बैंकमा रहेको रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम हराएको छ । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खातामा पुग्ने रकम नभएको थाहा पाएका थिए ।

बिहीबार यादवले नेपाल बैंकको १२ लाख २० हजार रुपैयाँ बराबरको तीन वटा चेक आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिदा खातामा रकम जम्मा भएको मेसेज पनि उनको मोबाइलमा आएको थियो ।

तर आइतबार भने यादव ८ लाख रुपैयाँ आफ्नो खाताबाट निकाल्न चन्द्रपुर शाखामा पुग्दा माछापुच्छ्रे बैंकका कर्मचारीले उनको खातामा ३ लाख २० हजार रुपैयाँ मात्र भएको बताए । यादव त्यसपछि भने आफ्नो बाँकी रहेको पैसाका विषयमा सोधपुछ गरे तर शाखा प्रबन्धक दासले रकम चोरी भएको हुनसक्छ आँफै खोजिनिती गर्नु भनेर गैर जिम्मेवार जवाफ दिए ।

यादवलाई बैंकले स्टेटमेन्ट मागे तर बैंकले दिन अस्विकार गरेपछि यादव र उनका आफन्तले चन्द्रपुर शाखामा विरोध गरेका थिए । खाताबाट रकम गायब हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै आइतबार बिहानदेखि रातिसम्म बैंक घेराउ भएको थियो । पीडित यादबले प्रहरीमा उजुरी दिएका छन् ।

शाखा प्रबन्धक दासका अनुसार यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ मोबाइल नम्बरको प्रयोग भएकाे र उक्त रकम सिटिजन बैंक तथा सानिमा बैंकमा ट्रान्सफर गरिएकाे देखिएको प्रहरीलाई जानकारी दिएका छन् ।

यसअघि सेवाग्राहीले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका थिए। पाँच महिनामा ३३ जना बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएकाे थियाे ।

तामाकोसी पाँचौंमा जुट्यो १३ अर्ब ७४ करोड ऋण लगानी

0

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

आयोजनाका लागि त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।

प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गर्ने जानकारी दिए । साथै तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्धारित समय र लागतमा निर्माण सम्पन गरी नमूना बनाइनु पर्नेमा जोड दिए ।

कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ ।

रावा इनर्जी जेठ १८ बाट आईपीओ बिक्री खुला गर्दै

0

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमती पाएको छ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिदका लागि निबेदन दिन सक्नेछन । खरिद आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गते बैंकिङ समयपछि हुनेछ।

सामान्य अङ्कले बढ्यो नेप्से , अब के होला ?

नेप्से आज सामान्य अङ्कले बढेको छ ।आज नेप्से ५ अङकले बढेको हो । आज नेप्से ०.३१ प्रतिसतले बढेर १८८३ को विन्दुमा कायम भएको छ ।

हिजो नेप्से ३२ अङकले बढेको थियो । नेप्से १.७५ प्रतिसतले बढेर १८७७ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

आज ९३ कम्पनिको मुल्य बढेको छ भने ११५ कम्पनिको मुल्य घटेको छ ।
प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको मध्य रेखालाई सपोर्ट बनाएर माथि जान खोजेको बजार आज मध्यरेखाभन्दा माथि रिभर्सल क्यान्डल बनाएको छ जसको कारण बजारमा सतर्क हुनुपर्ने देखिन्छ । सामान्यतया बजार मध्य बिन्दुबाट माथी गएसी अप्पर ब्याण्डसम्म जाने गर्दछ तर हालको स्थितिमा यसै भन्न सकिने अवस्था छैन ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु लामो हुँदै गैरहेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ५३ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किएको देखिन्छ। तर आज यसले स्ट्रेन्थ गुमाएको देख्न सकिन्छ ट्रेडरहरु भने ६० भन्दा माथि भएसी मात्र बजार छिर्ने प्रचलन पनी देखिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५७ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।बजारले पिभोट पोइन्टलाई रेसिस्टेन्ट बनाएर फर्किएको छ त्यसैले बजार पहिलो सपोर्टसम्म आउन सक्ने देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। ।

सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ।

ओलीको टिप्पणी : रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाएर अर्कै कुरा देखाउन खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
निती तथा कार्यक्रममा छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको छैन उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेका छन । आफुले विशाल हृदयका साथ नीति तथा कार्यक्रमको दस्तावेज सुनेको साथै पढेको उनले बताए ।

‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें । कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ ? त्यो मैले पहिल्याउने कोसिस गरें । कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें,’ उनले भने ।

माधव नेपालको पार्टी अब सकियो : शंकर पोखरेल

0

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व अब सकिएको बताएका छन्। अब त्यो पार्टी चल्न नसक्ने उनको जिकिर छ ।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, सदस्यद्वय तथा पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता फेरि एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यस्तो जिकिर गरेका हुन्।

‘कुनै दिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गर्नु भएको थियो,’ उनले भने, ‘अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन्, एमालेलाई सिध्याउने षड्यन्त्र २० प्रतिशतले पार्टी फुटाउने कानुन बनाई फेरि त्यो फिर्ता नभएको भए अहिले जितेका समाजवादीका सांसदहरू सबै एमालेमा आइसकेका हुन्थे।’

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको अस्तित्व पनि संकटमा परेको दाबी गरे।

माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए।

अहिलेको आर्थिक मन्दीको प्रमुख कारण शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएको उनले आरोप लगाएका थिए। पूर्व-अर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दरहरू हेरफेर गर्दा कारवाही नगरी उनमुक्ति दिएका कारण देशमा अहिले आर्थिक संकट चुलिएको उनको भनाइ थियो।

‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले अहिले आर्थिक संकट व्यहोर्नुपरेको हो,’ उनले भनेका थिए, ‘यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो।’

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नो लाज ढाकोस : गगन थापा

0

स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै पाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले त्यसको समाधान गर्न माग हुनुपर्नेमा जोड दिएका छन ।

थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको उनले बताए ।

‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।’ आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस कुरामा आफ्नो भनाइहरु राखे ।

उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? भनेर पनि प्रश्न गरे । यो विषय उद्यमीसँग मात्र पनि सम्बन्धित नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताए ।

उनले भने, ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकियो , प्रहरिले प्रतिबेदन आज बुझाउने

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । आज प्रहरिले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउदैछ छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमध्ये गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शनिबार सकाएको छ।

गत वर्ष जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई जना पीडितले जाहेरी दिएका थिए। तर त्यतिबेला अनुसन्धान सुरू गरिएको थिएन। पछिल्लो पटक अनुसन्धान गरी पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ गत चैत १२ गते पक्राउ परेका थिए। यस प्रकरणमा प्रहरीमा १०६ जना पीडितले जाहेरी दिएका छन्।

त्यसपछि विभिन्न समयमा गरी १६ जनालाई पक्राउ गरिसकेको छ। यस प्रकरणमा उच्च राजनीतिक व्यक्ति एवं उच्च कर्मचारी तहका व्यक्तिसम्म पक्राउ परेका छन्।

नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।

यस्तै बिचौलिया बनेका सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।

फरार रहेका केही व्यक्तिहरूविरूद्ध पुर्जी जारी गरिएको छ। तर प्रहरीले कम्तीमा १२ जनालाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउन लागेको हो।
गिरोहले पीडितबाट करोडौं रकम असुल गरेको छ।