आज नेप्से परीसुचक २६ अङ्कले घटेको छ । नेप्से १.१९ प्रतिसतले घट्दै नेप्से २२०० को बिन्दुमा बन्द भएको छ । १३४ कम्पनिको मुल्य घट्दा नेप्सेमा आज ७४ कम्पनिको मुल्य बढेको छ ।
आज नेप्सेमा २ अर्ब ५२ करोडभन्दा माथिको कारोबार भएको छ ।
किसान लघुबित्तको मुल्यमा साकारात्मक सर्किट लागेको छ । नेप्सेमा आज सर्बाधिक कमाउनेहरुमा किसान लघुबित्त , नेपाल रिइन्सुरेन्स कम्पनी , बलेफी हाइड्रोपावर , बिपिडब्लु लघुबित्त , ग्लोबल आइएमई बैंक लगायतका कम्पनिहरु रहेका छन । त्यस्तै सर्बाधिक गुमाउनेहरुमा लिबर्टी ईनर्जी , बिशाल बजार कम्पनी, कर्पोरेट डिभलप्मेन्ट बैंक , स्वरोजगार लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक कारोबार गर्ने कम्पनीहरुमा नेपाल रिईन्सुरेन्स , ग्लोबल आइएमई बैंक , प्रभु बैंक , शिभम सिमेन्ट ,कुमारी बैंक लगायतका कम्पनिहरु रहेका छन ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले अवैध कारोबारको ओसार पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले बुटबलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्नका लागि पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो भन्ने मलाई लाग्छ। जुन प्रकरण उजागर भएको छ त्यसको जरै सम्म पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । सुचनाको आधारमा सुन र तस्करलाई पक्राउ गरियो । उनीहरुले सुनलाई बाहिर लान पाएन । त्यो कुरो त राम्रो होनी फेरि ।’
परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् ।
उनले १०दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणिकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ।
मन्त्री साउदको निर्देशनअनुसार काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ।
काउन्सलर सेवा विभागका महानिर्देशन पौडेलले अनलाइनमार्फत् कामहरु अघि बढाउनका लागि टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै लागु गरिने छ ।
पीसीसीका कामहरु अनलाइनमार्फत् नै हुँदै आएका थिए। अन्तिममा मात्रै हामीले बोलाएपछि सेवाग्राही आउनु पर्ने हुन्थ्यो। अब त्यो हट्छ ।
पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गर्न लागिएको हो ।
कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ गाउँपालिकाले सातवटै वडाका वितरण गरेको छ ।
गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।
गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु वस्तुको उपचार गरिएको छ ।
सिद्धार्थ बैंक(SBL) बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो ।
सिद्धार्थ बैंक गत वर्ष पनि उक्त अवार्डबाट सम्मानित भएको थियो । उक्त अवार्ड शुक्रबार, अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा आयोजित एक कार्यक्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
सुनको मूल्य निरन्तर तेश्रो दिन घटेको छ । साउन ८ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक् लाख १२ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पछिल्लो तीन दिनमा सुन प्रतितोला एक हजार ६०० रुपैयाँले गिरावट भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दा एक हजार ४६० रुपैयाँमा किनबेच हुँदैछ ।
मन्त्रिस्तरीय निर्णयले पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा गरेको छ ।
पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा छलफल भई कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको हो ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको छ ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तीमा जानकारी गराएको छ ।
सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । यद्यपि सीआईबीले अहिलेसम्म कारबाही अगाडि बढाएको छैन ।
दिर्घकालिन लगानी यस्तो चिज हो जसले लाखलाई करोड र करोडलाई अर्ब बनाइदिछ । तर त्यसका लागि आधारभुत रुपमा बलियो कम्पनी छान्न भने सक्नुपर्दछ । आधारभुत रुपमा बलियो कम्पनी छनोट गरेर दिर्घकालिन लगानी गर्न सक्यो भने कम्पाउन्डिङको जादु देख्न सकिन्छ । सेयर बजारका दिग्गज लगानीकर्तालाई करोडपति बन्ने मूल मन्त्र यसैलाई मान्दछन ।
यदी तपाईं पनि यो बिधी अपनाएर लगानी गर्नु भयो भने मालामाल हुनुहुनेछ ।
हकिन्स कुकर लिमिटेड भारतमा भान्साका सामानहरु उत्पादन गर्ने अग्रणी कम्पनी हो। २० वर्षको मात्रै अवधिमा हकिन्स कुकरको सेयरभाउ भारु १९.८० बाट भारु ६६९० को स्तरमा पुगेको छ र लगानीकर्ताले करिब ३४ हजार प्रतिशत प्रतिफल पाएका छन्।
यदि कुनै लगानीकर्ताले २० वर्षअघि हकिन्स कुकर्सको सेयरमा भारु १ लाख लगानी गरेको भए अहिलेसम्म भारु ३ करोड ३७ लाख भएको छ। हकिन्स कुकर्स किचेनवेयरको उत्पादन, व्यापार र खुद्रा बिक्रीमा संलग्न छ।
विगत १ वर्षमा हकिन्स कुकरको सेयरले २३ प्रतिशत प्रतिफल दिएको छ भने ५ वर्षमा लगानीकर्ताले १४३ प्रतिशत प्रतिफल पाएका छन्। यो वर्षको मे २४ मा अफिस कुकरको सञ्चालक समितिले पनि लगानीकर्तालाई प्रतिइक्विटी भारु १०० नगद लाभांश दिने घोषणा गरेको थियो। आगामी अगस्ट ९ मा हकिन्स कुकरको साधारणसभा बस्दैछ। जसमा लाभांश स्वीकृत हुनेछ।
पाली हकिन्स कुकर एउटा सानो क्याप कम्पनी हो। जसको मार्केट क्याप लगभग भारु ३५ अर्ब ३८ करोड छ। कम्पनीमा कुनै ऋण छैन र हकिन्स कुकरका प्रवर्द्धकहरुको कम्पनीमा ५६ प्रतिशतभन्दा बढी हिस्सेदारी छ।
सन् २००९ मार्च १३ मा भारु १६० को स्तरबाट भारु ६५७० को स्तरमा पुगेको हकिन्स कुकरको स्टकले मल्टिब्यागर रिटर्न दिएर लगानीकर्तालाई धनी बनाएको छ। १४ वर्षको अवधिमा हकिन्स कुकरको सेयरले लगानीकर्तालाई ४ हजार प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ।
सन् १९९५ जुलाई १४ मा सेयर बजारमा लिस्टिङ भएको हकिन्स कुकरको सेयरले लगानीकर्तालाई भारु ४६ को स्तरबाट सुरु गरी १४ हजार प्रतिशतभन्दा बढी प्रतिफल दिएको थियो। –एजेन्सी
एलन मस्कले आज माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन्।
आज साँझदेखि ट्विटरको लोगो ‘एक्स’ हुनेछ। मस्कले ट्विटर स्पेसमा ग्रेग नामका प्रयोगकर्तासँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्। मस्कलाई सोधियो कि उनी साँच्चै ट्विटरको लोगो परिवर्तन गर्न जाँदैछन्। उनले यसको सकारात्मक जबाफ दिएका छन्।
यतिमात्र होइन अब एक्स डट कम खोलेपछि पनि ट्विटर खुला हुनेछ।
यससँगै मस्कले ट्विटरमा एउटा पोल क्रिएटर गरेर लेखेका छन्, ‘डिफल्ट प्लेटफर्मको कलर ब्ल्याकमा परिवर्तन गर्नुहोस्।’
यो पोलमा १९ लाखभन्दा बढीले मतदान गरेका छन्। अधिकांश मानिसले अहिलेसम्म कालो र सेतोबीच कालो रोजेका छन्।
सन् १९९९ देखि एलन मस्क अक्षर ‘एक्स’सँग जोडिएको छ। त्यतिबेला उनको एउटा कम्पनीको नाम एक्स डट कम थियो।
मस्कले एउटा भिडियो सेयर गरेका छन्। जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ। यससँगै उनले लेखेका छन्, ‘यदि आज राति राम्रो एक्स लोगो पोस्ट गरिनेछ भने भोलि विश्वव्यापी रुपमा यसलाई लाइभ गर्नेछौँ।’
मस्कले अर्को ट्विटमा लेखेका छन्, ‘चाँडै हामी ट्विटर ब्रान्ड र विस्तारै सबै पन्छीहरुलाई अलबिदा गर्नेछौँ।’ –एजेन्सी
नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाए । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए ।
अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।
यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।