Home Blog Page 229

घट्यो सुन-चाँदीको भाउ

0

नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ।

गुराँस लघुवित्तको नाफा ३१.०७ प्रतिशतले घढ्यो

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले घटी हो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैया र खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिमा संस्थाको रिजर्भको आकार १.४० प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.६३ प्रतिशतमा झरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.८१ रुपैयाँ कायम भएको छ। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।

कामना सेवा विकास बैंकको नाफा २६.९३% ले घट्यो, लाभांश क्षमता १.७७ प्रतिशत

0

कामना सेवा विकास बैंकको गत आर्थिक बर्षको चौथो चौमासिकसम्ममा कम्पनिको नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको चौथो चौमासिकसम्ममा खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ छ । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १.७७ प्रतिशत रहेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।

लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने – पायो स्वीकृती

लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ। आयोगको साउन १५ गते बसेको बैठकले यस कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले हकप्रद सेयर स्वीकृतीका लागि गत साउन ८ गते आयोगमा कागजपत्रसहितको निवेदन दिएको थियो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको हो ।

अब कम्पनीले ७५ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ।

हाथवे इन्भेस्टमेन्टको विदेशमा रहेका श्रमिकका लागि आईपीओ भर्ने आज अन्तिम दिन

आज वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ भर्ने साउन १८ गते अन्तिम दिन रहेको छ।

साउन ४ गतेबाट कम्पनीले बैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज साझ ५ बजेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यसमा बैदेशिक रोजगारिमा रहेका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद गर्न सक्नेछन्।

विदेशमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्दै

0

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। यो कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ।

यसैगरी सर्वसाधारण लाई अङ्कित मुल्यमा १३७।५८ प्रिमियम थप गरी २३७.५८ रुपैयाँ आईपीओ जारी गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेकालाई समेत सोही मुल्य कायम गरिएको छ ।

उत्पादन तथा प्रशोधन समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।

काेशीमा गठबन्धनबिच भागवण्डा मिल्याे , सभामुख छाडेका बाबुराम अर्थमन्त्री

सत्तारुढ गठबन्धनबिच काेशी प्रदेशमा सरकारमा जानका लागि भागबन्डा मिलेको छ । तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको हो । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गाैतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्ने सहमती भएको हो ।

आर्थिक मामिला तथा याेजना मन्त्रालयमा सभामुखबाट मंगलबार राजीनामा दिएका गाैतम , जवेगुलाई भाैतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयकाे जिम्मेवारी दिने सहमति भएको हो ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेकाे उनले बताए । मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

९ अङ्कले बढ्यो सेयर बजार, शिभम सिमेन्टको सर्बाधिक कारोबार

0

आज सेयर बजार ९.२५ अङ्कले बढेको छ । बजार ०.४४ प्रतिसतले बढ्दै २०८६.८४को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनीहरुमध्ये ११७ कम्पनिको मुल्य बढेको छ भने ८१ कम्पनिको मुल्य घटेको छ ।

आज सेयर बजारमा १ अर्ब ८१ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा सर्बाधिक कमाउनेमा प्रभु स्मार्ट फन्ड, एनआइबीएल सम्रिद्धी फन्ड२ , स्ट्यान्डर्ड चार्टर्ड बैंक , सिङ्गटी हाइड्रो ,सयपत्री हाइड्रो लगायत केही म्युचुवल फन्डहरु लगायतका कम्पनीहरु रहेका छन । यि सबैको मुल्य ३ प्रतीसत देखी ४ प्रतिसतसम्म बढेको छ ।

त्यस्तै सर्बाधिक गुमाउनेहरुमा सुपर माइ हाइड्रो ,सामुदायिक लघुबित , मल्टीपर्पोज फाइनान्स लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै सर्बाधिक कारोबार हुने कम्पनिहरुमा शिभम सिमेन्ट, सानीमा बैंक प्रमोटर ,प्रोगेसिभ फाइनान्स , अप्पर ताकोशी , सोल्टी होटेल लगायतका कम्पनिहरु रहेका छन ।

हाम्रो पार्टी पार्टीजस्तो देखिएको छैन : प्रचण्ड

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् ।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले भने ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

अहिले सरकारका कारण जनतामा आशा भन्दै उनले यही बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए । ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ उनले भने, ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए ।

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य

0

ग्लोबल आइएमई बैंक(GBIME) र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ ।

त्यस्तै, परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरुमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ । यस परियोजनामा आवद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।

परियोजनामा आवद्ध ५,५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरु महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।

साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरु परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ्ग, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।