Home Blog Page 231

महानगर र राप्रपाबीच २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने सहमति

0

राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित कार्यालय रहेको घर खाली गर्ने सहमति भएको छ ।

यसअघि महानगरले गत शुक्रबार कार्यालय खाली गर्न ३ दिनको समय दिएको थियो ।

दिएको समयभित्र रा.प्र.पा ले कार्यालय खाली नगरेपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने भन्दै डोजर लगेर रा.प्र.पा कार्यालय गएको थियो । तर राप्रपाका कार्यकर्ताहरुले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्स्याएर बिरोध गरे पछी डोजर लगाउनबाट महानगर पछी हटेको थियो ।

बिजुलीको हाइटेन्सन लाइनमुनि घर बनाइएको र नक्सापास नरहेको भन्दै महानगरले घर भत्काउने तयारी गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा राप्रपाका नेता र महानगरबीच छलफल भएको थियो । त्यसक्रममा २१ दिनभित्र घर खाली गर्ने सहमति भएको हो ।

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने

0

अर्किड होल्डिङ्ग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने भएको छ ।

होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्ने छ । यसका लागि कम्पनिले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ ।

१३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा आएको थियो ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ

भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपालमा पनि मुल्य बढ्न सक्ने

0

भारत सरकारले कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने करलाई बढाएको छ ।

भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो । जसअनुसार यसअघि १६ सय भारतीय रुपैयाँ रहेको कर अब ४ हजार २५० रुपैयाँ प्रतिटन पुगेको छ ।

भारत सरकारले कर बढाएसँगै भारतबाट निर्यात हुने डिजेलमा पनि कर लाग्ने भएको छ । यसअघि निर्यातमा लाग्ने शुल्क शून्य रहेको डिजेलमा अब प्रतिलिटर एक भारतीय रुपैयाँ लाग्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रोयटर्सकाअनुसार अगस्ट १ गतेदेखि यो कर लागु हुनेछ । पेट्रोल र हवाई इन्धनको निर्यातमा भने कुनै पनि शुल्क बढाइएको छैन ।

डिजेलको निर्यात शुल्कमा प्रति लिटर १ रुपैयाँ भएको शुल्कले भारतीय उपभोक्तालाई फरक नपर्ने भए पनि भारतबाट निर्यात भएर पुग्ने गन्तव्य मुलुकका उपभोक्तालाई भने यसले असर गर्नेछ ।

नेपालले भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले कर बढाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । -एजेन्सी

सुनको मूल्य एक लाख १३ हजार पुग्यो

0

आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १२ हजार६ सय रुपैयाँमा छापावाल, एक लाख १२ हजार ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो

हिमालयन लघुवित्तको ईपीएस ८०.६१%ले घट्यो, नाफामा ठुलो गिरावट

0

आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले १ करोड ५३ लाख खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। यसरी हेर्दा कम्पनिको नाफामा ठुलो गिरावट आएको छ ।

समीक्षा अवधिसम्म संस्थाको २ करोड १९ लाख रुपैयाँ संस्थाको सञ्चालन मुनाफा छ। सञ्चालन मुनाफा पनि ७९.०४ प्रतिशतले घटेको छ।

संस्थाले खुद ब्याज आम्दानीबापत २० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको रिजर्भको आकार भने १७.४१ प्रतिशतले बढेको छ। हाल संस्थाको रिजर्भ ८ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.३७ प्रतिशत पुगेको छ। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.६१ प्रतिशतले घटेर ४.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.८१ रुपैयाँ थियो। पीई रेसियो भने १५६.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओ बाँडफाँड आज

0

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि जारी मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ आज साउन १६ गते बाँडफाँड गरिने छ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले आज आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

गत असार १९ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयलाई साउन ९ गतेसम्म र विदेशमा रहेका नेपाली श्रमिकलाई साउन २ गतेसम्म आवेदन दिने अन्तिम मिती तोकिएको थियो ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको थियो।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।

बैंकिङ प्रणालीमा अधिक तरलता ,अन्तरबैंक ब्याजदर ५% को लाइनमा झर्यो

0

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।

बैंक तथा बित्तिय सस्थाले अहिले पनि कर्जा प्रबाहमा आबस्यक रणनिती बनाउन नसकेपछी कर्जा प्रबाह नभएर तरलता थुप्रिएको छ ।

बैंकिङ प्रणाली हालसम्म अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको भन्दा धेरै भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर लगानी हुन नसकेपछी अन्तर बैंक ब्याजदर पनि घटेको छ । यो सँङ्गै अन्तरबैंक ब्याजदर ५ प्रतिशतको लाइनमा झरेको छ। गत साउन १० गतेसम्म अन्तरबैंक ब्याजदर ६.०५ प्रतिशत रहेकोमा साउन १४ गतेसम्म घटेर ५.४८ प्रतिशतमा झरेको छ।

अपर तामाकोशीको १००% हकप्रदका लागि बुक क्लोज मिती तोकियो

0

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद प्रयोजनको लागि कम्पनी सञ्चालक समितिको बैठकले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ साउन २५ गते सेयर किनेर वा होल्ड रकायम सेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन ।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन हुनेछ।

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

सामान्य अङ्कले बढ्यो नेप्से

0

आज सेयर बजार ५.८४ अङ्कले बढेको छ । नेप्से ०.२७ प्रतिसतले बढेर २१०६ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनिमध्ये आज १११ कम्पनिको मुल्य बढेको छ भने ९९ कम्पनिको मुल्य घटेको छ ।

आज बजारमा १ अर्ब ८५ करोड भन्दा बढीको कारोबार भएको छ ।

सर्बाधिक कमाउने कम्पनिहरुमा सरराइज ब्लुचीप फन्ड ,बलेफी हाइड्रो ,एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, लक्ष्मी उन्नती कोष लगायतका कम्पनीहरु रहेका छन भने सर्बाधिक गुमाउनेमा विन नेपाल लघुबित्त , एसियन हाइड्रो ,मेनचियाम हाइड्रो, नारायणी डिभलपमेन्ट लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै सर्बाधिक कारोबार गर्ने कम्पनीहरुमा शिभम सिमेन्ट, सोल्टी होटेल, एसियन लाइफ , हिमालयन लाइफ इन्सुरेन्स , एनआइसी एसिया बैंक लगायतका कम्पनीहरु रहेका छन ।

सुन प्रकरण छानबिन गर्न समिती नबनाएसम्म बैठक चल्न नदिने एमालेको अडानपछि प्रतिनिधि सभा बैठक स्थगित

0

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमालेले छनबिनका लागि समिती बनाउनु पर्ने अडान लिएपछी बैठक स्थगित भएको हो ।

सत्तारुढ दल माओवादीका नेताको नाम जोडीएकोले तिनिहरुलाई जोगाउने प्रयास भएको भन्दै एमालेले छनबिनको माग राख्दै आइरहेको छ ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको छ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको बताए।

यसै बिषयमा छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन पहिले करिब एक सय किलो सुन बिमास्थलको चेकिङ काटेर बाहिर आइसकेपछी ट्याक्सीमा गोदाम लादै गर्दा समातिएको थियो । रेडी ट्रेडरले यसअघी पनि ब्रेकसु भन्दै ठुलो मात्रामा सुन तस्करी गरेको हुन सक्ने र यसमा ठुलै नेताको सहयोग रहेको अनुमान गर्दै उच्च स्तरिय छानबिन समिती बनाउनु पर्ने माग एमालेको छ । सत्तारुढ दलका उच्च स्तरका नेताको सम्लग्नता रहेको आसङ्का एमालेले गरिरहेको छ ।