आज सेयर बजार २६ अङ्कले घटेको छ । १.२२ प्रतिसतले घटेर आज सेयर बजार २१०० को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सुचिक्रित कम्पनीमध्ये १८ कम्पनीको मुल्य आज बढेको छ भने १८९ कम्पनिको मुल्य घटेको छ ।
आज नेप्सेमा २ अर्ब ५० करोड भन्दा माथिको कारोबार भएको छ । पिपल्स पावर , सुपर माइ हाइड्रो , सिनर्जी पावर लगायत केही म्युचुवल फन्ड ले सर्बाधिक कमाएको छ ।
त्यस्तै मनकामना स्मार्ट लघुबित्त , अभियान लघुबित्त , हिमालयन लघुबित्त , रावा ईनर्जी डिभलप्मेन्ट कम्पनी लगायतका कम्पनिले सर्बाधिक गुमाएका छन ।
आज सर्बाधीक कारोबार हुने कम्पनीहरुमा सिभम सिमेन्ट, सोल्टी होटेल , एभरेस्ट बैंक , हिमालयन डिस्टिलरी ,सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनी लगायतका कम्पनिहरु रहेका छन ।
नेपाल टेलिकमको रोमिङ महसुल चार गुणा सम्मले घटाएको छ।
सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले रोमिङ महसुल चारगुणाले घटाएको हो।
योसँगै अब नेपाल टेलिकमको रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्दै आएमा अब ७ रुपैयाँमात्रै लाग्नेछ। अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस २४ रुपैयाँ लाग्दै आएकोमा अब ७ रुपैयाँमात्रै लाग्नेछ।
थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट १३५ रुपैयाँ लाग्दै आएको थियो। अब भने प्रतिमिनेट ५० रुपैयाँमात्रै लाग्ने नेपाल टेलिकमले भनेको छ। यस्तै थाइल्यान्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँदा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने छ।
त्यस्तै हाल प्रतिएमबी ४० रुपैयाँ लाग्दै आएको नेपाल टेलिकमको सिमबाट डाटा शुल्क अब घटाएर अब प्रतिएमबी ५ रुपैयाँ कायम गरिएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति सकात्मक भएको प्रतिकृया जनाएको छ । समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गरिएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ।
सिबिफिन आज सुझावसहितको एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘समग्र अर्थतन्त्रमा देखिएका चुनौती र समस्याहरुको सम्बोधन र समाधान मौद्रिक नीतिबाट मात्रै हुँदैन भन्ने तथ्य जगजाहेरै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथापि वित्तीय एवं व्यावसायिक क्षेत्रको समस्याहरुको दिगो समाधान गर्नका लागि केही व्यवस्थाहरु सकारात्मक भए पनि सरोकारवाला पक्षहरुले पेस गरेका अन्य महत्वपूर्ण सुझावहरु राष्ट्र बैंकले आगामी निर्देशनमार्फत अवश्य पनि सम्बोधन गर्नुपर्ने देखिन्छ।’
नेपालको वर्तमान आर्थिक अवस्थाको सूक्ष्म मूल्यांककनसहित सिबिफिनले राष्ट्र बैंकसमक्ष ८ बुँदे सुझाव पनि पेस गरेको छ। ती सुझावको सम्बोधन हुन सकेमा सुदृढ अर्थतन्त्रको निर्माणमा ठूलो सहयोग पुग्ने सिबिफिनले जनाएको छ। ‘राष्ट्र बैंकले आगामी दिनमा ती सुझावमा आवश्यक सम्बोधनसहित कार्यान्वयनमा पहलकदमी लिनेछ भन्ने अपेक्षा छ’, सिबिफिनले भनेको छ।
यस्ता छन् सिबिफिनका सुझाव
संस्थापक सेयरलाई क्रमिक रुपमा सर्वसाधारण सेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्दछ। यसले पुँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत सहयोग पुग्दछ।
साना कर्जामा जोखिम भार कम गरिएको विषय स्वागतयोग्य रहेको छ। यसले घरेलु, साना तथा मझौला उद्योगहरुलाई कर्जा पहुँचमा सहजता प्रदान गरी आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्नेछ। तथापि ठूला किसिमका कर्जामा समेत क्षेत्रगत सीमा तोकिसकेको अवस्थामा थप जोखिम भार हटाइँदा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ।
३ महिनेजस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतिमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेपसमेत मुद्दतिमा रुपान्तरण भइरहेको र सो कारणले बैंक तथा वित्तीय संस्थाहरुको कस्ट अफ फन्ड बढिरहेको छ। धेरै छोटा अवधिका मुद्दति निक्षेपको व्यवस्थाले दीर्घकालीन कर्जा विस्तारमा समेत अवरोध सिर्जना गरिरहेको हुँदा यस्तो व्यवस्थालाई हटाउनु मनासिव देखिन्छ।
उत्पादनशील क्षेत्रलाई २ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भए पनि बैंकलाई अन्य किसिमका शुल्कलगायतमा नियन्त्रण गरिनु उचित देखिँदैन।
आर्थिक वर्ष २०७९–८० को कर्जा विस्तार केवल ३.६ प्रतिशतमा सीमित भएको र यो अत्यन्तै न्यून भएको तथा यसले बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो कर्मचारी तथा सञ्चालन खर्च धान्न नसकिने हुँदा कर्जा विस्तार ११.५ प्रतिशतको लक्ष्यअनुरुप हासिल गर्नका लागि पुँजी पर्याप्तता, जोखिम वहन र क्षेत्रगत सीमालगायतका व्यवस्थाहरुमा थप लचिलो हुन अत्यन्तै जरुरी देखिन्छ।
हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिँदै गएको अवस्थामा र ती बैंक तथा वित्तीय संस्थाहरुले नै डिजिटल सेवा दिइरहेको अवस्थामा थप डिजिटल बैंकिङको लाइसेन्स दिइनु हुँदैन।
तोकिएमा समयमा ब्याज नबुझाउँदासमेत छुट दिनुपर्ने व्यवस्थाले ब्याज नतिर्ने प्रवृत्तिलाई आश्रय पुगिरहेको हुँदा त्यस्तो व्यवस्थामा तत्काल हटाउनु मनासिव देखिन्छ।
बैंक तथा वित्तीय संस्थाहरुमाथि गरिएका अराजक गतिविधिहरुको नियन्त्रणका लागि गरिएको व्यवस्था सकारात्मक र स्वागतयोग्य रहेको छ।
अपि पावर कम्पनी लिमिटेडले ४० हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले साउन ३१ गतेबाट १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि असार २२ गते बुकक्लाेज गरेकाे थियाे त्यसैले असार २१ सम्म कायम सेयर धनीले हकप्रद भर्न पाउनेछन ।
साउन ३१ गते, बुधबारबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदाै १९ गतेसम्म आवेदन दिन पाइनेछ ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ ।
त्यस्तै कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
कालोसूचीमा पर्नेको संख्या निकै बढेको पाइेको छ । भुक्तानीका लागि काटिएका चेक रकम अभाबमा बाउन्स हुँदा र लोन तिर्न नसक्दा डिफल्ट भएर कालोसूचीमा पर्नेको संख्या बढेको हो ।
कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा चेक बाउन्स र बैंकको ऋण तिर्न नसकेका कारण कालोसूचीमा पर्नेको संख्या २९ हजार ८७६ पुगेको छ ।
अघिल्लो आवमा कालोसूचीमा पर्नेको संख्या १२ हजार ४०३ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए ।यो एक वर्षको अवधिमा १७ हजार ४१० ले बढी हो ।
कुनै पनि कम्पनी वा व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्छ ।
आर्थिक समस्याका कारणले चेक बाउन्सका साथै लोन डिफल्टका घट्ना बढ्दै गईरहेक छ ।
चेक काट्ने तर उक्त चेक साट्न जादा रकम पर्याप्त नभई फिर्ता भएमा पनि ब्यक्ती कालोसुचीमा पर्छ । यदी तिन पटक सम्म चेक साट्न जादा पनि चेक नसाटिएमा जसको नाममा चेक काटिएको हो उसले सम्बन्धित बैंकलाई निबेदन दिनु पर्छ । बैंकले चेक जारी गर्ने ब्यक्तीलाई ७ दिनको सुचना दिने गर्दछ । यदी उक्त समयमा पनि खातामा रकम जमा गरेर चेकको भुक्तानी नगरेमा चेक जारी गर्ने कालोसुचिमा पर्छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउने भएको छ। यसका लागि आबस्यक प्रकृया सुरु भएको छ ।
संस्थाले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउन लागेको हो । यसका लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा–८ मा रहेको छ। स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।
एक विज्ञप्ति जारी गर्दै नबिल इन्भेस्टमेन्ट स्वस्तिक लघुबित्तको आइपिओको लागि पूर्वतयारी भईरहेको र पूर्व तयाती सकिएपछी नियामक निकायहरुबाट सेयर निस्कासनका लागि अनुमतिका मागिने उल्लेख गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आजबाट मिड सोलु हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलेको छ।
कम्पनीको जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर स्थानियलाई बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गरेको छ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ।
त्यस्तै आम सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने न्युनतम १० कित्ता भर्न सक्नेछन ।
स्थानीयका लागि जारी हुने आईपीओको निष्कासन बन्दी छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्।
अरु सबै कम्पनीको मुल्य नेप्से १८०० देखी २२०० माथि पुग्दा बढेको भएतापनी अहिलेसम्म हाइड्रो पावर सेक्टर बढेको छैन । यसको कारणहरु बारे बिभिन्न चर्चाहरु भईरहेको छ । यसका बिभिन्न कारणहरु मध्ये केहीको चर्चा गर्ने प्रयासमा छौ । १. लाभाम्स क्षमता कम हुनु : यहाँ रहेका धेरै कम्पनीहरुले लाभाम्स दिने क्षमता राख्दैनन । कुनै हाइड्रो निर्माणकै चरणमा छन भने केही निर्माण पुरा भएर भर्खर बिध्युत उत्पादन गर्ने चरणमा छन , यस्ता लाभाम्स नदिने कम्पनीहरु लगानीकर्ताको रोजाइमा नपर्दा पनि यसको माग कम हुन गई मुल्य बढ्न सकेको छैन ।
२. यो सेक्टरमा धेरै कम्पनिहरु हुनु : यो कम्पनीमा धेरै कम्पनीहरु रहेका छन । जसले यसको पुजी धेरै भएको छ । धेरै पुजी भएको सेक्टर सेयर खेलाडीले चलाउन गाह्रो हुन्छ र उनिहरु यस्तो सेक्टरमा चासो राख्दैनन । त्यसैले खेलाडीको रोजाइमा नपरेकोले पनि यो सेक्टर नबढेको केही लगानिकर्ताले अनुमान गरिरहेको पाइेको छ । ३. आधारभुत रुपमा कमजोर : लगानी कर्ताले लगानी गर्नु अघी आधारभुत पक्षहरु केलाउने गर्दछ । केही कम्पनी बाहेक धेरै जस्तो हाइड्रोपावरको आधारभुत पक्ष कमजोर देखिदा , लगानी कर्ताको नजरमा पर्न नसकेकोले यसको मुल्य बढन नसकेको अनुमान गरिन्छ ।
४. आबस्यक करेक्सन नसकिनु : अन्य सेक्टरहरु हाइड्रोपावरको तुलनामा धेरै करेक्सन भएको देखिन्छ तर हाइड्रो सेक्टरले अझै आबस्यक करेक्सन नसकेको हुँदा आफ्नो करेक्सन सकाएपछी मात्र यो सेक्टर बढ्ने अनुमान गरिएको छ । समग्रमा फन्डामेन्टल्ली राम्रो नभएका कम्पनी लगानिकर्ताहरुको रोजाइमा नपर्नु र धेरै पुजी भएकोले ट्रेडर तथा सेयर खेलाडीको नजरमा नपरेका कारण हालसम्म यस्को मुल्य धेरै नबढेको पाईन्छ ।
यहाँ हामी यि बिभिन्न कम्पनीहरुको लाभाम्स ईतिहासको चर्चा गर्न जादैछौ । बिगत ३ बर्षमा यि कम्पनीले दिएको लाभाम्सबारे यहाँ देखाइएको छ । हाइड्रो पावर सेक्टरमा धेरै कम्पनीहरु भए नि अन्यले हाल सम्म लाभाम्स नदिएको देखिएकोले लाभाम्स दिने कम्पनीहरु (२५) मात्र तल प्रस्तुत गरिएको छ ।
Company
2076/2077
2077/2078
2078/2079
AHPC
5.26%
10.53%
8.42%
AKPL
6.00%
17.89%
10.00%
API
9.00%
11.05%
7.89%
BARUN
5.26%
–
–
BHDC
–
–
5.03%
BPCL
25.00%
20.00%
12.50%
CHCL
20.00%
15.00%
15.00%
CHL
5.26%
–
–
KPCL
–
15.79%
–
MEN
–
–
10.53%
MHL
–
–
5.00%
NGPL
10.53%
21.05%
5.00%
NHDL
15.79%
7.37%
5.03%
NHPC
–
19.50%
–
PPCL
–
–
7.00%
RADHI
36.50%
–
–
RHPC
5.26%
12.60%
–
RIDI
–
–
42.10%
RRHP
–
12.60%
–
RURU
–
10.53%
10.53%
SHPC
15.00%
10.53%
5.26%
SIKLES
–
–
10.53%
SPDL
5.00%
10.53%
–
UMHL
5.26%
–
7.37%
UMRH
–
–
10.53%
सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?
आज हामी यहाँ नेप्सेमा सुचिक्रित निर्जिबन बिमा कम्पनीको लाभाम्स ईतिहासबारे चर्चा गर्न गईरहेका छौ । निर्जिबन बिमा कमनीको इतिहासलाई केलाउदा सबैभन्दा धेरै लाभाम्स १२९.६ प्रतिसत बाडेको देखिन्छ ।
तीन बर्षको लाभाम्स ईतिहासमा सबै भन्दा बढी लाभाम्स दिने ५ कम्पनिको बारेमा चर्चा गर्नेछौ । आशा छ , यसले तपाईंलाई लगानिको लागि केही सहयोग गर्नेछ । एक्पल्ट धेरै लाभाम्स दिने कम्पनीले सधैं धेरै लाभाम्स दिन्छ भन्ने हुँदैन तर अध्ययन अनुसन्धानका लागि सहयोग अबस्य पुग्नेछ ।
निर्जिबन जिबन बिमाको ईतिहासमा सबै भन्दा बढी लाभाम्स सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडले २०६८-७९ मा १२९.६ प्रतिसत दिएको देखिन्छ जुन हाल सम्मकै सर्बाधिक लाभाम्स रहेको देखिएको छ ।
त्यस्तै दोश्रो सर्बाधिक लाभाम्स दिनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक बर्ष २०६२-६३ मा १२०.२७ प्रतिसत लाभाम्स दिएको देखिन्छ ।
त्यस्तै गरी तोश्रो सर्बाधिक लाभाम्स सगरमाथा इन्सुरेन्सले नै आर्थिक बर्ष २०७४-७५ मा ८६ प्रतिसत दिएको देखिन्छ त्यस्तै चौथो धेरैमा प्रिमियर इन्सुरेन्स कम्पनिले ८४ प्रतिसत लाभाम्स बाडेको देखिन्छ ।
अब हामी अघिला ३ आर्थिक बर्षमा सर्बाधिक लाभाम्स बाड्ने, आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 नन लाइफ इन्सुरेन्सको बारेमा चर्चा गर्दैछौ ।
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु 1.शिखर इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १६.८४ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2.नेको इन्सुरेन्स लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4. सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १३.०५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १०.५३ प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.no
इन्सुरेन्सको नाम
लाभांश (प्रतिसत )
1
शिखर इन्सुरेन्स कम्पनी लिमिटेड
१६.८४
2
नेको इन्सुरेन्स लिमिटेड
१५.७९
3
प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड
१५
4
सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड
१३.०५
5
एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड
१०.५३
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्स
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु 1.सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई २१.५३ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. सिद्धार्थ इन्सुरेन्स लिमिटेड र नेको इन्सुरेन्स लिमिटेड यि दुई कम्पनिले उस्तै लाभाम्स दिएका छन । यि इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएका छन ।
3.प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई १५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. प्रभु इन्सुरेन्स लिमिटेड यस इन्सुरेन्सलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु
1.शिखर इन्सुरेन्स कम्पनी लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २९.२३ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. नेको इन्सुरेन्स लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १६.३२ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. सिद्धार्थ इन्सुरेन्स लिमिटेड १५.७८ यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.७८प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.सगरमाथा कम्पनी इन्सुरेन्स लिमिटेड यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5.प्रभु इन्सुरेन्स लिमिटेड र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड यि दुई कम्पनिले उस्तै लाभाम्स दिएका छन । यि इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १०.५३ प्रतिसत डिभिडेन्ट दिएका छन ।
S.No.
इन्सुरेन्सको नाम
लाभांश (प्रतिसत )
1
शिखर इन्सुरेन्स कम्पनी लिमिटेड
२९.२३
2
नेको इन्सुरेन्स लिमिटेड
१६.३२
3
सिद्धार्थ इन्सुरेन्स लिमिटेड
१५.७८
4
सगरमाथा कम्पनी इन्सुरेन्स लिमिटेड
११.५८
5
प्रभु इन्सुरेन्स लिमिटेड
१०.५३
5
एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड
१०.५३
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु
नोट: केही इन्सुरेन्स कम्पनीहरु मर्जर भएका छन । जस्तै प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच मर्जर भएको छ । हामीले तत्कालिन समयमा उक्त कम्पनीहरुले दिएको लाभाम्सका आधारमा यो रिपोर्ट बनाएका छौ । कतिपय कम्पनिहरु मर्ज भईसकेका हुन सक्छन ।
सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?