Home Blog Page 276

रविको पद पुन: धरापमा, ढाकाबाट डीपी र मुकुलले तीन करोड लिएको खुलासा

0

ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट मानिने पार्टी उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले करिब तीन करोड लिएको खुलासा भएको छ ।

आफूलाई समानुपातिक सांसद बनाउदा रास्वपाले आर्थिक सहयोग चाहिने भन्दै रकम माग गरेको ढकालले जनशआस्थासँग खुलासा गरेका हुन् । आर्थिक अपचलन, भ्रष्टाचारविरुद्ध लड्ने बताउने गरेको रास्वपाले नै सांसद बनाउन करोडौं रकम लिएको आरोप लागेपछि सर्वसाधारणले भने रवि र रास्वपाप्रति कटाक्ष गर्न थालेका छन् ।

ढाकाले जनआस्थासँग गरेको भनिएको कुराकानी अनुसार पार्टी कार्यालय र रेस्टुरेन्टमा पुगेर पैसा दिएको आरोप लगाएका हुन् ।

रास्वपाले ढाकाकुमारलाई विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न रकम मागेको आरोपमा कारबाही भोगेपछि उनी सांसद छैनन् ।

रबिले अन्य पार्टीमा टिकट पाउन थुप्रै खर्च हुने गरेको दाबी गरेका छन । रविले आफ्नो पार्टीका समानुपातिक सांसद बनाउदा करोडमा डिल भएको विषय बाहिर छताछुल्ल भएको भने विर्सिएका छन् ।

रास्वपामा समानुपातिक सांसद बन्न ढाकाकुमार श्रेष्ठले करिब तीन करोड बुझाएको आरोप लगाएका छन् ।

ढाकाले सांसद बन्न गरेको भनिएको खर्चलाई भने रविले कसरी हेर्छन् भन्ने प्रश्न उब्जिएको छ । संसद बैठकमा उचालिएका रविको पार्टीमाथि लागेको आरोपको अनुसन्धान होला ? प्रश्न उठेको छ ।

झन्डै तीन करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने भएका छन । समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवत्ता ढकालले झन्डै ३ करोड रुपैयाँ लिएर ढाकाकुमारलाई समानुपातिक सांसद बनाएको आरोप झुट्ठा भएको भन्दै त्यस विरुद्व मुद्दा हाल्ने बताएका हुन् ।

ढाकाकुमारले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मानहानीको मुद्दा हाल्ने तयारी गरेको आफ्नो स्टाटसमा लेखेका छन । उनले लेखेका छन्, ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’

आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने उनले लेखेका छन् ।

रेशम चौधरीको सजाय माफि दिने सरकारको तयारी- प्रस्ताब राष्ट्रपति कार्यालयमा

0

सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको हो ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट आएको र अध्ययनपछि प्रक्रिया अघि बढ्ने कुरा राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले पुष्टी गरे ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

अदालतले तोकेको सजाय पुरै वा आंशिक रुपमा माफी हुनका लागि आफूलाई सजाय गरेको अदालतको फैसलाको प्रतिलिपी निवेदनसाथ पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो । उक्त फैसलाको पूर्णपाठ अहिलेसम्म तयार भएको छैन । संक्षिप्त फैसला भने सार्वजनिक भइसकेको छ ।
कैद मिनाहाको एउटा उपाय माफी मिनाहा हो । जस अनुसार, कैदीको सबै सजाय मिनाहा हुन्छ । त्यसका लागि कैदीहरुले सोझै गृह मन्त्रालयमा निवेदन पठाउने सुविधा पाउछन् । कैदीहरु रहेको कारागार प्रशासनबाट फाइल उठाउने र प्रमुख जिल्ला अधिकारीको नेतृत्वबाट चालचलनको परीक्षण गर्नुपर्दैन । उसले तोकिएको अवधि कैद भुक्तान समेत गर्नुपर्दैन ।

गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाई त्यहाँबाट स्वीकृत भएर आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाकी कैद माफी मिनाहा हुन्छ । सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

आर्थिक बर्ष सकिन दुई महिना बाँकी हुदा बिकास खर्च ३५ % मात्र, बिकासका काममा ढिलासुस्ती

आर्थिक बर्ष सकिन दुई महिना मात्र बाँकी हुदा सरकारले बिकास खर्च हालसम्म ३५ % मात्र गर्न सकेको छ ।पुजिगत खर्च भनेको देशको बिकासका लागि गरिने खर्च भनेर बुझिन्छ । तर यही काममा ढिलासुस्ती हुँदा जनताको बिकासको चाहनामा तुसारापात भएको छ ।


अहिकेकै अनुपातमा खर्च हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा ४२ % मात्र पुजिगत खर्च कार्वान्वयन हुने देखिन्छ ।
सरकारले खर्च मात्र होइन ,श्रोतको सुनिस्चितता पनि गर्न सकेको छैन । सरकारले कर तथा गैरकर आम्दानीपनी अहिलेसम्म ५५।४६ प्रतिसत मात्रा उठाउन सकेको छ । सरकारले सोचेअनुरुप कर नउठ्ने निस्चितप्राय भएको छ ।
सरकारले १४ खर्ब आम्दानी गर्ने लक्ष लिएपनी हालसम्म सात खर्बमात्र कर तथा गैरकर आम्दानी गर्न सकेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाले सरकारको आम्दानी सोचेअनुसार नभएको हो ।

त्यस्तै खर्च पनि सोचेअनुसार गर्न सकेको छैन । सरकारले १७ खर्ब ९३ अर्बको बजेट बनाएपनी हालसम्म १० खर्ब ९० अर्ब मात्र खर्च गर्न सकेको अवस्था छ । त्यसमा पनी सबैभन्दा बढी कर्मचारीको तलब लगायतका पुजी निर्माण नहुने चालु खर्चमा ११ खर्ब ८३ अर्ब अनुमान गरेकोमा ८ खर्ब १४ अर्ब खर्च भइसकेको भएतापनी पुजी निर्माण हुने बिकासे खर्चमा भने एकदमै कम खर्च भएको छ । बिकासका काममा ३ खर्ब ८० अर्ब छुट्याइएपनी आर्थिक बर्षको अन्त्यतिर आइपुग्दापनी १ खर्ब ३४ अर्ब मात्र खर्च हुन सकेको छ जुन अनुमानित वार्षिक खर्च भन्दा निकै कम हो ।


अनुदान रकम पनि निकै कम मात्र प्राप्त गरेको देखिन्छ । सरकारले ५५ अर्ब अनुदानबाट आउने अनुमान गरेपनी हालसम्म ४ अर्ब मात्र प्राप्त गरेको छ ।


यसरी आम्दानी शिर्षकका रकमहरु नउठ्दा त्यसको सिधा असर पुजिगत खर्चमा पर्ने देखिन्छ । आम्दानी नउठ्दा सरकारले अन्त्यमा कटौती गर्ने नै बिकास खर्च हुँने देखिन्छ किनकी सरकार कर्मचारीलाई दिने तलब भत्ता लगायतका खर्च कटौती गर्न असमर्थ देखिन्छ ।


यसले गर्दा बिकासका काममा ढिलासुस्ती मात्र नभइ जनताको बिकासका चाहनाहरु सपनामा मात्र सिमित हुने सम्भाबना देखिन्छ। सरकारले बेलैमा यसको समाधानका लागि आबस्यक कदम चालेर बिकास खर्च बढाएमा अहिले देखिएको अर्थतन्त्रमा रहेको मन्दिको अवस्थामा समेत सुधार हुने छ ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो

0

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ हुँद भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार मूल्य घटेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

उनका अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ ।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । आरोपितहरुमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेको हो । आरोपितहरुमाथि ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराध गरेको आरोप छ । उनीहरुमाथि यी सबै कसूर एकीकृत रुपमा गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले त्यसै अनुसार सजाय मागदाबी गरेको छ ।

मुलुकी अपराध संहितामा ठगीको आरोप प्रमाणित भए सातवर्षसम्म कैद र ७० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ । सरकारी कागजात कीर्तेमा पनि त्यति नै सजायको व्यवस्था छ । राष्ट्रहित प्रतिकुलको काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था छ ।

अभियोगपत्रमा संहिताको दफा ४३ अनुसारको एकीकृत कसुर अन्तर्गतको सजाय मागदावी गरिएको छ । जसमा एउटै घटनामा एकभन्दा बढी कसुर भएमा सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा त्यसपछि बढी सजाय हुने दोस्रो कसुरको आधा सजाय थप हुने व्यवस्था छ । सरकारी वकिलले संगठित अपराधको दाबी गरेकाले कुल सजायमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था पनि छ ।

उच्च अंकले बढ्यो सेयर बजार, छायो हरियाली

सेयर बजार आज उच्च अंकले बढेर हरियाली छाएको छ।

बजार आज ५१.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९४२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।


आज २१९ कम्पनिको मुल्य बढेको छ भने २ कम्पनिको मात्र मुल्य घटेको छ । एउटाको कम्पनिको मुल्य स्थिर छ । कालिका लघुबित्त , खप्टड लघुबित्त र आत्मनिर्भर लघुबितले पोसिटिभ सर्किट हानेका छन । सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।


आज बजारमा शिभम सिमेन्ट , नेपाल टेलिकम , एनआइसीए एसिया बैंक, हिमालयन इन्सुरेन्स , हिमालयन डिस्टिलरी लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।


आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ। 

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो ,फिर्ता ल्याउछौ : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको भन्दै त्यसलाई फिर्ता ल्याउन पहल गर्ने बताएका छन ।
उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गरिने स्पस्ट पारे ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन् ।

साथै आफ्नो भुमी फिर्ता ल्याउनुपर्छ भन्ने कुरामा आफु प्रतिबद्द रहेको बताए ।

मधेश सरकारबाट माओवादी बाहिरिने

0

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछी आफुलाई बेवास्ता गरेको भन्दै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालय मागेको तर थियो । तर उसले नपाएपछी सरकार छोडेको हो ।
मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।साथै एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् ।

सेयर बजारको बारेमा १४ आश्चर्यजनक तथ्यहरू

0

सेयर र लगानीको बारेमा कुरा गर्दा कहिलेकाहीँ बोरिंग हुन सक्छ। त्यसैले हामीले सेयर बजार र यसको इतिहासको बारेमा सबैभन्दा आश्चर्यजनक तथ्यहरूको सूची तयार गरेका छौं।
एक ) २००५ मा, एक जापानी बैंकमा एक अनुभवहीन व्यापारीले J-Com स्टकको १ सेयर ¥ ६४०,००० मा बेच्ने प्रयास गरे। उनले संयोगवश ६४०,०००को शेयर प्रत्येक १ येनमा बेचे; यानिकी $ ५,००० को मूल्यमा $ ३ बिलियन मूल्यको सेयर बिक्री गरे भुलबस ।

दुई ) सोमालियामा एक ‘समुद्री डाकू स्टक एक्सचेन्ज’ छ जहाँ स्थानीयहरूले समुद्री डाकू गिरोहहरूको अपहरण गर्ने योजना तथा अभियानहरूमा लगानी गर्न सक्छन्।

तिन ) क्यालिफोर्नियामा क्याबालेरोस (स्पेनिश नाइट्स) को कारणले स्टक बजारलाई “भालु र बुल” नाम दिइएको थियो। क्याबालेरोहरूले क्यालिफोर्निया ग्रिज्लीहरूलाई साँढेहरूसँग लडाइँमा राखे। तिनीहरूले भालुहरू तलतिर घुमेको र साँढेहरू माथितिर झुन्डिएको देखे, यसले एनालोगी को काम गर्यो । त्यहिबाट बुल र बियरको नामाकरण भएको हो ।
चार ) रोनाल्ड वेन स्टिभ वोज्नियाक र स्टिभ जब्ससँगै एप्पलका तेस्रो सहसंस्थापक थिए। १९७६ मा, उनले कम्पनीको १०% सेयर $ ८०० मा बेचे। यदी उनले त्यो सेयर नबेचेको भए अहिले उनको १०% सेयर मुल्य बढेर $ 35 अर्ब भन्दा बढीको हुन्थ्यो।
पाच ) एप्पलको सीईओको रूपमा गिल अमेलियोको कार्यकालमा, एप्पलको स्टकको मुल्य धेरै घट्यो र १९९७ मा १२ वर्षको तल्लो स्तरमा पुग्यो जुन कम्तिमा आंशिक रूपमा एक अज्ञात पार्टी द्वारा एप्पल स्टकको 1.5 मिलियन शेयरको एकल बिक्रीको कारण थियो, जो पछि स्टीव जब्स भएको पुष्टि भयो। ।

छ) डच ईस्ट इन्डिया कम्पनी अस्तित्वमा पहिलो बहुराष्ट्रिय निगम थियो, जुन १६०२ मा सिर्जना गरिएको थियो। यो सेयर जारी गर्ने पहिलो कम्पनी हो र आज सबै निगमहरूको हजुरबुवा हो। शेयरधारकहरूको धेरै प्रभाव थिएन – कम्पनी यसको निर्देशकहरू द्वारा नियन्त्रित थियो। यद्यपि, शेयरधारकहरूले प्रशस्त पुरस्कार पाए। १७ औं शताब्दीमा वार्षिक लाभांश औसतमा १६% थियो।

सात) न्यूयोर्क स्टक एक्सचेन्ज सबैभन्दा परम्परागत मानिन्छ किनभने व्यापारीहरूले सूट र टाई लगाएको छैन भने एक्सचेन्ज प्रवेश गर्न सक्दैनन्।

आठ) औसतमा, बजार सेप्टेम्बरमा सबैभन्दा खराब प्रदर्शन गर्दछ भन्ने मान्यता ब्याप्त छ ।
नौ) तपाइँ सोच्न सक्नुहुन्छ कि लन्डन एक विशाल स्टक एक्सचेन्ज केन्द्र हो, हो सांघाई नम्बर दुई हो। NYSE ले प्रति महिना $ १,५२० बिलियन शेयरको व्यापार गर्दछ, जबकि सांघाईले $ १,२७८ बिलियन सेयरको व्यापार गर्दछ। लन्डन स्टक एक्सचेन्ज समूहले प्रति महिना $ १६५ बिलियन मात्र व्यापार गर्दछ।

दस) १९५४ मा, अर्थशास्त्री आर्मेन अल्चियनले स्टक बजारमा रासायनिक आपूर्तिकर्ताहरूको शेयर मूल्य हेरेर भर्खरै विकसित हाइड्रोजन बमको लागि गोप्य इन्धन के हो भनेर पत्ता लगाउन सक्षम भए।
एघार ) हामी सबैलाई .com बूम र बस्ट याद छ, र १९२९ वाल स्ट्रीट दुर्घटना बारे थाहा छ, तर वित्तीय बबल कुनै नयाँ कुरा होइन। १७११ मा फर्किंदा, साउथ सी कम्पनी एक विशाल बबलको केन्द्रमा थियो, जहा १७२० सम्मले शेयर मूल्यहरू घटेको थियो। यसअघि पनि, त्यहाँ ट्यूलिप उन्माद थियो – १६३७ मा, केही ट्युलिप बल्बहरू १० गुणाले बिक्री भइरहेको थियो।

बाह्र ) न्यूयोर्क स्टक एक्सचेन्जमा सबैभन्दा महँगो सेयर हो बर्कशायर ह्याथवे, जुन

२०००को अन्त्यमा $७१,०००

२००१को अन्त्यमा $ ७५,६००

२००२को अन्त्यमा $७२,७५०

२००३को अन्त्यमा $८४,२५०

२००४को अन्त्यमा $८७,९००

२००५को अन्त्यमा $८८,६२० प्रती सेयर मुल्य कायम भएको थियो ।
बर्कशायर ह्याथवे, वारेन बफेटको कम्पनी, हाल $१७०,००० प्रति सेयर भन्दा धेरै मुल्यमा बिक्री हुन्छ ।
तेह्र ) इन्टरनेट बबल र ग्लोबल फाइनान्सियल क्राइसिस (GFC) समावेश, क्रेडिट सुइस द्वारा 2010 को अनुसन्धान अनुसार, अष्ट्रेलियाले १९०० देखि २००९ सम्म विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने शेयर बजार भएको छ।

चौध ) यदी १९८० मा $ १०,००० तपाईंसँग हुन्थ्यो भने २०१० सम्म यसको भ्यालु बढेर कती हुन्थ्यो हेर्नुस्
तपाईंको लगानी $२३४,३१९ हुने थियो यदी अस्ट्रेलियाली सेयरहरूमा लगानी गरेको भए- प्रति वर्ष ११% को रिटर्न ।
तपाईंको लगानी $१४५,०४०हुने थियो यदी नगद लगानी गर्नुभएको भए यानिकी फिक्स डिपोजीट आदिमा , प्रति वर्ष ९।३% को रिटर्न ।

तपाईंको लगानी $३६,३८३ हुने थियो यदी उपभोक्ता मूल्य सूचकांक अनुसार हिसाब गर्दा – प्रति वर्ष ४.४% को रिटर्न ।

हामी आशा गर्दछौं कि तपाईंले स्टक बजारको बारेमा यी रमाईलो तथ्यहरूको आनन्द लिनुभएको छ, तर कृपया ध्यान राख्नुहोस् कि बुद्धिमानीपूर्वक लगानी गर्दा अध्ययन , अनुसन्धान गर्नु जरुरी हुन्छ साथै पेशेवरहरूको सल्लाहलाई ध्यानमा राख्नुपर्छ।