Home Blog Page 240

सिडी रेसियो ८१.६९ , अन्तर बैंक ब्याजदर ०.९० प्रतिसत

0

बैंकिङ प्रणालिमा हाल अधिक तरलता देखिएको छ । केही समय अघीसम्म तरलताको अभाब रहेको बजारमा अहिले तरलताको अवस्था धेरै सुधारिएको छ । यसको कारण अन्तर बैंक ब्याजदर समेत घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे पछिल्लाे तथ्याङ्क अनुसार सीडी रेसियो ८१.६९ प्रतिशतमा झरेकाे छ ।

अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेकाे छ साथै बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २६ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ छ ।

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

0

बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।

साउनबाट ब्याज ९ प्रतिसत हुन सक्ने,निक्षेपको ब्याजदरमा रहेको कार्टेलिङ हट्यो

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा रहेको कार्टेलिङ हटेको छ । हाल बैंकर्सले ब्याजदर घोषणा गरेर त्यसलाई सबैले लागु गर्दै आएका थिए ।

बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय भएको छ ।
श्रावण १ गतेबाट बैंकहरुले कर्जाको ब्याजदर आँफै घोषणा गर्न सक्ने छन तर त्यसो गर्दा राष्ट्र बैंकको निर्देसनको पारीधिभित्र रहनु पर्ने छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरकाे १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेकाे छ ।

अहिले बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिदै आएको ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले ब्याजदर तोक्ने छन ।

अब बैंकको ब्याज ९ प्रतिसत हुन सक्ने देखिएको छ किनकी अधिक तरलताको अवस्थामा बैंकले ब्याजदर बढाउने कुचेस्टा गर्ने छैनन । संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भनदा २ प्रतिशत बिन्दुले ब्याजदर कम कायम गर्नुपर्छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने निर्देशन राष्ट्र बैंकको छ ।

बैंकहरुसँग करिब १ खर्ब अधिक तरलता रहेको र लगानीयोग्य फण्ड करिब ४ खर्ब रहेको छ ।

सहकारीका बचतकर्ताले एक बर्षभित्र पैसा फिर्ता पाउने, संचालकले रकम हिनामिना गरेको भए निजको सम्पत्ति बेचेर असुल उपर गरिने

सहकारीका बचतकर्ताको रकम एक बर्षभित्र फिर्ता दीईने भएको छ ।सहकारीको समस्या समाधान गर्न सरकारले बनाएको कार्यदलले २०८१ असार मसान्तभित्र बचत फिर्ता माग्नेलाई फिर्ता दिने लगाउने गरी प्रतिबेदन तयार पारेको छ ।

यदी कुनै सहकारीले तोकिएको समयमा बचत फिर्ता गर्न नसके संचालक तथा ब्यबस्थापकलाई पक्राउ गरी दुरुपायोग भएको रकम कानुन अनुसार असुल उपर गर्न सिआइबीलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

यदी संचालक र ब्यबस्थापकले रकम हिनामिना गरेको रहेछ भने संचालक तथा ब्यबस्थापकको नाममा भएको सम्पत्ति बेचेर पनि असुल उपर गर्न उक्त कार्यदलले सिफारिस गरेको छ ।

हाल संचालक र लेखा समितिमा रहेका सदस्यहरु मध्ये ४९ प्रतिसत सदस्यले ॠण लिन पाउने ब्यबस्था रहेकोमा आगामी दिनमा त्यसलाई घटाएर २० प्रतिसतले मात्र ॠण लिन पाउने ब्यबस्था गर्नुपर्ने प्रतिबेदन तयार पारेको छ ।कार्यदलले एैनमा भएको ब्यबस्था अनुसार कर्जा तथा बचत सुरक्षण कोषमार्फत बचतको सुरक्षण गर्ने ब्यबस्था मिलाउन पनि सिफारिस गरेको छ ।

कुमारी बैंक बिरुद्दको मुद्दा दुर्गा प्रसाइले जिते , तत्काल ॠण तिर्नु नपर्ने

0

कुमारी बैंक बिरुद्दको मुद्दा दुर्गा प्रसाइले जितेका छन । उच्च अदालत बिराटनगरमा दाँयर भएको मुद्दामा दुर्गा प्रसाइको जित भएको हो । यो जितसङै उनले कुमारी बैंकलाई तत्काल ॠण तिर्नु नपर्ने भएको छ ।

ॠण तिर्न ताकेता गर्दै बैंकले पत्र लेखेपछी सो पत्र कार्वान्वयन नगराउन प्रसाइले दाँयर गरेको मुद्दामा अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
न्यायधिस लोलित चन्द्र शाह र सोमकान्त मैनालिको संयुक्त ईजालसले प्रसाइले बिएण्डसी हस्पिटल र क्यान्सर हस्पिटलका नाममा ॠण तत्काल असुली नगर्न आदेश दिएको हो ।

बैंकले लामो समयका दिएको ॠण तत्काल चुक्ता गर्नु भनेर पत्र काटेको थियो । साथै ॠण तत्काल नतिरे आवश्यक प्रकृया अपनाएर असुल गरिनेछ भनेपछी दुर्गा प्रसाइ अदालत गएका थिए । बैंकले ॠण लिदा भएको सर्त बिपरित चाडै रकम असुल्न प्रयत्न गरेको थियो ।

भद्र सहमति तोडेर ब्याजदर घटाउने तयारी ,भोलि बैंकर्सबिच छलफल हुदै

बैंकिङ प्रणालीमा अधिक तरलता भएर लगानिमा कम हुन थालेसी बैंकरहरुले ब्याजदरको भद्र सहमति हटाउन लागेका छन् । १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर लगायतका विषयमा छलफल गर्न नेपाल बैंकर्स संघले बिहीबार बिहान संघको पूर्ण बैठक बोलाएक छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले तरलता खिच्नुपर्ने अवस्था आएसी ब्याजदर खुला छोडिनुपर्ने माग हुन थालेको छ ।

बैंकरले ब्याजदरको भद्र सहमति खारेज गरेपनि राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको उच्च ब्याजदरको औसत निकाले त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घट्बढ गर्नसक्ने व्यवस्था गरेको छ । अहिले सबै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिंदै आएकोले १ साउनदेखि लागु हुने ब्याजदरमा बैंकरले ९.९९ को १० प्रतिशतले मात्रै ब्याजदर घटाउन सकनेछन् । बढाउँदा पनि सोही अनुपातमा बढ्नेछ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमाको तयारी राष्ट्र बैंकले गरिरहेको छ । जेठ मसान्तको तथ्यांकमा मुद्रास्फीति चालु आर्थिक वर्षको मौद्रिक नीतिको लक्षित सीमाभित्र आएको र शोधनान्तर बचत उल्लेख्य रुपमा बढ्नुको साथै विदेशी विनियम सञ्चिति पनि सहज अवस्थामा छ ।

राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाउन सक्ने विश्लेषणका आधारमा बैंकहरु पनि ब्याजदर घटाउनुपर्ने पक्षमा देखिन्छ ।

राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

0

कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।उनीहरु अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका थिए ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको छ ।

बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

२५ अङकले बढ्यो सेयर बजार , अब के होला – प्राबिधिक बिस्लेषण

आज बजार २५.३१ अङ्क बढेको छ । आज बजार १.२२ प्रतिसतले बढेर २०९७.९को बिन्दुमा बन्द भएको छ

आज १८५ कम्पनिको मुल्य बढेको छ भने ३८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै १ कम्पनिको मुल्य यथावत रहेको छ ।

३ अर्ब १८ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको मध्य रेखालाई सपोर्ट बनाएर फर्किन खोजेको देख्न सकिन्छ । यदी भोली पनि नेप्सेले बोल्लिङर ब्यान्डको मध्य रेखा माथि नै क्लोसिङ भएमा बजार माथि नै जान सक्छ अन्यथा बजार तलतर्फ जान सक्छ ।

एमएसिडिले सेल सिग्नल कायम छ । हिस्टोग्रामहरु छोटा हुन थालेको छन ,यसले बजारमा बुलिस क्रस हुन सक्ने इङ्गित गर्छ ।

आरएसआइ ५८.७ को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ५२ पुगेर अहिले ५८.७को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

बजारले फिबोनासीको ०.३८ लाई सपोर्ट बनाएर माथि फर्किन खोजेको जस्तो देखिन्छ । जुन इलियट वेभ अनुसार वेब ४ को करेक्सनको प्रोपर्टी हो । यध्यपी यसको कन्फर्मेसन भईसकेको छैन ।

पिभोट पोइन्ट अनुसार बजार बढेमा पहिलो रेसिस्टेन्स २२९२ मा छ भए दोश्रो रेसिस्टेन्स २४३३ मा छ । पिभोट पोइन्ट २०६४ तिर देखिन्छ भने बजार घटेमा पहिलो सपोर्ट १९२२ दोश्रो सपोर्ट १६९६ मा देखिन्छ ।

समग्रमा हेर्दा बजार २२०० सम्म बढ्न सक्ने देखिन्छ तर तल या माथि कता जान्छ भनेर प्राबिधिक रुपमा कन्फरमेसन भने आइसकेको देखिदैन ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

२५ अङकले बढ्यो सेयर, तीन कम्पनिको पोसिटिभ सर्किट

0

आज बजार २५.३१ अङ्क बढेको छ । आज बजार १.२२ प्रतिसतले बढेर २०९७.९को बिन्दुमा बन्द भएको छ

आज १८५ कम्पनिको मुल्य बढेको छ भने ३८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै १ कम्पनिको मुल्य यथावत रहेको छ ।

३ अर्ब १८ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।

सर्बाधिक कमाउने कम्पनिमा सिभश्री हाइड्रोपावर, सिवाइसी लघुबित्त , रिभरफल पावर लगायतका कम्पनिको मुल्यमा सर्किट लागेको छ । रावा ईनर्जी ,नेपाल फाइनान्स , सम्रिद्दी फाइनान्स लगायतका कम्पनिको मुल्य घटेको छ ।

आज सिभम सिमेन्ट , हिमालयन लाइफ इन्सुरेन्स , नेपाल टेलिकम , सोल्टी होटेल ,हिमालयन डिस्टिलरी लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

महानगरको मुलढोका अगाडी गुञ्जियो ‘गरिबीको चमेली बोलिदिने कोही छैन…’

0

काठमाडौं महानगरपालिकाको मुलढोका प्रदर्सन भएको छ । साना उद्योगी तथा व्यापारीलाई दुःख दिएको भन्दै अगाडी प्रदर्शन भएको छ । काठमाडौं महानगरको मुलढोका अगाडी ‘गरिबीको चमेली बोलिदिने कोही छैन्…’ भन्दै एक समूहले प्रदर्शन गरेको हो ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन्…’ भन्दै एक समूहले महानगरको मुलढोका अगाडी प्रदर्शन गरेको छ ।

उक्त प्रदर्शनमा स्वतन्त्र युवाहरुको उपस्थिति थियो