Home Blog Page 252

नेप्सेमा एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र सूचीकृत

0

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ। 

‘एनएमबि डिबेन्चर–२०८९–९०’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ। 

एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। 

मोदी इनर्जी र रावा इनर्जीको सेयर कारोबार खुल्यो

0

मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। 

आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। 

पहिलो कारोबारका लागि भने नेप्सेले मोदी इनर्जी प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँ र रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। यी दुवैको प्रि–ओपन सेसनमा क्रमशः २७० रुपैयाँ र २३९.३० रुपैयाँमा किनबेच भएका छन्। 

यी दुवै कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। 

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री गरिनेछ।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ असार २२ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८.५ अर्ब र रु. १.५ अर्ब छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

मार्केट सेक्युरिटिजलाई धितोपत्र बोर्डले गर्‍यो कारबाही, रु १० लाख जरिवाना

मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कारबाही गरेको छ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ।

मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ।

३० दिनभित्र मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा नआए महानगरले कारबाही गर्ने

0

आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ ।

मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।

महानगरभित्र रहेका १७ चलचित्र भवन छन । ति सबैलाई पत्र काटिएको छ साथै अटेर गर्नेलाई कारबाही गर्न सकिने महानगरको भनाइ छ ।

शिवशिखर सहकारीविरुद्ध उजुरीको चाँङ्ग,सुरु भयो अनुसन्धान

0

बचतकर्ताको उजुरी परेपछी बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

विगत पाँच महिनादेखि बन्द रहेको बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी गर्दै आएको उक्त सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए ।

सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए ।

उनका अनुसार अन्य बचतकर्ताले पनि जाहेरी दिने क्रम बढेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सहकारीले पाँच महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरी कारोबार बन्द गरेको थियो ।

काठमाडौं महानगरले माग्यो ६५ नगर प्रहरी

0

काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।

महानगरले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ ।’

सूचना प्रकाशित भएको १५ दिनभित्र नागरिकता, प्रवेश पत्रको प्रतिलिपि सहित प्रशासन विभागमा निवेदन बुझाउन सकिने महानगरले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रधानमन्त्रीको बोली खतरानाक भन्दै एमालेले डाक्यो संसदीय दलको बैठक

0

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । एमालेले यसलाई देशको बेइज्जत भएको जनाएको छ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पट- पटक दिल्ली गएको खुलाएका थिए ।

एउटा देशको प्रधानमन्त्री बन्न अर्को देशको सहयोग लिनु उचित मानिन्न ।

पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक सिंहदरबारमा राख्दै छ ।

‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’

ती नेताले जानकारी दिए अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।

सेयर बजारमा १२.७३ अंकको वृद्धि

0

लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा रोकिएको छ ।

गत साता लगातर बढेर बुधबार करिब ७ महिना यताकै उच्च विन्दु २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबारसहित यो सातको आइतबार र सोमबार लगातार ३ दिन गिरावट हुँदा २०७५.९७ अंकसम्म झरेको थियो । तर, मंगलबार पुनः नेप्सेमा वृद्धि भएको हो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । जसमध्ये होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.३६ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । लगातार ५ अर्ब भन्दा माथिको कारोबार भइरहेको बजारमा सोमबार कारोबार रकम घटेर ४ अर्बमा झरेको थियो । आज मंगलबार कारोबार रकम झनै घटेर साढे २ अर्बमा झरेको छ । मंगलबार नेप्सेमा ४६ हजार ७७१ वटा कारोबारमा ६४ लाख ५० हजार ९३४ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । जसबाट २ अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छ

अधिकतम ७५० रुपैयाँसम्म घट्यो हवाई भाडा (कुन रूटमा कति ?)

0

नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ ।

नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौती हो ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।

काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

प्राधिकरणका अनुसार स्टल रूटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको छ ।

हेर्नुहोस् भाडा सूचीः