Home Blog Page 236

भारतीय सेयर बजारमा कारोबार गरेकै दिन फन्ड सेन्टलमेन्टको घोषणा

0

भारतीय सेयर बजार नियामक सेबीले अब कारोबार दिनमै फन्ड सेटलमेन्ट हुने घोषणा गरेको छ। 

सेबीले बजारमा सेयर खरिद–बिक्रीसम्बन्धी रकम तत्काल लगानीकर्ताको खातामा पठाइने व्यवस्था गरिने घोषणा गरेको हो। सेबीको यो योजना सुरुमा यूपीआईअन्तर्गत मात्रै यो प्रणाली लागू गर्ने भनिए पनि यो कदमले भारतीय सेयर बजारका साथै भारतको म्युचुअल फन्ड बजारमा गहिरो प्रभाव पार्ने सम्भावना छ।

सेबीको यो कदमले भारतीय सेयर बजारप्रति लगानीकर्ताको विश्वास अझै बढ्ने बजार विज्ञहरु बताउँछन्। भारतमा हाल कारोबारको अर्को दिनमात्र फन्ड सेटलमेन्टको व्यवस्था छ। जसलाई ‘टी पल्स वन’ भनिन्छ। यदि लगानीकर्ताको खातामा पैसा जम्मा गर्ने यो सुविधा कारोबार गरेकै दिनमा लागू गरियो भने त्यसो गर्ने भारत विश्वको पहिलो देश हुनेछ।

सेयर कारोबार गरेको दोस्रो दिनमा फन्ड सेटलमेन्ट गर्ने प्रणाली हाल चीन, दक्षिण कोरिया, बेलायत, थाइल्यान्डजस्ता केही देशमा मात्र उपलब्ध छ। यो प्रणाली भारतमा गत जनवरी २०२३ देखि लागू गरिएको छ। अब सेबीले ‘टी प्लस शून्य’ अर्थात् कारोबार गरेकै दिन सेटलमेन्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेको छ। जसले वित्तीय भुक्तानीका लागि आवश्यक डिजिटल पूर्वाधारमा भारतको बढ्दो विश्वासको व्याख्या गर्छ।

सेयर कारोबार गरेको दोस्रो र तेस्रो दिनको फन्ड सेलटमेन्ट कार्यान्वयन गर्ने धेरै देशहरुका लगानीकर्ता समस्यामा पर्दै आएका छन्। –एजेन्सी

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्ज हुने-सेयर कारोबार रोक्का हुने

0

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन ।

दुवै संस्थाकाप्रतिनिधिहरुले मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका छन्।

किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।

दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का हुने छ ।साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दुबै लघुबित्तले आग्रह गरेका छन्।

नेपाली सेयर बजारका टप १० कम्पनिहरु (पुजिकरणको आधारमा )

हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।


हामीले सुचिक्रित गर्दा १० ठुला कम्पनी मध्ये ५ वटा कम्पनी बाणिज्य बैंक सेक्टरको ,एउटा उत्पादन तथा प्रसोधन समुहको , एउटा जिबन बिमा समुहको र अन्य दुइटा अन्य समुहको परेका छन ।

नबिल बैंक बजार पुजिकरणका हिसाबले १ खर्ब ६८ अर्ब ७३ करोड पुजिकरण सहित पहिलो नम्बरमा , नेपाल दुरसन्चार कम्पनी लिमिटेड १ खर्ब ६४ अर्ब २५ करोड बजार पुजिकरण सहीत दोश्रो स्थानमा र हिमालयन डिस्टिलरी ५५ अर्ब १७ करोड बजार पुजिकरण सहीत दशौ स्थानमा परेको छ ।


१. नबिल बैंक लिमिटेड
यसको बजार पुजिकरण १ खर्ब ६८ अर्ब ७३ करोड रहेको छ ।

२. नेपाल दुरसन्चार कम्पनी लिमिटेड
यसको बजार पुजिकरण १ खर्ब ६४ अर्ब २५ करोड रहेको छ ।

३. सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट
यसको बजार पुजिकरण १ खर्ब १३ अर्ब ५० करोड रहेको छ ।

४. नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड
यसको बजार पुजिकरण ९६ अर्ब ५२ करोड रहेको छ ।

५. एनआइसी एसिया बैंक
यसको बजार पुजिकरण ९१ अर्ब ८७ करोड रहेको छ ।

६. ग्लोबल आइएमई बैंक
यसको बजार पुजिकरण ७९ अर्ब ५१ करोड रहेको छ ।

७. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक लिमिटेड
यसको बजार पुजिकरण ६७ अर्ब ७७ करोड रहेको छ ।

८. एभरेस्ट बैंक लिमिटेड
यसको बजार पुजिकरण ६३ अर्ब ७६ करोड रहेको छ ।

९. नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
यसको बजार पुजिकरण ६१ अर्ब ३९ करोड रहेको छ ।

१०. हिमालयन डिस्टिलरी लिमिटेड
यसको बजार पुजिकरण ५५ अर्ब १७ करोड रहेको छ ।

S.NO.नामसिम्बोल बजार पुजिकरण
1नबिल बैंक लिमिटेडNABIL१ खर्ब ६८ अर्ब ७३ करोड
2नेपाल दुरसन्चार कम्पनी लिमिटेडNTC१ खर्ब ६४ अर्ब २५ करोड
3सिटिजन इन्भेस्टमेन्ट ट्रस्टCIT१ खर्ब १३ अर्ब ५० करोड
4नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडNRIC ९६ अर्ब ५२ करोड
5एनआइसी एसिया बैंकNICA९१ अर्ब ८७ करोड
6ग्लोबल आइएमई बैंकGBIME७९ अर्ब ५१ करोड
7 नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंकNIMB ६७ अर्ब ७७ करोड
8एभरेस्ट बैंक लिमिटेडEBL६३ अर्ब ७६ करोड
9नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडNLIC६१ अर्ब ३९ करोड
10हिमालयन डिस्टिलरी लिमिटेडHDL ५५ अर्ब १७ करोड
यो डाटा जुलाई २५ को बजार पुजिकरणमा आधारित छ ।

३६ अङ्कले घट्यो नेप्से , किसान लघुबित्तको सकारात्मक सर्किट

0

आज सेयर बजार ३६ अङ्कले घटेको छ । १.६४ प्रतिसतले घटेको सेयर बजार २१६४को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनीमध्ये ३२ कम्पनिको मुल्य बढेको छ भने १७६ कम्पनिको मुल्य घटेको छ ।
आज बजारमा २ अर्ब ९१ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज किसान लघुबित्तको मुल्य सकारात्मक सर्किट लागेर बन भएको छ । त्यस्तै आज सर्बाधिक कमाउनेमा सिटी होटेल , रिभर फल्स हाइड्रोपावर , युनीलिभर नेपाल , गणपती लघुबित लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउनेहरुमा बिपीडब्लु लघुबित , सिटिजन बैंक , माउन्टेन ईनर्जी र केही म्युचुवल फण्ड लगायतका कम्पनिहरु रहेका छन ।

आज सर्बाधिक कारोबर हुने कम्पनिहरुमा सोल्टी होटेल , सिभम सिमेन्ट , ग्लोबल आइएमई बैंक , कुमारी बैंक , एभरेस्ट बैंक लिमिटेड लगायतका कम्पनिहरु रहेका छन ।

प्रत्येक नेपालीको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण

एक वर्षको अवधीमा नेपाल सरकारको ऋण १०.३५ प्रतिशतले बढेको छ ।

पछिल्लो ५ वर्षमा नेपाल सरकारको ऋण दोब्बर भएको छ । कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसा गत आर्थिक वर्षमा नेपाल सरकारको कुल ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७९-८० मा नेपाल सरकारको ऋण २ खर्ब ८ अर्ब रुपैयाँले बढ्दै कुल ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको हो ।

तथ्याङ्क अनुसार एकजना नेपाली नागरिकको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण छ । यो रकम अघिल्लो आ ब भन्दा १०.३५ प्रतिशत बढी हो ।

सरकारले अहिले आन्तरिक ॠण ११ खर्ब २८ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ९३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । पछिल्लो तथ्यांक अनुसार प्रतिव्यक्ति बाह्य ऋण ३७ हजार ४८८ रुपैयाँ र अन्तरिक ऋण ३८ हजार ६८८ रुपैयाँ प्रतीब्यक्ती पुगेको हो ।

आर्थिक वर्ष २०७९-८० को सुरुमा सरकारको कुल ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमा आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब र वैदेशिक ऋण १० खर्ब २५ अर्ब रुपैयाँ थियो ।

सरकारले चालू आर्थिक वर्षमा पनि २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक र २ खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने तयारी छ ।

यसले आर्थीक बर्ष २०८०-८१को अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण २३ खर्ब रुपैयाँमाथि पुग्ने छ ।

घोराही सिमेन्टको व्यापार घट्यो, उध्योग बिस्तारका लागि साढे १० अर्ब ऋण लिँदै

0

घोराही सिमेन्टको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखी निरन्तर घट्दो छ । कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यो कम्पनिले भर्खरै आइपिओ जारी गरेको थियो ।

कम्पनीका अनुसार आर्थिक मन्दीले बजारमा माग कम हुँदा व्यापार घटेको हो । सन् २००७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको घोराही सिमेन्टले अन्य उध्योगलाई क्लिंकर पनि बिक्री गर्दै आएको छ ।

कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ८ लाख ४० हजार मेट्रिक टन क्लिंकर र ६ लाख २० हजार ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले क्लिंकर उत्पादनको क्षमता ९ लाख ५७ हजार मेट्रिक टन र ग्रान्डिङ सिमेन्ट ४ लाख २० हजार मेट्रिक क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ , सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको , सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख, गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।यसलाई हेर्दा कम्पनीको व्यापार सन् २०२३ मा झनै व्यापार घटेको तथ्यांकले देखाउँछ ।

कम्पनीले सन् २०२२ मा १९.५२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १५.७६ प्रतिशत र सन् २०२० मा १०.९९ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले उद्योग विस्तारका लागि १० अर्ब ५४ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ३ करोड ७५ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड २४ लाख रुपैयाँको रेटिङ पाएको छ । कम्पनिले एथ्री प्लस रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट रेटिङ गराएको हो

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा ह्वात्तै बढ्यो चामलको मूल्य, यूएईलाई लाग्यो ठूलो झट्का

0

 आन्तरिक मागलाई ध्यानमा राख्दै भारत सरकारले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य ह्वात्तै बढेको छ। 

भारतको निर्यात प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्सलाई सबैभन्दा ठूलो झट्का लागेको छ। भारत यूएईमा चामल आपूर्ति गर्ने शीर्ष देश हो र निर्यात प्रतिबन्धले यूएईमा चामलको मूल्यमा वृद्धि भएको छ। जसका कारण चामलको मूल्य बढ्न नदिन यूएईका व्यापारीले अन्य विकल्प खोज्न थालेका छन्।

यद्यपि अहिलेसम्म भारतले चामलमा लगाएको प्रतिबन्धले यूएईमा खुद्रा चामलको मूल्यमा सीमित प्रभाव पारेको छ। 

भारतीय खाद्यान्न आयात गर्ने सबैभन्दा ठूलो दुबईस्थित आदिल ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. धनञ्जय दातारले भने, ‘भारत सधैँ यूएईलाई चामलको प्रमुख आपूर्तिकर्ता रहेको छ। प्रतिबन्धले स्थानीय बजारमा भारतीय चामलको तत्काल अभाव निम्त्याउनेछ, जसले गर्दा जनतालाई चामलको अपर्याप्त आपूर्ति हुनेछ। यसले मूल्यमा अस्थिरता निम्त्याउन सक्छ। यूएईका व्यापारी र खाद्य आयातकर्ताले भारतको विकल्प खोज्नु अहिलेको आवश्यकता हो।’

भारतले आन्तरिक मूल्य स्थिर राख्न विगत दुई वर्षदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा गहुँको भाउ उकालो लागेको छ। यसको असर यूएईमा पनि परेको छ र अहिले चामलको मूल्य बढेपछि य्रएईलाई फेरि एकपटक झट्का लागेको छ।

पछिल्लो समय रुस–युक्रेनबीचको ब्ल्याक सी सम्झौता खारेज भएपछि यूएईका व्यवसायीले ठूलो घाटा व्यहोरेका छन् र अहिले भारत सरकारको निर्णयले उनीहरुको कठिनाइ बढ्दै गएको छ। 

विश्वको सबैभन्दा ठूलो गहुँ आपूर्तिकर्ता युक्रेनले ब्ल्याक सी हुँदै विश्व बजारमा गहुँ पठाउने गर्दथ्यो तर रुसले ब्ल्याक सी सम्झौता रद्द गरेपछि गहुँको मूल्यमा भारी उछाल आएको छ।

यूएईका स्थानीय चामल आयातकर्ता अहिले चामल आयातका लागि थाइल्यान्ड, भियतनाम वा पाकिस्तानतिर लागेका छन्। 

भारतले गैरबासमती चामल निर्यात गर्ने शीर्ष ५ देशमा अमेरिका पनि रहेको छ। भारतले चामलमा प्रतिबन्ध लगाएको खबर आएदेखि नै अमेरिकामा मानिसहरु आत्तिएका छन्। सामाजिक सञ्जालमा धेरै तस्बिर र भिडियो भाइरल भएका छन्। जसमा मानिसहरु सुपरमार्केटमा १०–१० प्याकेट चामल किनिरहेका छन्।

किनमेलमा त्रास बढ्दै गएपछि पसलले चामलको मूल्य पनि बढाएको छ। अमेरिकामा नाइन फोर्टिफाइड चामलको प्याकेट २७ डलरमा बिक्री भइरहेको छ। –एजेन्सी

रु. २० लाखसम्मको यस्ता कर्जा बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी प्रदान गर्न सक्ने

0

बैंकहरुले रु. २० लाखसम्म कर्जा कृषि प्रयोजनका लागि मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरेर ] सम्बन्धित ग्राहकलाई लिखित रुपमा प्रस्ट पार्नु पर्ने छ ।

खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि रु. २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यस निर्देशनको पालना नभएमा राष्ट्र बैंक वा सम्बन्धित बैंकको गुनासो शाखामा गुनासो राख्न पाइनेछ ।

दोहोरो अङ्कले घट्यो नेप्से , किसान लघुबित्तको सकारात्मक सर्किट

0

आज नेप्से परीसुचक २६ अङ्कले घटेको छ । नेप्से १.१९ प्रतिसतले घट्दै नेप्से २२०० को बिन्दुमा बन्द भएको छ ।
१३४ कम्पनिको मुल्य घट्दा नेप्सेमा आज ७४ कम्पनिको मुल्य बढेको छ ।

आज नेप्सेमा २ अर्ब ५२ करोडभन्दा माथिको कारोबार भएको छ ।

किसान लघुबित्तको मुल्यमा साकारात्मक सर्किट लागेको छ । नेप्सेमा आज सर्बाधिक कमाउनेहरुमा किसान लघुबित्त , नेपाल रिइन्सुरेन्स कम्पनी , बलेफी हाइड्रोपावर , बिपिडब्लु लघुबित्त , ग्लोबल आइएमई बैंक लगायतका कम्पनिहरु रहेका छन । त्यस्तै सर्बाधिक गुमाउनेहरुमा लिबर्टी ईनर्जी , बिशाल बजार कम्पनी, कर्पोरेट डिभलप्मेन्ट बैंक , स्वरोजगार लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक कारोबार गर्ने कम्पनीहरुमा नेपाल रिईन्सुरेन्स , ग्लोबल आइएमई बैंक , प्रभु बैंक , शिभम सिमेन्ट ,कुमारी बैंक लगायतका कम्पनिहरु रहेका छन ।

आफुले पुरस्कार दिने ब्यबस्था गरेपछी सय किलो सुन समातिएको अर्थमन्त्रीको दाबी

0

अर्थमन्त्री डा.प्रकाशशरण महतले अवैध कारोबारको ओसार पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले बुटबलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्नका लागि पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो भन्ने मलाई लाग्छ। जुन प्रकरण उजागर भएको छ त्यसको जरै सम्म पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । सुचनाको आधारमा सुन र तस्करलाई पक्राउ गरियो । उनीहरुले सुनलाई बाहिर लान पाएन । त्यो कुरो त राम्रो होनी फेरि ।’