Home Blog Page 248

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पायो

0

नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। 

राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। 

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। 

यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए। 

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराईको नियुक्तिलाई बीमा प्राधिकरणको स्वीकृति

0

नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई स्वीकृति दिएको छ। 

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ। दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ  ३ गते अन्तिम सहमति भएको थियो। 

हकप्रद शेयर निष्काशनका लागि सिनर्जी पावरले तोक्यो बुक क्लोज मिति

0

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले हकप्रद शेयर निष्काशनका लागि साउन १२ गते बुक क्लोज मिति तय गरेको छ । त्यसैले साउन ११ गतेसम्म कारोबार गरि कायम हुने सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

कम्पनीले चुक्तापुँजी ८० करोड ६५ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ।सिनर्जी पावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

कोशी प्रदेसमा गठबन्धनबीच खटपट, एकीकृत समाजवादी बहिस्कार गर्दै

0

सत्ता गठबन्धनभित्र कोशी प्रदेशका मुख्यमन्त्रीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा खटपट सुरू भएको छ।

गठबन्धन घटक एकीकृत समाजवादीले मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ।

उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको हो ।

सुरूआतमा गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो।

आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले जानकारी दिए।

२ दर्जन कम्पनीलाई कालो सूचीमा राखिने

0

सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।

अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यदि यो समयावधिमा पनि स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्ने

0

माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गर्ने भएका छन्।

आज नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने उनी प्रधानमन्त्री प्रचण्डका ज्वाइँ हुन्। बिहान ९ बजेपछि उनको शपथ हुने बताइएको छ। उनी आर्थिक मामिलामन्त्री बन्ने भएका छन्।

शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

तरकारीको भाउ एक्कासी आकासियो,सय रुपैयाँ किलो मुनी छैन केही

0

काठमाडौंमा तरकारीको भाउ वर्षायाम सुरु भएसँगै अचाक्ली बढेको छ। निरन्तरको वर्षाका कारण आपूर्तिमा कमी भएपछि मूल्य छोइनसक्नु भएको हो।

तरकारी व्यवसायी अनुसार हाल खुद्रा बजारमा उपलब्ध हुने अधिकांश तरकारीको मूल्य किलोमा सय रुपैयाँभन्दा कम छैन।

अहिले खुद्रा बजारमा काउली प्रतिकिलो एक सय १० रुपैयाँ, सिमी किलोको एक सय ६० रुपैयाँ, गाजर किलोको १२० रुपैयाँ, काँक्रो १२० रुपैयाँ, परबल किलोको ११० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, उपभोक्ताले लौका प्रतिकिलो एक सय ३० रुपैयाँ, बोडी किलोको एक सय ६० रुपैयाँ, भिन्डी किलोको एक सय ४० रुपैयाँ, तिरेर किनिरहेका छन्। करेला, राजमा र भेडे खुर्सानीको मूल्य पनि १२० रुपैयाँ पुगेको छ।

पछिल्लो दुई सातामा तरकारीको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको तरकारी व्यापारीहरु बताउँछन्। बर्खा लागेसङ्गै आपुर्ती कम हुदा मुल्य बृदि भएको हो ।

पहिला १० ट्रक आउने सामान अहिले ३ ट्रक आउछ , यत्तिकै पनि माग बढी भएसी मुल्य आकासिएको हो एकजना तरकारी ब्यापारी बताउछन ।

प्रिमियममा भगवती हाइड्रोपारको आईपीओ बिक्री खुल्यो

0

असार २४ गतेबाट प्रिमियममा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साउन ७ गतेसम्म आबेदन दिन सकिनेछ ।

यसैगरी जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ।

स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

असार २३, २४, ३० र ३१ गते बैंक तथा क्लियरिङ हाउस रातिसम्म खुल्ला हुने

0

बैंक तथा वित्तीय संस्था चालु आर्थिक वर्षको अन्तिम महिना असारका अबका सार्वजनिक विदाका दिनमा समेत खुल्ला हुने भएका छन् ।

असार २४ गते(शनिवार), २३ गते(शुक्रबार)र असार ३० गते(शनिवार)को दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते(आइतबार) बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर(इएफटी)को फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गर्न नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

राजश्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम लागि यो अवधिमा नेपाल क्लियरिङ हाउसको सेवा पनि खुल्लै राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

प्रतिसेयर आम्दानी भनेको कम्पनिको नेट फाईदालाई कम्पनिको सेयर सङ्ख्याले भाग गर्दा निस्किन्छ ।
ईपियसले कम्पनिले प्रती सेयर कती नाफा सिर्जना गरिरहेको छ भन्ने देखाउछ ।

उच्च ईपियसले प्रती सेयरको आधारमा धेरै नाफा आर्जन गर्ने कम्पनी भनेर सङ्केत गर्छ । यसले कम्पनिको श्रोत साधानको सदुपयोग राम्ररी गरेको दर्साउछ । समयसङै सधैं एकनासले प्रतिसेयर आम्दानी बढीरहेको छ भने लगानिकर्ताले सकारात्मक रुपमा लिने गर्दछन किनकी यसले आर्थीक ब्रीद्धी र स्थायित्व दर्साउछ । ईपियस उच्च भएका कम्पनिले दिर्घकालमा उच्च प्रतिफल दिन सक्छन

यद्दपी प्रती सेयर आम्दानिले मात्र कम्पनिको सबै कुरा दर्साउदैन । कम्पनिको ॠण अनुपात, आम्दानिमा हुने ब्रिद्धी ,उधोगको अवस्था आदी तत्वलाई पनि लगानी गर्नु अघी ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिसेयर आम्दानी (ईपीयस) ३० भन्दा माथि भएका कम्पनिहरु
१. आत्मनिर्भर लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ९५.१६ रहेको छ । यसको अर्थ १०० लगानीमामा ९५.१६ आम्दानी गरेको छ ।
२. बोट्लर्स नेपाल बालाजु लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी २९७.९ रहेको छ । यसको अर्थ १०० लगानीमाको लगानीमा २९७.९ आम्दानी गरेको छ ।
३. बोट्लर्स नेपाल तराइ लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९६.८२ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९६.८२ आम्दानी गरेको छ ।
४ छिमेक लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४१.३ रहेको छ । यसको अर्थ १००को लगानीमा ४१.३ आम्दानी गरेको छ ।
५ एभरेस्ट बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३०.६६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३०.६६ आम्दानी गरेको छ ।
६ . हिमालयन डिस्टिलरी कम्पनी लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३१.६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३१.६ आम्दानी गरेको छ ।
7 . जिबन बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३७.४ रहेको छ । यसको अर्थ १००को लगानीमा ३७.४ आम्दानी गरेको छ ।
८. महिला लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३२.०८ रहेको छ । यसको अर्थ १००को लगानीमा ३२.०८ आम्दानी गरेको छ ।
९. नेस्डो सम्रिद्दी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ७६.५९ रहेको छ । यसको अर्थ १००को लगानीमा ७६.५९ आम्दानी गरेको छ ।
१०. एनआइसि एसिया बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४६.१६ रहेको छ । यसको अर्थ १००को लगानीमा ४६.१६ आम्दानी गरेको छ ।
११. नेसनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४६.०७ रहेको छ । यसको अर्थ १००को लगानीमा ४६.०७ आम्दानी गरेको छ ।
१२. नेपाल दुरसन्चार कम्पनी लिमिटेड
यो कम्पनी अन्य समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९.९८ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९.९८ आम्दानी गरेको छ ।
१३. राष्ट्रिय बिमा कम्पनी लिमिटेड
यो कम्पनी बिमा समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३४२.४ रहेको छ । यसको अर्थ १००को लगानीमा ३४२.४ आम्दानी गरेको छ ।
१४. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३६.८१ रहेको छ । यसको अर्थ १००को लगानीमा ३६.८१ आम्दानी गरेको छ ।
१५. सिद्धार्थ इन्सुरेन्स लिमिटेड
यो कम्पनी बिमा समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३७.१६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३७.१६ आम्दानी गरेको छ ।
१७. साना किसान बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी उलघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९.६३ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९.६३ आम्दानी गरेको छ ।
१८. युनिलिभर नेपाल लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ५३८.२ रहेको छ । यसको अर्थ १००को लगानीमा ५३८.२ आम्दानी गरेको छ ।

लगानी गर्दा कम्पनिको मुल्य हेर्न नभुल्नु होला । यि कम्पनिहरु उचित मुल्यमा वा फेयर भ्यालुमा पाउनु भयो भने अध्ययन गरेर लगानी गर्न सक्नु हुन्छ । उच्च मुल्यमा भने लगानी नगर्नु होला ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी गर्नु अघी अध्ययन अनुसन्धान गर्नुहोला ।