Home Blog Page 251

भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्नु गलत कुरा : नारायणकाजी श्रेष्ठ

0

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए ।

बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको बताए ।

‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ । त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने ।

नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने, ‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’

कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’

यही असार १८ गते सरदार पि्रतम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पि्रतम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।

एक अर्को प्रसंगमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले जनपक्षीय काम गर्दै आएको भन्दै यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’

अब लगानीकर्ताले घोराही सिमेन्टमा रोकिएको रकम झिक्न के गर्नु पर्छ ?

0

धितोपत्र बोर्डले घोराही सिमेन्टमा आवेदन दिएर स्वीकृत भइसकेका आवेदन समेत लगानीकर्ताले चाहेमा रद्द गर्न वा लगानी थपघट गर्न सक्ने व्यवस्था गरिदिएको छ।

अब लगानिकर्ताले रकम फिर्ता गर्न चाहेमा खाता रहेको बैंकलाई फोन गरेर वा आँफै बैंकमा गएर आफ्नो होल्ड भएको रकम खुल्ला गर्न भन्नु पर्ने छ ।

हालसम्म ३ अर्ब ६१ करोड रकम स्वीकृत भएर होल्ड भएर बसेको छ ।

लगानीकर्ताले लगानी परिवर्तन गर्न वा झिक्न भने आफ्नो रकम रहेको बैंकलाई जानकारी गराउनु पर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए।

बैंक आँफैले रकम फिर्ता गरिदिदैन । त्यसका लागि लगानीकर्ताले बैंकलाई आग्रह गर्नुपर्नेछ । ईडिट गर्न चाहेमा बैंकले खुला गरिदिएपछि मात्रै ‘मेरो सेयर’ एप्लिकेशनमा गएर गर्न सक्छन्।

‘लगानीकर्ताले अहिले नै आफैँले मेरो सेयर खातामा गएर आवेदन संशोधन गर्न मिल्दैन, त्योभन्दा अघि आफ्नो रकम रहेको बैंकलाई रकम खुला गर्न भन्नुपर्छ। त्यसपछि भने आफैँले संशोधन गर्न सक्छन्।’

बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले लगानीकर्तालाई यस्तो संशोधनको लागि तीन दिनको समय दिन समेत भनेको छ।

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्वीकार्य हुँदैन : एमाले

0

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति बुधबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै बिरोध जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेका छन् ।

नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमार्फत भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्‍याए । ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नुभएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानुभयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनुभयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नुभयो । एउटा भारतीय नागरिक, यहाँ व्यापार, बिजनेस गर्ने हिसाबले बसेको नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ । र, भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ । यो हाम्रो देशका लागि शिर निहुँर्‍याउने विषय भएको छ‚’ उनले भने ।

प्रधानमन्त्री आफैंले यो कुरा अभिव्यक्त गर्दा आफूहरू लज्जित भएको उनले बताए । ‘हामीलाई लज्जाबोध भएको छ । हामी कुन देशका नागरिक हौं ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदाखेरि यो देशका सार्वभौमसत्ता सम्पन्न संसद्‌ले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ? भन्ने कुरा आम नेपाली जनताले कौतुहलतापूर्वक सोचिरहेको छ । त्यसले गर्दा हाम्रो पार्टी नेकपा एमालेले यसलाई गम्भीर रुपमा लिएको छ‚’ नेता दाहालले भने‚ ‘यसरी कोही भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनुभएको छ । उहाँले राजीनामा दिनुपर्छ । उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन‚ हक छैन । जब उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्वीकार्य छैन ।’

देशको नियम‚ कानुनअनुसार प्रक्रियागत रुपमा प्रधानमन्त्री बन्नुपर्नेमा यो देखाउने कुरा मात्रै रहेछ भन्ने प्रधानमन्त्री आफैंले पुष्टि गरेको भन्दै उनले भने‚ ‘यहाँ गणितको कुरा त देखाउने कुरामात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसैले प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म हामी यो बैठक अवरुद्ध गर्छौं ।’

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयंले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए ।

संसद्‍मा दाहालको चौतर्फी विरोध- रघुजी भन्छन प्रधानमन्त्री भन्न नै लाज लाग्ने भयो

0

बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगायतका दलहरूले संसद्‍मा आपत्ति जनाएका छन् ।
एमाले नेता रघुजि पन्तले प्रचन्डलाई प्रधानमन्त्री भन्न आफुलाई लाज लागेको बताएका छन ।

एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोएको भन्दै उनले देशको गरिमा मेटेको टिप्पणी गरे । ‘सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै !,’ सांसद पन्तले भने, ‘नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?’

केही दिनअघि भारतीय प्रितम सिंहका विषयमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा दाहालको कडा विरोध भएको हो ।

सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका थिए । यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताएका थिए ।

राजनीतिक वृत्तमा प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भनेसी चौतफी बिरोध जारी छ ।

पन्तले संसद्‍ बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद्‍ बैठक अवरुद्ध भयो ।

बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध गरिएको हो ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए ।

दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाएका थिए । त्यसपछी सबै साम्सद उठेर बिरोध गरेसी बैठक रोकिएको थियो ।

घोराही सिमेन्टको आइपिओ फेरि खुला हुने, लगानीकर्ताले रकम झिक्न वा थपघट गर्न मिल्ने

धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओ पुनः खोल्न सकिने व्यवस्था गरिदिएको छ।

पहिला आबेदन दिएकाहरुले आफ्नो पैसा झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने भएका छन ।

त्यसपछी सात दिन समय आइपिओको लागि म्याद थपिएको छ ।

बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ।

बोर्डले कम्पनीको आइपिओमा आफ्नो खातामा भएकोभन्दा धेरै रकमको आवेदन हालेकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ।

बोर्डले अनुसन्धानका लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।

हाललाई आइपिओ खुला गरेपनी अनुसन्धान जारी रहेको जनाएको छ ।

कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो।

कम्पनीको रेटिङ गरेको केयर रेटिङ र सेयर प्रत्याभूतिकर्ताको रुपमा रहेको नागरिक लगानी कोषमाथि पनि धितोपत्र बोर्डले अनुसन्धान अगाडि बढाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहे पनि सेयर प्रत्याभूतिकर्ताको काम नागरिक लगानी कोषले गरेको थियो ।

३९ अङ्कले घट्यो सेयर बजार, दुई कम्पनिको नेगटिभ सर्किट

0

आज सेयर बजार ३९ अङ्कले घटेको छ । आज १।८८ प्रतिसतले घटेर २०४९ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ३ अर्ब ७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १४ कम्पनिको मुल्य बढेको छ भने २०८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै २ कम्पनिको मुल्य घटबढ भएको छैन ।
आज सिटी होटल र रावा ईनर्जी डिभलोपमेन्ट लिमिटेडले सर्किट हानेका छन भने बिपीडब्लु लघुबित्त र मोदी ईनर्जीले नेगटिभ सर्किट हानेर सर्बाधिक गुमाएका छन ।
आज सिभम सिमेन्ट, हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

महानगरले ६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र पठायो

काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुलाई कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । ति सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै महानगरमा उजुरी दिएपछी सोही उजुरिको आधारमा महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो ।

महानगरको सहकारी विभागका अनुसार २०७२ र ०७४ सालमा १/१ वटा, ०७५ सालमा दुई वटा, ०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र ०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र काटिएको थियो । त्यसयता भने सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ ।

महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको महानगरले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ । त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।

हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्थाहरुले ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

संख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरुले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो । त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरुले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसंकल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।

प्रहरीमा कारबाहीका लागि उजुरी परेको ६८ सहकारी संस्था बाहेक अन्य करिब १५० वटा सहकारी संस्था समस्याग्रस्त रहेको महानगरले जनाएको छ ।

महानगरले प्रहरीलाई पत्र नकाटेको १५० जति सहकारी संस्था समस्यामा छन् । बचतकर्तालाई रकम फिर्ता गर्छु भन्दै ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा रहेकाले कारबाहिका लागि पत्र काटिएको छैन ।

सुनचाँदी बजारः चार दिनमा सुन तोलामा एक हजार बढ्यो

0

सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ।

बुधबारका लागि सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख १० हजार ४ सय थियो।

यो साताको चौथो दिनमा आइपुग्दा सुनको कारोबार मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको १ लाख ९ हजार ६ सय थियो।

वैदेशिक रोजगारीमा जान यो वर्ष साढे ७ लाखले लिए श्रम स्वीकृति, बन्यो नयाँ रेकर्ड

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या यो आर्थिक वर्षमा ठूलो संख्याले बढेको छ। 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४० हजार रहेको छ। अघिल्लो आर्थिक वर्षभर झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। 

विभागले आर्थिक वर्ष २०५०–५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो। नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ। चालु आर्थिक वर्ष झन्डै साढे ७ लाखजनाले श्रम स्वीकृति लिएका हुन्।

वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन्।

श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए। उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना गएको देखिन्छ। यसमध्ये युरोप जानेको संख्या धेरै छ। 

चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४७८ युवाले श्रम स्वीकृति लिएका थिए। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। 

गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए। वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४५७ जना रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ।

असार महिनामा पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार ४४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन्। पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।

– RSS

राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए पौने २९ अर्बको आवेदन

0

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट तान्न २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी २८ अर्ब ८० करोड रुपैयाँको आवेदन दिएका छन्।

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको छ। राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिचेको हो।

बोलकबोलमार्फत यो रिभर्स रिपोको भारित औसत ब्याजदर ५.०५९१ प्रतिशत कायम भएको छ। अर्थात् अधिकतम ५.३७ देखि न्यूनतम ४.४९ प्रतिशत ब्याजदर कायम भएको छ।