Home Blog Page 250

प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएका हौं,सभामुखको होइन : मुख्यमन्त्री थापा

0

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएका छन् । उनले सभामुखको समर्थन नलीएको बताए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेतको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, उनले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’

सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् ।

उनले प्रदेशको संरचनाभित्र रहेर सरकार विस्तार लगायतको काम गर्ने र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।

सिटी,रावा,अप्परको पोसिटिभ सर्किट मोदिको नेगटिभ सर्किट

0

आज सेयर बजार ०.०६ अङ्कले घटेको छ । आज २०४९ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ३ अर्ब ७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज ९० कम्पनिको मुल्य बढेको छ भने १२७ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ८ कम्पनिको मुल्य घटबढ भएको छैन ।

आज सिटी होटल र रावा ईनर्जी डिभलोपमेन्ट लिमिटेड,अप्पर तामाकोसी ,जोशी हाइड्रोपावरले सर्किट लेभलमा कारोबार गरेका छन भने मोदी ईनर्जीले नेगटिभ सर्किट हानेर सर्बाधिक गुमाएका छन ।

आज सिभम सिमेन्ट, हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल, सिटी होटेल, प्रभु बैंक प्रमोटर लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १०% ब्याजमा रु. ४.०४ अर्बको ऋणपत्र आउँदै

0

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।

१० प्रतिसत वार्षिक ब्याजदरमा १० बर्षका लागी यो ॠणपत्र जारी हुनेछ ।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन्च–२०९०’नामक ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र बिक्री गर्नेछ।

बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

कोशीमा उद्धव थापाले साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने

0

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए ।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन ।

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

0

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

सत्ता गठबन्धनले भन्यो : प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन

0

सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा दिनु नपर्ने ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दए ।

‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ उनले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।’

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

यही भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद बैठक अवरुद्ध गरिरहेको छ ।

मार्क जुकरबर्गको सोसल मिडिया ‘थ्रेड्स’ लन्च, युजरको संख्या ४ घन्टामै ५० लाख नाघ्यो

0

 सोसल मिडिया फर्म मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार नयाँ माइक्रो ब्लगिङ साइट ‘थ्रेड्स’ लन्च गरेका छन्। यसलाई ट्विटरको प्रतिस्पर्धी मानिएको छ। 

कतिपय प्रयोगकर्ताले यसलाई ‘ट्विटर किलर’ नाम पनि दिएका छन्। ट्विटरका विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता छन्।

मेटाका सीईओ मार्क जुकरबर्गले मात्र दुई घन्टामा २० लाख मानिस थ्रेडमा सामेल भएको बताए। ४ घन्टापछि यसको संख्या बढेर ५० लाख नाघेको छ। यो भर्खरै १०० देशमा लन्च गरिएको छ। नियामकको चिन्ताका कारण यो युरोपेली संघमा सुरु भएको छैन।

ट्विटर जस्तै यो पनि टेक्स्ट बेस्ड प्लेटफर्म हो। प्रयोगकर्ताले यसमा ५०० अक्षर लामो थ्रेड पोस्ट पोस्ट गर्न सक्छन्। यसमा लिंक, फोटो र भिडियो पनि सेअर गर्न सकिन्छ। भिडियो ५ मिनेटसम्म पोस्ट गर्न सकिन्छ। –एजेन्सी

आई.एम.ई. लाइफ इन्स्योरेन्सको आइपिओमा आजबाट आवेदन दिन सकिने

0

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २१ गतेबाट सर्वसाधारणमा आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। इन्स्योरेन्सले प्रति शेयर अंकित मुल्य रु १०० दरमा प्रिमियम बापत रु १३६.९१ थप गरी जम्मा मुल्य रु २३६.९१ मा १ करोड २० लाख कित्ता साधारण शेयर प्राथमिक निष्काशन गर्न लागेको छ।

कम्पनीले आफ्नो जारी पूंजी रु.४ अर्बको ३० प्रतिशतले हुन आउने रकम रु एक अर्ब २० करोड मात्र) बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/- दरमा प्रिमियम वापत रु.१३६.९१ थप गरी प्रिमियम मूल्य सहित जम्मा मूल्य रु. २३६.९१ मा १,२०,००,००० कित्ता साधारण शेयरको दश प्रतिशत (१०%) अर्थात १२,००,००० (अक्षरुपी बाह्र लाख मात्र) कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरेको, पांच प्रतिशत (५%) अर्थात ६,००,००० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याई र पाँच प्रतिशत (५%) अर्थात ६,००,००० (छ लाख मात्र) कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि प्रति शेयर अंकित मूल्य रु १००- दरमा सुरक्षित गरी बाँकी रहने ९६,००,०० किता शेयरहरुको प्रिमियम मुल्यमा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

आई.एम.ई. लाइफ इन्स्योरेन्सको आइपिओ असार २५ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन श्रावण ०४ गतेसम्म लम्बिने छ।

एसईईको नतिजा आज साँझ आउने

0

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।

सवारी लाइसेन्सको राजस्व अब अनलाइनबाटै तिर्न सकिने

0

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने भएको छ।

सरकारले सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने प्रणाली ल्याएको हो। यो प्रणालीको बुधबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका छन्।

हाललाई परीक्षणका रुपमा यो सेवाको गण्डकी प्रदेशबाट सुरुआत गरिएको छ। यो सेवालाई केही हप्ताभित्रै देशभरका यातायात व्यवस्था कार्यालयहरुका विस्तार गरिने मन्त्रालयले जनाएको छ।

अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अब अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्नेछन् । यो सेवाको सुरुआतसँगै अब सवारी लाइसेन्सको राजस्व तिर्न यातायात व्यवस्था कार्यालयहरुमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अब घरमै बसेर राजस्व तिर्न मिल्ने अवस्था बनाउन सेवाको सुरुआत गरिएको मन्त्री ज्वालाले बताए। ‘यसले विचौलियालाई हटाउन पनि सहयोग पुग्नेछ’, उनले भने।

अब सवारी लाइसेन्स लिन लिखित परीक्षा, बायोमेट्रिक र ट्रायलका लागिमात्रै सेवाग्राहीहरु भौतिक रुपमा उपस्थित भए पुग्नेछ।