Home Blog Page 265

प्रतिनिधिसभाबाट प्रदेशमन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास

0

प्रतिनिधिसभाले नयाँ अभ्यास थालनी गरेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने अभ्यास सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ ।

शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भयो ।

चिनियाँ राजदूतले भने– पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत

0

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनाईएको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यस अघी पनि चाइनाले सोही कुरा बताएको थियो ।

कार्यक्रममा राजदूत सोङले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजना अन्तर्गतको हो ।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका१० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन,’ उनले भने । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।

भारतीय बजारमा टेस्ला प्रवेश गर्दै,सेयर बजारमा उछाल

टेस्लाका सीईओ एलन मस्कले भारतीय बजारमा टेस्ला प्रवेश गर्ने घोषणा गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। मंगलबार मोदीसँगैको भेटमा मस्कले यस्तो घोषणा गरेका हुन्। 

विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी टेस्लाको भारतमा प्रवेशका विषयमा पनि मोदी र मस्कबीच छलफल भएको थियो। बैठकमा मस्कले भारतीय बजारमा टेस्ला प्रवेश गर्नेबारे जानकारी गराएका थिए। 

मस्कले प्रधानमन्त्री मोदीसँग भेटपछि भारतमा लगानी गर्ने योजनाको पुष्टि गर्दै आफू पनि अर्को वर्ष भारत भ्रमण गर्ने योजनामा रहेको बताए।

मस्कले भारतमा लगानी गर्ने घोषणाले टेस्लाको सेयरभाउमा उछाल आएको छ। कम्पनी सेयरभो ५.३४ प्रतिशतले बढेको छ। योसँगै मस्कको नेटवर्थ एकैदिनमा ९.९५ अर्ब डलरले बढेको छ। उनको सम्पत्ति २४३ अर्ब डलर पुगेको छ। –एजेन्सी

एनआईसी एसिया लघुवित्तमा जागिर खुल्यो, १५५ जना कर्मचारी माग

0

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारी माग गरेको छ। यसले उम्मेदवारबाट दरखास्त माग गरेको हो ।

संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म १५५ जना कर्मचारी भर्ना लागेको हो।

संस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १०० जना कर्मचारी भर्ना गर्न लागेको छ। यो पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ।

यसैगरी सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा ३० जना, वरिष्ठ अधिकृत तथा अधिकृतमा १८ जना, सहायक प्रबन्धकमा ७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

सुपरभाइरज, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत तथा सहायक प्रबन्धकको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।

रु. ८००ले घट्यो सुनको भाउ

0

नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

घट्यो नेप्से, हिजोको बियरिस क्यान्डल भ्यालिड – अब के होला,प्राबिधिक बिस्लेसण

आज नेप्से परिसूचकमा दोहोरो अंकको घटेको छ । आज नेप्से २६ अंकले घट्दा नेप्से इन्डेक्स २०६४ विन्दु कायम भएको छ ।

नेप्से घट्दा कारोबार रकम भने घटेको छ । आज ४ अर्ब ११ करोड माथिको कारोबार भएको हो ।

आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।

आज २८ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको माथिल्लो रेखालाई छोडेको छ । आज नेप्सेले रेसिस्टेन्स लिन खोजेजसरी सेलिङ प्रेसर आएको देखिन्छ। सामान्यतया बजार माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएमा कम्तिमा मध्य रेखासम्म तल झर्ने र मध्य रेखालाई सपोर्ट बनाउन खोज्छ ।
हिजोको बियसिस क्यान्डललाई आजको क्यान्डलले भ्यालिड गरेको छ । यसले बजार तलतर्फ जाने देखिन्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु छोटा हुँदै गैइरहेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गरेपनी हिस्टोग्रामले सचेत हुनपर्ने सङ्केत गर्छ ।

आरएसआइ ७६ को बिन्दुबाट झरेर ६८को बिन्दुमा कायम भएको छ् ,यसले बजार ओभरबउट जोनबाट फर्केको देखिन्छ। आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट २०४६ दोश्रो सपोर्ट १९५० मा रहेको देखिन्छ । तेश्रो सपोर्ट १८८३ छ । बजार पहिलो प्रतिरोध २१८४ र दोश्रो प्रतिरोध २२५८ मा रहेको देखिन्छ ।बजार पिभोट पोइन्ट माथिको तेश्रो रेसिस्टेन्स बाट फर्किन खोजेको जस्तो आजको बजार प्रक्रिती देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

घोराही सिमेन्टबारे धितोपत्र बोर्डद्वारा अध्ययन सुरु, जाँचबुझ समिति गठन गर्ने तयारी

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ स्थगन गरी घोराही सिमेन्ट इन्डस्ट्रीबारे भएको भनिएको फर्जी आबेदन तथा रेटिङ नियमानुसार नभएको बारे अध्ययन प्रक्रिया अगाडि बढाएको छ।

धितोपत्र बोर्डले विशेषगरी घोराही सिमेन्टको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनबारे अध्ययन गर्ने छ । यसका लागि धितोपत्र बोर्डले जाँचबुझ समिति बनाउने तयारी गरिरहेको बुझिएको छ ।

धितोपत्र बोर्डले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिबाट नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन अनुमति पाएको छ। अर्थ समितिको आज बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न धितोपत्र बोर्डलाई अनुमति दिएको हो।

अर्थ समितिको बैठकमा सांसदहरुले धितोपत्र बोर्डसँग घोराही सिमेन्टका विषयमा पनि जिज्ञाशा राखेका थिए। जबाफमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मुख्य तीन विषयमा केन्द्रित भएर घोराही सिमेन्टबारे अध्ययन भइरहेको बताए। ‘हामीले रेटिङ कम्पनीले गरेको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनका बारेमा अध्ययन गर्नेछौँ’, उनले भने।

मुख्य यी ३ विषयबाहेक आवश्यक देखिएका अन्य कुराहरुको पनि अध्ययन गर्नेछ।

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस भएर ढले

0

नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएर ढलेका छन् ।

नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएर ढलेका छन। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिएपछी प्रहरीले बल प्रयोग गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।

करणले लिए चार विकेट ,अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात

0

आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।

अमेरिकाले १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।