Home Blog Page 254

सीआईटीको २५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

0

आज असार १८ गते नागरिक लगानी कोष(सीआईटी)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

सीआईटीले भोलि असार १९ गते लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

तिलक कोइराला भन्छन-अब पूँजी बजारले छलाङ मार्छ

हामी नेपालको पूँजी बजारले ऐतिहासिक छलाङ मार्ने सघारमा उभिएका छौं । आउने केही दिन भित्रैमा पूँजी बजारमा ऐतिहासिक उभार आउनेवाला छ । सेयरको मूल्य धेरै बढेर वा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेर त्यो छलाड। मार्ने कुरा गरिएको विल्कुलै हैन । सेयर बजारमा आउने सबै लगानीकर्ताले कमाउँछन् नै भनेर ग्यारेन्टी गर्न पनि खोजिएको हैन । नीति, नियम, प्रविधि, पुर्वाधार र नियमनमा सुधारको कुरा गरिएको हो ।

सबैभन्दा पहिलो कुरा सरकार, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई आघात पार्ने नीतिहरु अब आउने छैनन् ।

अबको केही दिन भित्रैमा डेढ अर्बसम्म चुक्ता पूँजी भएका सेयर दलालहरुले कारोबार सेवा दिदैछन् । धेरै पूँजी भएका ४३ वटा सेयर दलालहरु थपिने कुरा नेपालको सेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार बिकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिदिनेछ ।

हाम्रो पूँजी बजारमा यसै पालादेखि ब्रोकर मार्फत नै मार्जिन ट्रेडिडको सुविधा हामी लगानीकर्ताले पाउने छौं । नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा यस्तो ब्यवस्थालाई यसपल्टदेखि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन मौद्रिक नीतिमार्फत नीतिगत ब्यवस्था गर्ने संकेत दिएको छ र ब्रोकरहरुसँग पनि छलफल गरिसकेको छ । नागरिक स्टक डिलर र नविल सेक्युरिटिज जस्ता ठूला कम्पनीहरुले दिने मार्जिन ट्रेडिड।सेवाबाट धेरै लगानीकर्ता लाभान्वित हुनेछन् । अन्र्तराष्ट्रियस्तरमा सेयर बजारमा निकै प्रचलित यस्तो उपकरणबाट नेपालको सेयर बजारमा बाह्रै महिना लगानीयोग्य रकम अर्थात तरलता उपलब्ध हुनेछ ।

नेपाल स्टक एक्सचेन्जले पहिले नेप्से फिप्टी भनेकोमा अहिले नेप्से थर्टी ईन्डेक्ससहितको उपकरण चाँडै नै संचालनमा ल्याउँदैछ । यसले पूँजी बजारका महत्वपूर्ण कम्पनीहरुको बर्गीकरण र कारोबारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले हाईड्रो र अन्य बर्गका कम्पनीहरुको संस्थापक हिस्सेदारी कति हुनुपर्ने भन्ने कुराको यकिन गर्दै चाँडै नै त्यससम्बन्धी ब्यवस्थाहरु गर्ने गरी हाल अध्ययन गरिरहेको छ । नेपालको पुँजी बजारमा गैैरआवासीय नेपालीहरुको प्रत्यक्ष लगानीसम्बन्धी ब्यवस्था पनि हुन लागेका छन् ।

बजारमा उच्च नेटवर्थ भएका उत्पादनमुलक र सेवा क्षेत्रका कम्पनीहरुको प्रबेश बढ्दो छ । यसबाट लगानीकर्ताले राम्रो कम्पनी छनौट गरी आईपीओमा आबेदन गर्ने र दोस्रो बजारमा कम्पनी छनौटका अरु धेरै विकल्पहरु पाउनेछन् ।

हाम्रो पूँजी बजारमा कर सम्बन्धी अन्योल समाप्त भईसकेर अब सरकारले स्थिर खालको कर नीति लिने सुनिचितता भईसकेको छ । ७।५ र ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम करको रुपमा परिभाषित भईसकेको अबस्थामा अब लगानीकर्ताले करको चिन्ता गर्नुपर्ने अबस्था रत्तिभर छैन ।

बैंक तथा बित्तीय संस्थाहरुमा बढेको तरलता र घट्दो ब्याज दरले लगानीकर्तालाई सेयर कारोबार गर्न अरु सस्तोमा कर्जा उपलब्ध हुनसक्ने संभावना बढेको छ । अहिले सेयर धितो कर्जा लिन बैकहरुमा लगानीकर्ताहरु धाउँदै गरेको र अन्यत्र कर्जा जानसक्ने अबस्था नभएपछि सेयर लगानीकर्ताहरुलाई नै बेंकले आमन्त्रण गरेर आधार दरमै कर्जा उपब्लध गराउने संभावनाले पनि बजारमा माग बढाउँन सहयोग गर्नेछ ।

यी आधारहरु सहित नेपालको पूँजी बजारले छलाड। मार्ने र ऐतिहासिक उभार आउने कुरा गरिएको हो । यसबाट नेप्सेले नयाँ रेकर्ड ब्रेक गर्ने र पूँजी बजारमा आउने सबैले कमाउने कुराको ग्यारेन्टी गर्न खोजिएको हैन ।
यसो भन्दैमा असार मसान्तको चाप र नाफा सुरक्षित गर्नेहरुले सेयर बेच्दै बेच्दैनन् भन्न पनि खोजिएको हैन । सेयरको मूल्य दिनदिनै बढेर वा घटेर मात्रै जान्छ भन्न कसैले सक्दैन । बजारमा उतार चढावहरु आईरहन्छन् ।

पूँजी बजार जोखिमको क्षेत्र भएकाले सोची विचारी, आफ्नो जोखिमबहन क्षमता, लगानी रणनीति, लगानी गरिने रकमको लागत, बजारमा हुने खेल, संभावना र चुनौैति राम्रोसँग बुझेर विवेकपूर्ण लगानी गरिएको अबस्थामा बजारबाट लाभ लिन सकिने संभावना धेरै छ । जान्नेले झन् धेरै कमाउँनसक्ने संभावनाका ढोकाहरु खुल्दैछन् । त्यसैले भागेर हैन, बजारमै टिकेर परिवर्तनको स्वाद चाख्नु राम्रो हुनेछ ।

कोइरालाको फेसबुकवालबाट साभार

ललितानिवासको जग्गामा बालेनले तारबार लगाउने – महानगर टोली जग्गा हेर्दै

0

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेर निरिक्षण गरेको छ ।
महानगरको टोलिले ललिता निवासको जग्गा भित्र बनेको सम्रचना हटाउन समय दिईएको र समय भित्र नहटाए डोजर लगाउने जनाएको छ ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । साथै सिआइबिले पनि अनुसन्धान गरिरहेको छ ।

महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।

महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ ।

‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारमा रहेका उनले भने ।

ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ‘उहाँहरुलाई हट्न भनेका छौं, त्यसपछि हामी तारबार लगाउँछौं’, वाग्लेले भने ।

पेट्रोल र ग्यासको भाउ भारतबाट घटेर आयो

0

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ।

तर निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ। 

५३ अङ्कले घट्यो नेप्से , बजार २००० तर्फको यात्रामा – नेप्से प्राबिधिक बिस्लेषण

आज साताको चौथो दिन बुधवार सेयर बजार ५३।७ अङ्कले घटेको छ । आज २।५ प्रतिसतले घटेर २०९७ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १८ कम्पनिको मुल्य बढेको छ भने २०७ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोएर बजार तलतर्फ फर्किन खोजेको देख्न सकिन्छ । सामान्यतया यदी बजारले माथिल्लो रेखालाई रेसिस्टेन्स बनाउछ भने तल्लो रेखा सम्म जान सक्छ।

एमएसिडिले बाइ सिग्नल कायम छ । बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।हिस्टोग्रामहरु छोटा हुन थालेको छ जसले सतर्क हुनुपर्ने सङ्केत गर्छ ।

आरएसआइ ६० को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ६०को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

फिबोनेसी रेसियो अनुसार अब बजार घटेमा पहिलो सपोर्ट २०१२ दोश्रो सपोर्ट १९६४ देखिएको छ यद्दपी यदी ०।३८ बाटै बजार फर्किए २०६० लाई सपोर्ट बनाउनेछ जसको सम्भाबना कम देखिन्छ ।

इलियट वेभ अनुसार बजारले इम्पल्सिभको वेभ सक्काएर करेक्सनको चरणमा बजार रहेको देखिन्छ ।

हामिले यस अघिको बिस्लेसणमा बजार घट्न सक्ने भनेर बिस्लेशण गरेका थियौ । यो हेर्नुस् ३५ अङ्कले घट्यो नेप्से अब के होला , नेप्से प्राबिधिक विश्लेषण

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

बैंकिङ प्रणालीमा ३ दिनमै रु. १६ अर्ब थपियो

बैंकिङ प्रणालीमा निक्षेप बड्ने क्रम जारी रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप थपिएको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

असार १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो।

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत भागे

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल , सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी , दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य अबिश्वासनिय थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलासा भएको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत भागेका छन् ।

बैंकभन्दा बढी ब्याज पाइने लोभमा लगानिकर्ताले रकम जम्मा गरेका थिए तर अहिले उनी संपर्कमा छैनन ।

सहकारीको पैसाले ब्याक्तिगत सम्पत्ति जोडेर ति पनि सहकारीकै भएको भन्दै झुक्काउने गरेको पाइएको छ ,तर उनले सम्पत्ति आफ्नो ब्याक्तिगत नाममा जोडेको पाइएको छ ।


लगभग ३४ हजार बचतकर्ताको १० अर्ब भन्दा बढी अहिले उक्त सहकारीमा फसेको पाइएको छ । उनको र सुमेरु ग्रुपको नाममा भने १५ अर्ब भन्दा बढी सम्पत्ति रहेको अनुमान गरिएको छ ।

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

0

श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

रिलायबल नेपाल लाइफले आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पायो

0

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति दिएको छ।

कम्पनीले सुरुमा बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। पछि पुनः कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो। बोर्डले कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ।

विमानस्थलमा भन्सार एजेन्टले नै चोरे ९ किलो सुन, बिक्री गरेर जग्गामा लगानी

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको भेटिएको छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर झण्डै ९ किलो सुन चोरी गरेर बिक्री गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुुसन्धानका क्रममा खुलेको हो ।

ब्यूरोका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित जाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

भन्सार जाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि विभिन्न व्यक्तिहरुले छुटाउनलाई पटकपटक प्रयास गरेका थिए । त्यहीबीच भन्सार कार्यालयबाट सुनसहितको भेप्स बस्नेतको योजनामा साटफेर गरिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

भन्सारका अरु अधिकृतहरुलाई त्यो भेप्समा सुन छ भन्ने थाहा नभएको अवस्थामा खड्कालाई ७० लाख रुपैयाँभन्दा बढी दिएर साटफेर गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरेर मुद्दा बुझाउने तयारी भइरहेको छ ।

उनले पेप्सीकोलामा अर्कै व्यक्तिको नाममा समेत जग्गा किनेको पाइएको छ । प्रहरीले ती व्यक्तिलाई पनि पक्राउ परेको छ ।