Home Blog Page 266

विश्वकप छनोटमा सम्भावना कायम राख्न जित निकाल्नै पर्ने -आज अमेरिकासँग भिड्दै नेपाल

0

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट खेल जारी छ । आफ्नो दोस्रो खेल आज नेपालले अमेरिकासँग खेल्नेछ ।
आजको खेल जिम्बावेको राजधानी हरारेको ताकासिंगा क्रिकेट क्लबमा नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपालले जिम्बावेसंग हार बेहोरेको थियो भने .अमेरिकाले वेस्ट इन्डिजसँग हारेको अवस्था छ । दुबैको विश्वकपको सुपर सिक्सकोआशा कायम राख्न जित्नै पर्ने अवस्थामा छन्। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। वेस्ट इन्डिज दुई पटकको विश्व विजेता भैसकेको टिम हो। तेस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ । त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री भईसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन अब दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १९ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थगित भयो घोराहि सिमेन्टको आइपिओ – लगानिकर्तालाई फसाउन खोजेको आरोप

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले घोराही सिमेन्टको आईपीओ स्थगन गरेकाे छ ।

सेबाेनकाे पत्रमा भनिएकाे छ, “उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”

सामान्य अङ्कले घट्यो नेप्से

0

आज नेप्से सामान्य अङ्कले घटेको छ ।
आज नेप्से २।९४ अङ्कले घट्दै २०९१ को बिन्दुमा बन्द भएको छ । आज बुल र बियरको फाइटमा बियरको जित भएको छ ।
आज सेन्ट्रल फाइनान्स माउन्टेन ईनर्जी नेपाल, बिपीडब्लु माइक्रोफाइन्नस , मेन्चियाम हाइड्रोपावर सर्बाधिक बढेका छ्न , तिनिहरु सर्किट वा सर्किट लेभलमा कारोबार भएका छ्न ।

आज शिभम ,एनटिसी ,सोल्टी होटेल, आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स , एचआइडिसीएल प्रोमोटर सेयर लगायताका सेयरको उच्च कारोबार भएको छ ।

घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, कस्ले गर्‍यो फर्जी ? छ जनाले मात्र ६० लाख कित्ता माग, सबै पैसा बिनाको माग

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको ८५ लाख कित्ता सेयरमा दिएको आवेदन ‘रिजेक्ट’ भएको छ । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले जनाएको छ । जसमध्ये १० लाख कित्ता आवेदन दिएका ६ वटा आवेदनबाट मात्रै ६० लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’ भएको स्रोतले बतायो । अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीहरुमा यति ठूलो सेयर संख्यामा आवेदन ‘रिजेक्ट’ भएको थिएन । प्रतिसेयर आम्दानी ५० पैसा भएको कम्पनिको आर्थिक अवस्था कमजोर भएको र प्रिमियममा आइपिओ भर्नु मुर्खता हुन सक्ने भनेर आर्थिक कागजले लेख्दै आएको छ । यो हेनुस् घोराही सिमेन्टको इपियस ५० पैसा,लगानीकर्तालाई गुमराहमा पारेर ठग्दै

यो पनि हेनुस् साबधान रहनुस् , घोराही सिमेन्टको आइपिओ किन्नुअघी हेर्नुस् यि कुरा नत्र फस्नुहोला नमज्जाले !

यो पनि हेनुस् लसुनलाई सुन भनेर घोराहीले सोझा लगानिकर्तालाई झुक्याएर आइपीओको नाममा लुट्दै

कम्पनीको सेयरमा उच्च आकर्षण छ भनेर देखाउन फर्जी अाबेदन हालिन्छ । राम्रो नियतले हालेको आइपिओमा यत्रो सङ्ख्यामा रेजेक्ट हुँदैन । यसमा सोझा लगानिकर्ता फसाउने दुसित मनसाय प्रस्ट देखिन्छ । सामान्यतया आवेदन गरेअनुरुप संख्यामा सेयरलाई थाम्ने पैसा आवेदकको खातामा रहेनछ भने आवेदन रिजेक्ट हुन्छ । त्यस्तै आवेदक स्वयंले पनि रिजेक्ट गर्नसक्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशीक रोजगारीमा रहेको नेपालीहरुलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि उक्त सेयर समेत थप गरेर कम्पनीले ३२ जेठबाट सर्वासाधारणका लागि निष्कासन खुला गरिएको थियो । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि पूरा बिक्री भएको थिएन त्यसले कम्पनी दबाबमा परेको अवस्था थियो । सोही कारण उच्च आकर्षण देखाउन यसरी फर्जी आबेदनमा कम्पनिको संलग्नता देखिन्छ । नत्र यसरी १० लाख किताका दरले एस् जनाले आबेदन दिएर ६० लाख कित्ता माग गर्नु र रेजेक्ट हुनु सामान्य होइन ।

कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने आह्वानपत्रमा उल्लेख थियो । माथिल्लो सीमामा १० लाख कित्ताका दरले आवेदन दिएका ६ जनाले कम्पनीको सेयरमा आकर्षण छ भनेर देखाउन बैंक खातामा पर्याप्त रकमविना नै आवेदन दिएको हुनसक्ने स्रोतले बताएको छ ।

४ असारसम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा माग भन्दा दुई गुणा बढी आवेदन पर्दासमेत आवेदन दिने म्याद थप गरेर कम्पनिले यस्तो हुने कुरा कम्पनिलाई पहिले नै थाहा भएको र यसमा कम्पनिको सम्लगनता रहेको आँफैले पुस्टी गरेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै आवेदन भेरिफाइ भइरहेकोले आवेदन दिने म्याद थप भएको बताएको छ । यससँगै अब सर्वसाधारणले घोराहीको आईपीओमा १४ असारसम्म आवेदन दिन सक्नेछन् । सो अगावै यथोचित संख्यामा प्रमाणित आवेदन आएमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन पर्दासमेत आवेदन दिने अवधि थप भएपछि नेपाल धितोपत्र बोर्ड छलफलमा बसेको छ । मागभन्दा बढी आबेदन परेपछी समय थप गर्न पाइन्दैन । तर कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ता भ्रमित बनाउने गरी फर्जी आवेदन देखाएर सेयर बेच्न आफ्नै संलग्नतामा आबेदन पेश गरेको हुन सक्ने देखिन्छ । यस्तो भएको रहेछ भने बोर्डले अध्ययन गरेर कारवाही गर्ने अध्यक्ष हमालले बताए ।

धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्रको कारोबारमा जालसाजी गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ९८ मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्यले कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा जालसाजी गरेको मानिने उल्लेख छ ।

यस्तै ऐनको दफा ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने व्यवस्था छ । कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिने उल्लेख छ ।

यदि यसरी जालसाजी गरेर धितोपत्र कारोबार गरेको पाइएमा ऐनको दफा १०१ को उपदफा ३ अनुसार १ लाख देखि ३ लाखसम्म जरिवाना वा दुई वर्षसमम कैद सजाय हुनसक्ने व्यवस्था छ । अथवा जरिवाना र कैद सजाय दुबै हुने व्यवस्था ऐनले गरेको छ । यदि त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनले गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै, सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।


एक करोड लगानी गर्दा कम्पनिले नेट कमाउने भनेको ८६ हजार हो, यो कुरा कम्पनिले आँफै प्रकासित गरेको रिपोर्टले देखाउछ । हुनपनी यस्तो पत्तुर कम्पनिमा लगानी गर्नु मुर्खता नै हो । हुनत त टोपी मास्टरहरुले यो भन्दा बढी मुल्यमा अरुलाई टोपी लगाउन अहिलेदेखी नै सेटिङ गरिसकेका हुन सक्छन ।


एक टेलिभिजनले प्रसारण गरेको रिपोर्ट अनुसार यो कम्पनी सन्चालन गर्न स्थानियले अबरोध गरिरहेका छन र यो कम्पनी चाडै बन्द हुनेवाला छ । र सन्चालकहरु प्रिमियममा आइपीओ जारी गरेर आफ्नो लगानी उठाएर भाग्न खोजिरहेका छन पनि भनिन्छ ।
हुनपनी १४ अर्ब भन्दा ॠण भएको कम्पनी जसले १ करोड लगानी गर्दा ८६ हजार नेट कमाइ ( नाफा ) गर्ने कम्पनी धेरै समय चलाएर पनि हुने प्रगती केही देखिन्न ।

पाँचथरमा १२ जनाको हेलिकप्टरबाट उद्धार गरियो

0

नेपाली सेनाको टोलीले पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको छ ।

प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । साथै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ । र ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

राजश्व उठाउने काममा गम्भिर भएर लक्ष पुरा गर्न लाग्न अर्थमन्त्रीको निर्देशन

0

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको सोमबार बिहान निरीक्षण गर्दै अर्थमन्त्री महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै उनले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला।’

‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाइँहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो’, अर्थमन्त्री महतले भने।

तरकारी फलफूल भारत तथा अन्य देशबाट आयात गर्दा मात्र कर लाग्ने महतले स्पष्ट पारे। ‘आमउपभोक्ताका लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ’, उनले भने।

आफू राम्रो काम गर्न आएको पनि अर्थमन्त्री महतको भनाइ थियो। ‘तपाइँहरुले पनि राम्रो काम गरिरहनुभएको छ र अझै राम्रो काम गर्नु होला’, उनले भने, ‘आमनागरिकलाई दुःख दिने काम नगर्नु होला।’

उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ।’

साङ्गे विद्युत कम्पनीले १ः८ अनुपातमा हकप्रद जारी गर्ने, प्रतिकित्ता रु. ५०

0

साङ्गे विद्युत कम्पनीले चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री खुला गरिएको जानकारी गराएको छ । यसको अर्थ १ कित्ता सेयरबराबर नयाँ ८ कित्ता बिक्री खुला हुनेछ ।

कम्पनी सञ्चालक समितिको गत जेठ २६ गते बसेको बैठकले ५० रुपैयाँ अंकित दरका कुल २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कम्पनीको विद्यमान सेयरधनीहरुले यही असार १९ गतेदेखि भदौ २२ गतेसम्म रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारामका साथ संलग्न गरी कम्पनीको बुझाउन आग्रह गरिएको छ।

हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। सेयरधनीहरुले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ।

सेयरधनीहरुले आफ्नो हक वा सोभन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउनेछन्।

दरखास्त फाराम कम्पनीको काठमाण्डौ त्रिपुरेश्वरस्थित ब्लुस्टार कम्प्लेक्समा रहेको कार्यालयबाट प्राप्त गर्न र बुझाउन सकिने कम्पनीले जनाएको छ।

एकाएक घोराही सिमेन्टले थप्यो आईपीओमा आवेदन दिने म्याद, के फर्जी आबेदनको सहयोग लिएर ओभरसब्स्क्राइभ देखाइएको थियो !

जेठ ३२ देखि खुलेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओमा सर्वसाधारणले आवेदन दिन आज असार ४ गते अन्तिम दिन कम्पनीले एकाएक आइपीओमा आवेदन दिने समय थप गरेको छ। प्रिमियम भाउमा खुला भएको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको देखिन्छ तर पनि कम्पनीले आइपीओ भर्ने समय थपेको हो ।
यसले कतै पहिला परेको आबेदन कम्पनी आँफैले मिलाएर पैसा नभएको खाताबाट भरेको त थिएन भन्ने प्रश्न उठेको छ ।

कम्पनीका अनुसार प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको हो। अब असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीको भनाई छ।

माग भन्दा बढी आबेदन परेको भनिपनी समय थपिए पछी सन्का उब्जाएको छ । पचास पैसा प्रतिसेयर आम्दानिको कम्पनिले प्रिमियममा आइपीओ निकालेर सोझा लगानिकर्ता फसाउने नियत राखेको भनेर आइपिओ बहिस्कार अभियान चलिरहदा फर्जी आबेदन बढी राखेर ओभर सब्स्क्राइभ देखाइएको हुन सक्ने देखिन्छ ।

भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्म प्रदर्शन नहुने- बालेनले महानगर प्रहरी परिचालन गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र नलाग्ने भएका छन । बालेनले आदिपुरुस फिल्मको बिबादित डाइलग हटाउन दिएको ३ दिनको समय आज सकिदा सम्म पनि त्यो डाइलग सबैतिरबाट नहटेपछी उनले प्रदर्शन गर्न नदिने बताएका छन् ।

आदिपुरुष नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएपछी बालेन आक्रामक बनेका हुन ।

उनले आइतबार अपरान्ह फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

बालेनको सचिवालयका अनुसार नगर प्रहरीमार्फत हल सञ्चालकहरुलाई भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् ।

बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताएका छन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै आदिपुरुषमा रहेको उक्त संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।

चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्वारिकाउदय सिनेमाजबाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’ उतारेका छन् ।
भोलिबाट काठमाडौंभित्र हिन्दी चलचित्र चल्ने छैन र चलेको ठाउमा महानगर प्रहरीले हल बन्द गरिदिने छन ।