Home Blog Page 230

याद राख्नुस्, अब डिम्याट नविकरण नगरी आईपीओ भर्न पाइदैन

0

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट नविकरणमा नगरे आइपिओ भर्न नपाईने ब्यबस्था गर्न लागेको छ । यसअघि दोश्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरो सेयर मात्रै नविकरण गरेर आईपीओ भर्न पाउथे ।

सिडिएससीले एक सुचना निकाल्दै भदौ १५ गतेदेखि लागू हुने गरी डिम्याट नविकरण नगरे लगानीकर्ताहरूको मरो सेयर समेत रोक्का हुने जानकारी गराएको छ ।

लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएकोले सम्पूर्ण लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउनु भनेको छ ।

नेपालमा डिम्याट खाता नविकरण गर्दा वार्षिक रूपमा १०० रूपैयाँ र मेरो सेयर नविकरण गर्दा वार्षिक रूपमा ५० रूपैयाँ तिर्नुपर्छ ।

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ।

राष्ट्र बैंकले साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने निर्णय गरेको हो। यो ऋणपत्र भोलि साउन १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ।

यो ऋणपत्रमा इच्छुक जो कोही नेपाली नागरिक तथा सस्थाले खरिद गर्न सक्नेछन ।

यो ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने र ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। आर्जित ब्याजमा ब्याजकर लाग्ने छ। ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८.५ अर्ब र रु. १.५ अर्ब छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर राष्ट्र बैंकले पुनरकर्जा दिने

0

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर राष्ट्र बैंकले पुनरकर्जा दिने भएको छ ।

राष्ट्र बैंक, इप्पान र बैंकर एसोसिएसनबीच मंगलबार भएको त्रिपक्षिय छलफलमा यस्तो सहमति बनेको हो। छलफलमा बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन, ब्याज पुँजीकरण गर्न र कर्जा पुनर्संरचना गर्न राष्ट्र बैंकले सहमती जनाएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनर्संरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेका थिए।

पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनले जलविद्युत आयोजनमा लगानी गरेर बत्ती नबलुन्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाएर लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ।
त्यसैले बाढीले क्षतिग्रस्त आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएको भन्दै जलविद्युत आयोजनाको ब्याज पुँजीकरण गरेता पनि बैंकलाई लाभांश बाड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि अध्यक्ष कार्कीले अनुरोध गरेका थिए।

इप्पानले उठाएका माग सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बाढीले क्षति पुर्याएका आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक तयार रहेको बताएका हुन्। ब्याज पुँजीकरण र कर्जाको पुनरतालिकीकरण गर्न पनि सहजीकरण गर्न उनले बैंकर एसोसिएसनलाई निर्देशन दिए।

युरोपको जस्तो २४ घण्टा बिजुली पाउन ५-६ खर्ब लगानी चाहिन्छ : कुलमान

0

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउन सकिने बताएका छन ।

न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताए ।

विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको उनको भनाइ छ ।

विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको उनले बताए ।

भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँ पर्ने घिसिङले बताए ।

इन्डक्सन चुलो चलाउनु पर्ने भन्दै उनी भन्छन – ‘गाउँ गाउँमा इन्डक्शन चुलो बालौं । एकछिन विद्युत जाँदैमा दाउरा बाल्यौं । इन्डक्शन चुलो २४ सै घण्टा विद्युत भयो भने मात्रै बाल्छु भनेर मात्रै हुँदैन । विकल्प हामीसँग छ । कुनै समय विद्युतमा समस्या हुँदा विकल्प छ भन्ने हिसावले अघि बढ्नुपर्छ’ उनले भने ।

‘विद्युतीय सवारी साधनमा समस्या देखिँदैन । रातभर,दिनभर र २४ सै घण्टा चार्ज गर्दा पनि भयो । त्यसमा समस्या गर्दैन । विद्युतीय सवारी साधन बढ्दै छ । विद्युत पुग्छ की पुग्दैन भन्ने मान्छेहरुलाई चिन्ता छ । धेरै विद्युतीय सावरी साधन आउँदा लोडसेडिङ भयो भने के गर्ने ? विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने कुरा नगरौं,’घिसिङले भने, ‘ प्राधिकरणले निर्यात गरिरहेको छ । बरु निर्यात कम गरौंला । प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने भनेका छौं । विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्छ । हेरक वर्ष प्राधिकरणले १,००० मेगावाट विद्युत पथ गरिरहेका छौं । विद्युतीय गाडीको लागि यदि कुनै महिना पुगेन भने विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा छ ।’

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको बताए । साथ उनले ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताए ।

सुर्खेत,मुल्कोट,काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ र विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको उनको भनाइ छ ।

ठूलो लगानी गरेमात्र अन्यदेशमा जस्तो सधैं विजुली पाउने उनले बताए । ‘करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउन सक्छौं । ठूलो लगानी ट्रान्समिसन,सवस्टेशनमा आवश्यक छ । विद्युत प्राधिकरणले नाफा मात्रै गर्‍यो भनिन्छ । नाफा नगरे विद्युतमा लगानी कस्ले गर्ने ? सबैलाई २४ घण्टा विद्युत दिनको लागि विद्युत उत्पादनले मात्रै पुग्दैन’उनले भने ।

सिनर्जी पावरको हकप्रद साउन २५ देखि

0

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । यस हाइड्रोपावरले साउन २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने लागेको हो। यो भनेको ५० प्रतिसत हो ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने तय गरको हो।

हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रदमाआवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयर साउन २५ देखि भदौ १३ गतेसम्म आवेदन दिन खुला रहनेछ।

कम्पनिको हकप्रदको बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद निष्काशनको लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

माछापुच्छ्रे बैंकको नाफा बढ्यो , लाभाम्स क्षमता १५ प्रतिसत भन्दा बढी

माछापुच्छ्रेले गत आर्थिक वर्ष २०७९-८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्बजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।यो आघिल्लो बर्षको भन्दा ९.७५ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ बढी रहेको छ। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ६९ करोड रुपैयाँ रहेकोे छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ।
बैंकको रिजर्भको आकार २४.०२ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड रहेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.१२ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८२ करोड ३२ हजार रुपैयाँ भएको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.४४ रुपैयाँ थियो।

पीई रेसियो १२.८४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ रहेको छ।

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

0

आज सेयर बजार २८.५९ अङ्कले घटेको छ । नेप्से आज १।३५ प्रतिसतले घट्दै २०७७.५८ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा सुचिक्रित कम्पनिहरुमध्ये १७ कम्पनिको मुल्य बढेको छ भने १९६ कम्पनिको मुल्य घटेको छ ।

आज सेयर बजारमा १ अर्ब ९२ करोडको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर(४.६० प्रतिसत ) , सिकलहाइपावर (१.९३ प्रतिसत ), बिओके डिबेन्चर५० (१.८४ प्रतिसत ), नारायणी डिभलप्मेन्ट (१.७ प्रतिसत ) , एनएमबी५० (१.७८ प्रतिसत) रहेका छन ।

त्यस्तै सर्बाधीक गुमाउने कम्पनिहरुमा किसान लघुबित्त, हिमालयन लघुबित्त , प्रोगेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, ग्रीन भेन्चर लिमिटेड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै सर्बाधिक कारोबार हुने कम्पनिहरुमा अप्पर तामाकोशी, शिभम सिमेन्ट ,सोल्टी होटल , हिमालयन लाइफ इन्सुरेन्स , ज्योति बिकास बैंक लगायतका कम्पनिहरु रहेका छन ।

ब्रोकर नं. ६३ को घोषणाः रु. ९९९ मा ‘डिम्याट’ र ‘मेरो सेयर’ आजीवन नवीकरण

0

भर्खरै लाइसेन्स पाएर कारोबार थालेको नयाँ ब्रोकर हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नं. ६३)ले ग्राहकको सुविधाका लागि ऐतिहासिक घोषणा गरेको छ।

यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर खोल्न सक्ने तथा साथमा आजीवन नवीकरण हुने ब्यबस्था गरेको हो। जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ।

यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।

मान्छेबाट कुकुर बने यी युवक, मानिसले जस्तै खान छाडे, खोरमा बस्न थले

0

जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन्। 

टोको सानलाई कुकुर बन्ने मन थियो। जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोसाक बनाए। पहिरन लगाएर उनी अहिले कुकुरजस्तै बाँचिरहेका छन्। जुन देखेर वरपरका मानिसहरु छक्क पर्ने गरेका छन्। 

टोकोले कुकुर हुनुको एउटा पनि अनुभव गुमाउन चाहँदैनन्। त्यसैले उनले अहिले मान्छे खाने खाना त्यागेका छन्। 

ती जापानी युवाले लाखौँ खर्चेर कोली जातको कुकुरको पोसाक तयार पारेका छन्। त्यसपछि कुकुरको रुपमा देखिएका ती युवकले आफ्नो नाम पनि परिवर्तन गरेका छन्। अहिले उनी आफूलाई रफ कोली भनेर सम्बोधन गरिरहेका छन्। 

उनले आफ्नो दिनचर्या कुकुरका रुपमा युट्युबमार्फत मानिससँग सेअर गर्दै आएका छन्। जसलाई लाखौंले हेरिरहेका छन्।

कुकुर बन्ने आफ्नो सपना पूरा गर्न टोकोले कुकुरसँग सम्बन्धित सबै कुरा अपनाएका छन्। जसमा खानापान पनि समावेशन छ। उनले दिनमा तीनपटक खान्छन् र उसको आहारमा पौष्टिकतायुक्त कुकुरको खाना हुन्छ।

युट्युबमा सेअर गरिएको भिडियोमा टोकोले आफ्नी मालिकनीले दिएको कुकुरको खानाको मजा लिइरहेको देख्न सकिन्छ।

कुकुरले जस्तै टोकोले भोक लाग्दा मालिकनीसँग खाना माग्छ। उनी आफ्नो पुच्छर हल्लाउँदै खाना प्राप्त गर्न पर्खिरहन्छन्। कुकुरका लागि बनाइएको भाँडोमा खाना उनको अगाडि आउनेबित्तिकै टोकोले ठूलो उत्साहका साथ खाना चाटेर खान्छन्। त्यसका उनी आफ्नी मालिकनीलाई पुच्छर हल्लाउँदै कृतज्ञता व्यक्त गर्छन्।

भिडियोमा टोकोलाई धेरैपटक कुकुरको खाना खाएको देख्न सकिन्छ। टोकोको कुकुरको खाना खानेबारेमा मानिसहरुले धेरै प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले लेखे, ‘स्मार्ट टोको… दिनमा तीनपटक सन्तुलित आहार… तर व्यायाम गर्न पनि नबिर्स… आफ्नो सपना बाँच।’

कुकुर बनेपछि टोकोलाई कुकुरका लागि बनाइएको खोरमा सुत्न मन पर्छ। उनका लागि छुट्टै कोठा बनाइएको छ। जहाँ उनको खोर राखिएको छ। राती सुत्नुअघि उनी आफ्नी मालिकनीसँग खेल्छन्। त्यसपछि उनी आफ्नो खोरमा सुत्छन्। 

टोकोले आफ्नो युट्युबमा एउटा भिडियो सेयर गरेका छन्। जसमा मानिस र वास्तविक कुकुरको प्रतिक्रिया कस्तो थियो देखाइएको छ। जब उनी पहिलोपटक सडकमा कुनै रफ कोलीका रुपमा निस्किए।

टोको कुकुर बनेको देखेर मानिसहरु छक्क परे। पाँच मिनेटको भिडियोमा टोकोले कुकुर र मानिसलाई भेटेको देखिन्छ। भिडियोमा टोकोले ठ्याक्कै कुकुरको जस्तै व्यवहार गरेको देखिन्छ। केही कुकुर सुरुमा ठूला कुकुरलाई देखेर डराउँछन् तर पछि तिनीहरु उसको नजिक गएको देखिन्छ।

आफ्नो एउटा भिडियोमा आफूलाई बाल्यकालदेखि नै कुकुर बन्ने मन लागेको टोकोले बताएका छन्। अर्को भिडियोमा टोको कोक पिउँदै गरेको देखिन्छ। उनले दाँतको मद्दतले कोकको ढक्कन हटाउँछन् र त्यसपछि एउट स्ट्रका माध्यमबाट कोकको मज्जा लिन्छ।

टोकोले पनि कुकुरजस्तै बोलेर दर्शकलाई मनोरञ्जन दिन्छन्। टोकोको युट्युबमा ४० हजारभन्दा बढी सब्सक्राइबर छन् र उनको मनमोहक भिडियोमा लाखौँ भ्यु आइरहेका छन्। –एजेन्सी

ठुलो झोला बोकेर हिँडेका ब्यक्तीलाई प्रहरिले खानतलासी गर्दा लाखौँ रकम भेटियो, स्रोत खुलाउन नसकेपछि हिरासतमा

0

२० लाख भन्दा बढी पैसासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उक्त रकमको स्रोत नखुलेकोले उक्त ब्याक्तिलाई हिरासतमा राखिएको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले सोमबार दिउँसो काठमाडौंको कुलेश्वरबाट रकम सहित मानिसलाई नियन्त्रणमा लिएको हो। जुम्ला घर भई हाल काठमाडौंको दक्षिणकालीमा बस्दै आएका कञ्चन खत्रीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

बाटोमा हिँडिरहेको अवस्थामा प्रहरिलाई शङ्का लागेपछी चेक गरिएको थियो ।

उनको साथमा रहेको झोलाबाट प्रहरीले २० लाख ५८ हजार ३ सय रुपैयाँ फेला पारेको हो।

घटनाको थप अनुसन्धान भइरहेको छ। रकम हुन्डीको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।