Home Blog Page 235

मिटर ब्याजीलाई कारबाही गर्ने सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुन: पारित

0

मिटर ब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको व्यवस्थासहित मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाले पुन: पारित गरेको छ। राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित विधेयक सर्वसम्मतिले पारित गरेको हो।

राष्ट्रिय सभाले यो विधेयक यसअघि नै पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले असार ३१ गते पारित गरेको थियो। राष्ट्रिय सभाबाट यसअघि पारित गर्दा ‘अध्यादेश प्रतिस्थापन विधेयक’ शब्द राखिएकामा प्रतिनिधि सभाबाट पारित गर्दा ‘विधेयक’ मात्रै राखिएको थियो।

राष्ट्रिय सभाले अध्यादेशको प्रतिस्थापन विधेयकका रूपमा पठाएकामा प्रतिनिधि सभाबाट अरू विधेयक जस्तै पारित भएर सन्देश आएपछि अध्यक्ष गणेश तिमिल्सिनाले संशोधन स्वीकार गरेर विधेयक अगाडि बढाउन आनाकानी गरेका थिए। उनले यस विषयमा महान्यायाधिवक्तासँग कानुनी परामर्श गर्न लगाएका थिए।

महान्यायाधिवक्ताले प्रतिनिधि सभाबाट विधेयक पारित गर्दा संविधान र कानुन उल्लंघन नभएको राय दिएपछि तिमिल्सिनाले बिहिबार दोस्रो बैठक राखेर संशोधन स्वीकार गरी विधेयक पुन: पारित गराएका हुन्। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि पारित विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनेछ।

अमेरिकाले फेरि बढायो ब्याजदर, विश्व सेयर बजारमा उथलपुथल हुन सक्ने

0

अमेरिकाले फेरि विश्व सेयर बजारमा उथलपुथल हुने कदम चालेको छ। 

निरन्तर बढ्दो महँगीका कारण फेडरल रिजर्भ बैंक (यूएस फेड) ले नीति दर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाएको हो। पछिल्लो वृद्धिपछि अमेरिकामा ब्याजदरको बेन्चमार्क ५.२५ देखि ५.५० प्रतिशतको दायरामा पुगेको छ। यो स्तर २२ वर्षअघि अर्थात सन् २००१ बराबर पुगेको हो। 

यूएस फेडले बुधबार दुई दिने समीक्षा बैठकपछि नीतिगत दर वृद्धिको घोषणा गरेको हो। गत मार्च २०२२ पछि यूएस फेडले हालसम्म सम्पन्न १२ बैठकमध्ये ११ मा बेन्चमार्क ब्याज दर बढाउने कदम चालेको छ। पछिल्लो बैठकपछि फेड रिजर्भले ब्याजदर नबढाउने निर्णय गरे पनि अमेरिकामा फेरि पनि ब्याजदर बढ्न सक्ने विज्ञहरुको अनुमान थियो। 

दुई दिने बैठकमा भएका निर्णयहरुबारे जानकारी दिँदै अमेरिकी फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले अमेरिकाको मुद्रास्फीति पूर्वनिर्धारित २ प्रतिशतभन्दा तल नआएसम्म ब्याजदर बढाउने बताए। अमेरिकामा बेन्चमार्क ब्याज दर रातारात ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको स्तरमा पुगेको छ। नीति दरको यो स्तर अन्तिम पटक २००७ हाउसिङ मार्केट क्र्यास हुनुअघि देखिएको थियो। 

यसअघि सन् २०२३ को मार्च र मे महिनामा पनि बैंकिङ संकटका बीच अमेरिकी संघीय सरकारले ब्याजदर २५ आधार विन्दुले बढाएको थियो। यद्यपि यी दरहरु जुनमा स्थिर राखिएको थियो। 

फेडले जारी गरेको विज्ञप्तिमा फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले अघिल्लो घोषणाअनुसार ट्रेजरी सेक्युरिटीजमा आफ्नो होल्डिङ घटाउन जारी राख्नेछ। तर, अमेरिकामा ब्याजदर बढाउने यो प्रक्रिया निरन्तर जारी रहेको देखिन्छ। –एजेन्सी

काठमाडौं महानगरपालिकाले पार्किङ शुल्क तोक्यो , कस्ता गाडीको कति ?

0

काठमाडौं महानगरपालिका क्षेत्रभित्र विभिन्न किसिमका सवारी साधन पार्किङ शुल्क तोकेको छ । महानगरपालिकाबाट जारी भएको आर्थिक ऐन २०८० मा भएको व्यवस्थाअनुसार पार्किङ शुल्क तोकिएको हो ।

महानगरपालिकाका अनुसार क्षेत्रगत आधारमा दुई किसिमका पार्किङ शुल्क तोकिएका छन् । पहिलो क्षेत्र (क्षेत्र नम्बर १) सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधिको प्रयोग गरी पार्किङ शुल्क तोक्न पाइनेछ ।

क्षेत्र नम्बर १ अन्तर्गतका स्थानमा दुई पांग्रे सवारी पहिलो आधा घण्टा पार्क गर्दा १५ रुपैयाँ, प्रतिघण्टा २५ रुपैयाँ, चार पांग्रे सवारी पहिलो आधा घण्टा ५० रुपैयाँ र चार पांग्रे सवारी प्रतिघण्टा ८० रुपैयाँ लाग्ने महानगरले उल्लेख गरेको छ ।

त्यस्तै, क्षेत्र नम्बर १ मा उल्लेख भएका स्थानबाहेक महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानमा सवारीसाधन पार्किङ गर्दा दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र चार पांग्रेभन्दा बढीका लागि १ सय रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ ।

निजी क्षेत्रबाट निजी घरजग्गामा महानगरपालिकाबाट अनुमति लिएर व्यवसाय दर्ता गरी स:शुल्क पार्किङ व्यवसाय सञ्चालन पनि गर्न सकिने महानगरले जनाएको छ । यस्तो पार्किङको हकमा दुई पांग्रे सवारीलाई पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र पहिलो एक घण्टासम्म २५ रुपैयाँ शुल्क लिन सकिनेछ । त्यस्तै, एक घण्टाभन्दा बढीको हकमा भने हरेक १५ मिनेटका लागि थप ५ रुपैयाँ लाग्नेछ ।

त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित पार्किङमा चार पांग्रेको हकमा आधा घण्टासम्मका लागि ४० रुपैयाँ र पहिलो एक घण्टासम्मका लागि ७५ रुपैयाँ लाग्नेछ । त्यसपछि भने हरेक १५ मिनेटका लागि थप १५ रुपैयाँ लाग्ने छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने पार्किङ व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्मका लागि शतप्रतिशत छुट दिइने छ ।

त्यस्तै, सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिकाले तोक्न सक्ने तथा अपांगता भएका व्यक्तिका लागि कुनै पनि शुल्क लाग्ने छैन ।

निर्धारित शुल्क अनिवार्य रुपमा डिजिटल प्रणालीबाट बिलिङ हुनुपर्ने महानगरपालिकाले जनाएको छ ।

साउन १८ बाट सर्वसाधारणका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर आईपीओ आउँदै

0

यही साउन १८ गतेदेखि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुल्ला गर्ने भएको छ।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । अब बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्कासन बन्द छिटोमा साउन २२ गते र ढिलोमा साउन ३२ गते बैंकिङ समयपछि हुनेछ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरे कारबाही- राष्ट्र बैंकमा उजुरी दिन सकिने

0

गैरकानुनी ढंगले लघुवित्त वित्तीय संस्थाहरुले ऋणीको सम्पत्ति लिलामी गरेको पाइएमा कारबाही गर्ने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकमा उजुरी गर्नु पर्ने छ।

लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुन्नको लागि राष्ट्र बैंकले अलग्गै सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा सोही गुनासो सुनुवाइ डेस्कमा ऋणीहरुले आफ्ना उजुरी वा गुनासो दर्ता गर्न सक्नेछन्।

केन्द्रीय बैंकले एक सूचना जानकारी गर्दै यसबारेमा लघुवित्तका ऋणीहरुलाई समयमै गुनासो दर्ता गर्न भनेको छ । लघुवित्तले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम–व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा गुनासो सुनुवाइ डेस्कमा दर्ता गर्न सकिनेछ।

आफ्ना गुनासा बेलैमा दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

यो डेस्कमा आफ्ना गुनासा पैसा तिर्नु नपर्ने (टोल फ्री) फोन नं. १८१०५००००२२ मार्फत टिकाउन सक्नेछन्। यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा ई–मेल gunaso@nrb.org.np मार्फत वा कार्यालय समयमा राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

महोत्तरीमा फिल्मी शैलीमा दिउँसै बैंक लुट्ने गिरोहका एक जना पक्राउ

0

हतियार देखाएर फिल्मी शैलीमा दिउसै एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् ।

भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन । प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा लुटेराहरुको खोजबिन गरिरहेको प्रहरीले जनाएको छ ।

लुटेरामाथी हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चल्नेछ ।

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने बाणिज्य बैंकहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ ।
हाल १८ बाणिज्य बैंकहरु छन , त्यसमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 बाणिज्य बैंकहरु तल उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.नबिल बैंक

यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.बैंक अफ काठमाडौं (*)
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.९५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. एभरेस्ट बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.६८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १९.११ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. स्ट्यान्डर्ड चार्टर्ड बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १६.५१ प्रतिसत डिभिडेन्ट दिएको छ ।
*बैंक अफ काठमाडौं हाल ग्लोबल आइएमई बैंक सँग मर्जर भएको छ ।

S.noबैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३०
2बैंक अफ काठमाडौं (*)२०.९
3एभरेस्ट बैंक२०.६
4हिमालयन बैंक १९.१
5स्ट्यान्डर्ड चार्टर्ड बैंक१६.५
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1. नबिल बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. राष्ट्रिय बाणिज्य बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3.हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.कृषि बिकास बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. सानीमा बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १७.८९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३८
2राष्ट्रिय बाणिज्य बैंक३३
3हिमालयन बैंक२६
4कृषि बिकास बैंक २१
5सानीमा बैंक१७.८
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

1.नबिल बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३५.२६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. एनआइसी एसिया बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.नेपाल इन्भेस्टमेन्ट बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १८.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.एनएमबी बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १६.२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३५.२
2हिमालयन बैंक२०
3एनआइसी एसिया बैंक२०
4नेपाल इन्भेस्टमेन्ट बैंक१८.५
5एनएमबी बैंक१६.२
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

८ अङ्कले घट्यो सेयर बजार , जाल्पा लघुबित्तले सर्बाधिक गुमायो

0

आज नेप्से ८ अङ्कले बढेको छ । सेयर बजार ०. ३७ प्रतिसतले घटेर २१५६ मा बन्द भएको छ ।

सेयर बजारमा आज ६७ कम्पनिको मुल्य बढेको छ भने १४१ कम्पनिको मुल्य घटेको छ ।

आज नेप्सेमा २ अर्ब ४३ करोड भन्दा माथिको कारोबार भएको छ ।

किसान लघुवित्तको आज पनि सर्वाधिक सेयर मुल्य बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनीलगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

आज सर्बाधिक गुमाउने कम्पनिहरुमा जाल्पा लघुबित्त , युनिलिभर नेपाल ,श्रीजन्सिल लघुबित्त , पिपलस पावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै सर्बाधीक कारोबार गर्ने कम्पनिहरु ग्लोबल आइएमई प्रमोटर ,शिभम सिमेन्ट , नेपाल रिइन्सुरेन्स कम्पनी , हिमालयन लाइफ इन्सुरेन्स , एभरेस्ट बैंक लगायतका कम्पनीहरु रहेका छन ।

बचतकर्ता ठगी गरेर फरार अष्ट सहकारीका अध्यक्ष – अदालतमा मुद्दा दायर

0

काठमाडौंको न्यूरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई ठगी गरेर फरार भएपछी सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अहिले सहकारीका अध्यक्ष अनिल खड्का लगायतलाई प्रहरिले खोजिरहेको छ ।

सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताले उजुरी दिएपछि संस्थाका अध्यक्षसँग त्यतिखेरै बयान लिएको थियो ।

उनले तत्कालिन समयमा बयान दिँदा आफु संस्थामा २०७५ सालदेखि प्रबन्ध निर्देशकको रुपमा काम गरेको स्वीकारेका छन् ।

उनी २०७७ पुस २५ गतेको बार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनको बयान जस्ताको तस्तै :-

‘उक्त साधारण सभाबाट अध्यक्षमा म, उपाध्यक्षमा बिजय खड्का, सचिवमा जिवन बुढाथोकी, कोषाध्क्षमा कुम्भराज जोशी, सदस्यमा सुशिलबिक्रम राणा, सदस्यमा प्रकाश खड्का, सदस्यमा सुशिला बोहरा, सदस्यमा गोबिन्द बुढाथोकी, सदस्यमा सुवास बुढाथोकी र सदस्यमा वबिता खड्का निर्वाचित भई सहकारी संचालन गर्दै आएका थियौँ । यसै क्रममा उक्त संस्थामा बचतकर्ताहरुको संख्या बढाउने उद्देश्यले २०७८ असोज ६ गते काठमाडौ कोटेश्वरमा सहकारीकै नाममा सुबिधा काउण्टर संचालनमा ल्याएका थियौँ’ उनले बयानमा भनेका छन् ‘उक्त काउण्टरमा हालसम्म करिब १५० जना बचतकर्ताहरु थिए । उक्त काउण्टरमा बचतकर्ताहरुले जम्मा गरेको रकमको अवधी पूरा भएपछि बचतकर्ताहरु पैसा झिक्न एकैसाथ आएको र सहकारीमा जम्मा भएको रकम ऋण प्रवाह गरेको हुँदा बचतकर्तालाई रकम फिर्ता गर्न सकिरहेको थिएन । बजारबाट उठ्नुपर्ने लोन नउठेकोले कोटेश्वर स्थित सुविधा काउण्टरमा काम गर्ने स्टाफहरुलाई तलब समेत दिन नसकेकोले निजहरुले राजीनामा दिएको हुँदा उक्त काउण्टर तत्कालको लागि बन्द गरी प्रधान कार्यालयबाट नै सुविधा दिदै आएका थियौँ ।’

‘बचतकर्ताहरुको रकम फिर्ता गर्न पर्यो भनि बजारमा प्रवाह गरेको ऋणीको जग्गा लिई बचतकर्ताहरुलाई जग्गा मार्फत रकम फिर्ता दिने कार्य लागि रहेको थिएँ । उक्त काम मिलाउन नपाउँदै म पक्राउमा परेकोले बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन’ उनले बयानमा भनेका छन् ‘म दिनहुँ सहकारीमा आई बचतकर्ताहरुसँग भेट्ने, फोनमा समेत कुरा हुने गर्दथियो । तर मैले जाहेरवालाहरु तथा निवेदक बचतकर्ताहरुको मेरो संस्थामा जम्मा गरेको रकम खाई पचाउने नियत राखी रकम हिनामिना गरेको छैन । बजारमा ऋण प्रबाह भएको रकम आर्थिक मन्दीको कारणले उठाउन नसकेको हुँदा रकम झिक्न आएका सबै बचतकर्ताहरुलाई मैले रकम फिर्ता गर्न नसकेको हो । केही बचतकर्ताहरुको रकम मैले फिर्ता गरेको छु ।’

अध्यक्ष खड्काले केही बचतकर्ताहरुलाई आफ्नो व्यक्तिगत बैंक खाताको चेकहरु दिएको समेत बताएका छन् । आफुले दिएको चेक भुक्तानी नभएकोले बचतकर्ताहरुले चेक वाउन्स गरी आफुविरुद्ध चेक वाउन्सको मुद्दा हालेको जनाएका छन् ।

‘बचतकर्ताले सहकारीमा जम्मा गरेको रकमबाट मैले करिब ९ करोड रुपैयाँजति ऋण बजारमा प्रबाह गरेको छु । बजारमा ऋण प्रवाह गर्दा बिनाधितो सामुहिक जमानीमा व्यक्ति तथा संस्थालाई ऋण प्रवाह गरेको छु । विस्तृत विवरण सहकारीकै अभिलेखमा छ । भने मैले सहकारी संस्थाको तर्फबाट सरकारलाई आ.व. ०७६-०७७ सम्मको कर चुक्ता गरेको छु’ उनले बयानमा भनेका छन् ‘पछिल्लो समयमा पैसा नभएकोले पछिल्लो आर्थिक वर्षदेखि हालसम्मको कर बुझाउन सकेको छैन । मैले करिब ९ करोड बराबरको रकम बजारमा ऋण प्रवाह गरेको छु । बचतकर्ताहरुलाई औसतमा ६ करोड बराबरको रकम फिर्ता गर्नु बाँकी छ ।’

बजारमा प्रवाह गरेको ऋण नउठे पनि बचतकर्ताहरुको रकम तिर्न मन्जुर रहेको जनाएका थिए । हाल सहकारीमा पैसा नभएको समेत स्वीरेका छन् ।

उनले आफुले बचतकर्ताको रकम हिनामिना नगरेको बताएका थिए ।

टिकटकमा अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने

0

चिनियाँ भिडियो स्ट्रिमिङ एप टिकटकले अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने नयाँ सुविधा दिने भएको छ। 

टिकटकका अनुसार अब प्रयोगकर्तालाई तीनवटा विकल्प दिइनेछ। जसमा प्रयोगकर्ताले फोटो, भिडियो वा टेक्स्ट पोस्ट गर्न पाउनेछन्। प्रयोगकर्ताले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरु प्रयोगकर्ताद्वारा प्रेषित भिडियोमा आफ्नो प्रतिक्रिया थपेर दोहोरीजस्तै बनाइएको सामग्रीलाई ‘ड्युएट’ भनिन्छ।

यी फिचरका साथ अब प्रयोगकर्ताले टेक्स्ट पोस्टलाई भिडियो वा फोटो पोस्टजस्तै गतिशील र अन्तरक्रियात्मक बनाउन सक्ने टिकटकले जनाएको छ। चीनको बाइटड्यान्स कम्पनीको स्वामित्वमा टिकटकले हालै भर्खरै ब्रजिल र इन्डोनेसियामा ‘टिकटक म्युजिक’ नामक संगीत स्ट्रिमिङ सेवा सुरु गरेको थियो। 

गत साता कम्पनीले सिंगापुर, मेक्सिको र अस्ट्रेलियामा पनि उक्त सेवाको बिटा भर्सन सुरु गरेको छ।

सन् २०२१ टिकटक सबैभन्दा लोकप्रिय अनलाइन मञ्च बनेको थियो। टिकटक प्रयोग गर्ने मानिसको संख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेको संख्यालाई उछिनेको थियो। सोही वर्ष टिकटकले आफ्ना सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी भएको जनाएको थियो। –एजेन्सी