Home Blog Page 253

साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर निष्काशन, प्रतिकित्ता मूल्य ५० रुपैयाँ

0

८०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि साङ्गे विद्युत कम्पनीले निस्कासन खुल्ला गरेको ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो। कम्पनी सञ्चालक समितिको जेष्ठ २६ गतेको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।

कम्पनीको हकप्रदमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ। हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पायो

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न बाट अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि बोर्डले अनुमति दिएको छ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ ।

रावा इनर्जी र मोदी इनर्जीको सेयर बुधबारबाट कारोबारमा आउने

0

मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकोले यी दुवै कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएका हुन्। 

नेप्सेको बोर्डको बुधबारको बैठकले नयाँ ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने

0

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बुधवार बस्ने बैठकले नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० सञ्चालनमा ल्याउने बिषयमा छलफल भई टुङ्गोमा पुग्ने छ ।

नेप्से सञ्चालक समितिले अनुमति दिएमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले भोलि नै कारोबार सदस्यता पाउनेछन्। यदि भोलि यो विषयमा टुंगो लागेमा ती नयाँ ब्रोकर कम्पनीले यही असारभित्रै कारोबार सञ्चालन गर्ने सम्भावना पनि छ।

नेप्सेले नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। ‘तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइएको छ’, प्रवक्ता पराजुलीले भने।

असुरक्षा भएको भन्दै ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

काम गर्न असुरक्षा रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गएका छन् ।

न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।

‘बाहिर नाराबाजी चलेको छ, हाम्रो नाम लिएर मुर्दावाद भन्न थालेपछि काम गर्ने वातावरण भएन, त्यसैले हामी सर्वोच्च अदालत आयौं’, ललितपुरका एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘यो वातावरण अन्त्य हुनुपर्‍यो र अहिलेको समस्या समाधान हुनुपर्‍यो भनेर सर्वोच्च अदालत आएका हौं ।’

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँग उनीहरुले छलफल गरिरहेका छन् ।

कानून व्यवसायीहरुलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसनले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको घटनालाई लिएर कर्मचारी र कानुनी व्यवसायी आआफ्नै ढंगले आन्दोलनमा उत्रिएका छन् ।

सोमबार कानुन व्यवसायीले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन नै गरेका थिए ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फेरि रु. २० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि मंगलबार (असार १९ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेर अधिक तरलता ब्यबस्थापना गर्न लागेको हो । अधिक तरलता बजारमा कायम रहने हो भने जथाभाबी ॠण परिचालन हुन सक्ने भएकोले रिभर्स रिपो जारी गर्न लागिएको हो । जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ।

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

६६ % हकप्रदलाई एनएलजी इन्स्योरेन्सले पायो अनुमति, बाँकी पूँजी बोनस सेयरबाट जुटाउने

0

एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ। नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

एनएलजी इन्स्योरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।अब कम्पनीले ६६ प्रतिशतले आउने ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेपछी चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ ।बाँकी पूँजी बोनस सेयरबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने नीति लिएको छ ।

मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

0

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।

मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।

घट्यो सुनको भाउ

0

नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा १०० रुपैयाँ र तेजाबी गोल्डमा ५० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

ङादी ग्रुप पावरले १००% हकप्रद जारी गर्ने

0

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।

हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस गर्नका लागि विद्युत नियमन आयोगबाट पूवस्वीकृति लिने पनि कम्पनीले निर्णय गरेको छ।