Home Blog Page 247

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

0

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकिएकाे छ ।

५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता सेयरका लागि आईपीओ निष्काशन हुन लागेको हो।

यो आइपिओमा न्यूनतम -१० कित्ता देखी अधिकतम -१००० कित्तासम्म आबेदन दिन सकिनेछ ।

यसमा छिटोमा असार २९ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरे भने ढिलोमा साउन ९ गतेसम्म आबेदन दिन सकिनेछ ।

सामान्य अङ्कले घट्यो सेयर बजार

0

आज बजार सामान्य अङ्कले घटेको छ । आज ३. ४५ अङ्कले बढ्दै बजार २०७४ अङ्कमा बन्द भएको छ ।

३ अर्ब उनानसी करोड भन्दा बढीको कारोबार भएको छ ।

आज १०१ कम्पनिको मुल्य बढेको छ भने ११२ कम्पनिको मुल्य घटेको छ । त्य्सतै ११ कम्पनिको मुल्य पारीबर्तन भएको छैन ।

रावा ईनर्जी डिभलप्मेन्टको सर्किट लेभलमा कारोबार भएको गुहेस्वरी फाइनान्स ,स्वेत गंगा हाइड्रो , अरुण काभेली हाइड्रो लगायतका कम्पनिले सर्बाधिक कमाएका छन भने हिमालयन हाइड्रो ,सिटी होटल , सुपर माइ हाइड्रो आदिले सर्बाधिक गुमाएका छन ।

देशभरका सरकारी खाता एक सातासम्म भुक्तानी नहुनेगरी रोक्का

0

 देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। 

महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गए राति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। उनका अनुसार गएरातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।  

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन्। तर कानुनअनुसार सोमबारदेखि नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए।

– RSS

देशको शोधनान्तर स्थिति २२९ अर्बले बचतमा

0

नेपालको शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ । वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

विदेशी विनिमय सञ्चिति झण्डै १५ खर्ब पुग्यो

0

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवस्था बाह्य क्षेत्र व्यवस्थापनमा ‘सहज’ मानिन्छ ।

६९.४ अर्बले घाटामा देशको चालु खाता

करिब साढे ६९ अर्ब रुपैयाँले देशको चालु खाता घाटामा रहेको देखिएको छ।

आज चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ।

शोधनान्तर स्थिति रु.२ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।

आईएमई लाइफको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

असार २१ देखि खुला भएको आईएमई लाइफ इन्स्योरेन्सले निष्काशन तथा बिक्रीको आईपीओमा आबेदन आज पाच बजे सम्म मात्र दिन सकिनेछ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

यो आईपीओमा आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

इमर्जिङ एसिया बैंकिङ अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो

0

शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।

भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । सो अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएका थिए । इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको हो।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्ल्यूसी) अवार्ड छनौटको निर्णायकमा थियो।

स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए। ‘यससबाट बैंकको उचाइ थप माथि पुगेको छ’, उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी र सेवाग्राही सबैको योगदान र साथ रहेको छ।’

बैंकले गत वर्ष न्यु बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो।

बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाले हाल बैंक देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

राष्ट्र बैंक आज रु. २७.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै , बोलकबोल आजै हुने

२७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले आज नवीकरण गर्ने भएको छ।

आज असार २५ गते नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने निर्णय गरेको हो। केन्द्रीय बैंकले असार २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ।

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ २८ दिनका लागि ,८ अर्ब रुपैयाँ ९१ दिनका लागि , ६ अर्ब रुपैयाँ १८२ दिनका लागि र ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँ ३६४ दिनका लागि यि ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन २३ गते, असोज २३ गते, पुस २४ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन्।

अनलाइनका माध्यमबाट आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

ज्याक माको कम्पनीमाथि चिनियाँ सरकारले लगायो करिब १ अर्ब डलर जरिवाना

0

चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ। 

यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश पनि चीन सरकारले दिएको छ। 

यो कारबाहीपछि एन्ट ग्रुपले २०२० बाट आफ्नो व्यवसायमा निरन्तर सुधार भइरहेको र सबै नियम पूर्ण गम्भीरता र इमान्दारीका साथ पालना गर्ने जनाएको छ। 

चिनियाँ अधिकारीहरुले अब टेक कम्पनीहरुमाथिको नियन्त्रणमा छुट दिने तयारी गरिरहेको बताएका छन्। एन्ट ग्रुपमाथि कारबाही २०२० मा चिनियाँ सरकारले सुरु गरेको थियो। जसमा यसको सहायक कम्पनी अलिबाबालाई २.८ अर्ब डलरको एन्टी–ट्रस्ट जरिवाना लगाइएको छ। सवारी ह्यान्डलिङ एप दिदीलाई १.२ अर्ब डलर जरिवाना पनि लगाइएको थियो।

एन्ट विश्वको सबैभन्दा ठूलो फाइनान्सियल टेक्नोलोजी कम्पनी हो। यो २०१४ मा स्थापित भएको थियो। चिनियाँ नियामकले नोभेम्बर २०२० मा एन्टको आईपीओलाई रोकेको थियो। यो विश्वको सबैभन्दा ठूलो आईपीओ थियो। हङकङ र सांघाई बजारका लगानीकर्ताबाट करिब ३४ अर्ब डलर जुटाएको थियो।

एन्ट ग्रुपका संस्थापक ज्याक माले २०२० मा चिनियाँ नियामकहरुको आलोचना गरेका थिए। त्यसयता चीन सरकारले उनका कम्पनीविरुद्ध कारबाही गरिरहेको छ। यसबीच ज्याक मा लामो समयसम्म गायब भएका थिए। 

यसअघि पनि चिनियाँ सरकारको आलोचना गर्दा धेरै व्यापारी बेपत्ता भएका थिए। –एजेन्सी