Home Blog Page 275

सबै ब्रोकरमा ताला लाग्यो, कारोबार प्रणाली भने खुल्ला

0

काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा आन्दोलनरत लगानिकर्ताले तालाबन्दी गरेका छन । समस्या समाधानका लागि आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल भइरहेको छ । कार्यालयमा तालाबन्दी भएनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। तर सेयर कारोबार नगण्य मात्रामा भइरहेको छ ।

गत बिहीबारदेखि लगानिकर्ता पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन । सरकारले आफूहरुलाई आयकरको दायरामा ल्याउन खोज्न गलत भएको उनीहरुको भनाइ छ।

आन्दोलनरत लगानीकर्ताले आर्थिक विधेयक २०८०मा ल्याइएको करसम्बन्धी बुँदा नं. २९ खारेज हुनुपर्ने एकसूत्रीय माग राखेका छन्। उनीहरुले आज बिहानैदेखि कारोबार रोक्ने भन्दै ५० वटै ब्रोकर हाउसमा ताला पनि लगाए। तर, नेप्सेले भने कारोबार प्रणाली बन्द गरेको छैन।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली माथिबाट आदेश नआईकन नेप्सेले कारोबार प्रणाली बन्द गर्न नमिल्ने बताए।सो कुराको जानकारी लगानिकर्तालाई बिहीवार नै बताएका थियौ ,उनले भने ।

अदालतमा बालकृष्ण खाँणको जिकिर – आङटावालाई बयान बदल्न मेरो भूमिका छैन

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुली गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका हुन ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरु हुनु अघी भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका छन । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

उनले भनेका छन – ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

अनुसन्धान अधिकृतहरुले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन कीर्ते गरेर ठगी गरिएको निष्कर्ष निकालेका छन् । खाँणको पालामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले कीर्ते गरेको अधिकृतहरुको निष्कर्ष छ । तर, खाँणले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरु सम्बन्धमा मलाई कुनै जानकारी भएन’, खाँणले भने ।

६१ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

0

गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक लाइसेन्सको नतिजा प्रकाशित भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक अनुतिर्ण भएका हुन । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको छ ।

कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए ।

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, प्रचण्डसङ्ग नि कुरा भएको थियो

भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार रहेको भनेका छन् ।

उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भन्दै आफू कहाँ आएर कुरा राखेको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

उक्त भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भनेर प्रस्ट कुरा प्रचन्डसँग राखेको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’

यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ ।

त्यसपछि आफूहरु उनीहरुले भने जस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

नेपाललाई भारतले १५ वटा मुर्रा भैंसी दिने

0

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ ।

‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनरत लगानीकर्ताले संगठनसङ्गको सहमित नमान्ने, माइतीघरमा ११ बजे भेला

0

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सहित आन्दोलन नरोकिने भएको छ। आज लगानीकर्ताले माइतीघरमा कार्यक्रम राखेका छन्। आन्दोलनमा रहेका लगानीकर्ताहरुले ११ बजे माइतिघरमा भेला हुन अनुरोध गरिएको छ।

आन्तरिक राजस्व विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर रहेको बताएपनि विज्ञप्तिमा प्रयोग भएको शब्दावली ब्यबसायिक रुपमा नभै भनेर कुरा घुमाएको र पछी त्यही शब्दको आधारमा फसाउने नियत देखिएको भन्दै आन्दोलन जारी राख्ने भएका हुन ।

अहिलेको आन्दोलनको नेतृत्व गरेका तिलक कोइरालाले आफ्नो सामाजिक संजालमा लेख्दै आफुहरुलाई दिनदिनै झुक्याउने बक्तब्यको ओईरो लागेको तर बजेट बक्तब्य र आर्थिक विधेयक संशोधन नभएसम्म आन्दोलन नरोकिने र आईतबार टीएमएस बन्द गर्ने भन्दै आक्रोश पोखेका थिए।

उता आन्तरिक राजस्व विभागले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतको उपस्थितीमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति गर्यो र सोहि अनुसार बिहिबार साँझ विज्ञप्ति जारी गर्यो ।
तर लगानिकर्ताहरु भने आफ्नो माग पुरा नभएको र नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन । साथै आफुले अरु कोही सङ्ग गरेको सहमती नमान्ने समेत बताएका छन ।

आजको रासिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि बिग्रेको परिस्थिति सप्रियो : प्रधानमन्त्री प्रचण्ड

0

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

आज केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे भारतका प्रम मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण कुरा हो भने । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।

“पटके” भन्नाले “प्राकृतिक व्यक्ति” बुझ्ने भनेर सहमति

0

“पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति भएकाे छ । हिजाे आन्तरिक राजस्व विभागले नियमित र पटके भनेर सूचना जारी गरेपछि यसकाे मतलव के हाे भनेर लगानीकर्ताहरूमा एक किसिमकाे अन्याैलता भएकाे थियाे ।

साे विषयमा आज लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधीहरू र आन्तरिक राजस्व विभागका अधिकृतहरूबीच छलफल भएको थियो ।

विभागका डि. जि. दिर्घ मैनालीसहित अन्य अधिकृतहरु समेतको उपस्थितिमा भएको छलफलमा अब “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति शब्द” राखिने सहमति भएको छ ।
छलफलमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

हिजाे आन्तरिक राजस्व विभागले के भनेको थियाे ? हेर्नुस्

“आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न संचारमाध्यमवाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा जारी संयुक्त प्रेश विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ। नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा सावि बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।”

नेप्सेमा दोहोरो अंकको वृद्धि

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको घटेको नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकमा बन्द भएको छ ।

बजेटको अघिल्लो दिन १७.३५ अंकले घटेको नेप्से १५ जेठमा बजेट वक्व्य सार्वजनिक भएपछि १६ जेठ र १७ जेठमा क्रमशः ५३.१६ अंक र ३८.८२ अंकले घटेको थियो । बजेटपछि कारोबारमा १०९.३३ अंकले घटेको थियो । त्यसअगाडि कारोबार भएको लगातार ७ दिनसम्म नेप्से कुल १४० अंकले बढेको थियो ।

बिहीबार भने सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, आज भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाख छ । २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ ।

यता सनराइज फोकस इक्वीटी फण्डको इकाइ मूल्य ६ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत र माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको छ ।