Home Blog Page 190

१८ अङ्कले घट्यो नेप्से, मनाकामना इन्जिनियरिङ्ग हाइड्रोको सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार १८.६० अङ्कले घटेको छ । आज ०.९१ प्रतिसतले घट्दै सेयर बजार २००४.३० को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३४ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ८१ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मनकामना इनजिनियरिङ्ग हाइड्रोपावर, एसियन हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, अप्पर लोहोरे खोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी भ्यालु फण्ड २, शुभम पावर, हिमालयन उर्जा बिकास कम्पनी, पिपल्स हाइड्रो, सप्तकोशी डिभलप्मेन्ट हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सन नेपाल लाईफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट, सिआइटी लगायतका कम्पनिहरु रहेका छन ।

अब आईपीओ भर्दा खातामा पैसा नभए तत्कालै आइपिओ रिजेक्ट हुने, कार्यविधि पारित

अब आईपीओ भर्दा बैंक खातामा पैसा नभएको अवस्थामा आइपिओ भरेमा तत्कालै रेजेक्ट हुने भएको छ ।

यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यबिधी पारित भएसङ्गै अब यो ब्यबथा लागु हुने छ ।

धितोपत्र बोर्डले गत असोज २ गते एपीआईसम्बन्धी कार्यविधि पारित गरेको थियो । यो व्यवस्था लागू भएपछि अबदेखी आईपीओमा आबेदन दिदा बैंक खातामा पैसा भए तत्कालै भेरिफाई हुनेछ भने यदी खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुनेछ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत उपलब्ध हुनेछ । यसका लागि मेम्बरहरुले आबस्यक प्रणाली भने विकास गर्नुपर्छ ।

यो व्यवस्था लागू भएसँगै हातले गर्नुपर्ने काम अब सिस्टमले गरिदिने छ । रियल टाइम डाटामा एक्सेस भएपछी भेरीफाइ र रेजेक्ट सिस्टमले नै ग्र्नेछ ।

कार्यविधि पारित भइसकेकोले अब सीडीएससीको सञ्चालक समितिको बैठकले निर्णय गरेर लागु गर्नेछन । यो ब्यबस्था असोज महिनाभित्रै लागु हुन सक्ने सम्भाबना रहेको छ । तर कुनै प्राबिधिक तयारी नपुगेमा केही समय लाग्न सक्नेछ ।

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने

0

कैलाश हेलिकोप्टर सर्भिसेसले आईपीओ ल्याउने तयारी गरेको छ ।

यस हेलिकोप्टर कम्पनी आइपिओ ल्याउन पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । कम्पनीले पुजी ब्रिद्धी गरी सेवा बिस्तार गर्नका लागि आइपिओ जारी गर्ने भएको हो ।

२०७३ साल फागुन १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर २३ मार्च २०१८ मा सेवा आरम्भ गरी ३ वटा एअरबस एएस३५०बाट सेवा गरिरहेको कम्पनी असार २४ गतेको निर्णयबाट प्राइभेट कम्पनी ( प्रालि) बाट पब्लिक कम्पनी (लिमिटेड) मा परिणत भएको हो ।

गत असार ३१ गतेदेखि कम्पनी ऐन, २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०६० असोज ८ बाट एओसी संोधित भई कैलाश हेलिकोप्टर पब्लिक कम्पनी परिणत भएर सेवा दिईरहेको छ ।

यस कम्पनीले हेलिकोप्टर थप गरेर सेवा बिस्तार गर्ने निती लिएको छ। त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने छ।

उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरुका ५ वर्षमा ५ वटा हेलिकोप्टर हुनैपर्ने व्यवस्था गरेको छ। त्यही ब्यबस्था अनुसार हेलिकप्टर थप्न चाहिने पुजी जुटाउन आइपिओ जारी गर्न लागेको हो ।

हाल ३ वटा हेलिकोप्टरमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले सन् २०२४ मा एउटा र सन् २०२६ मा एउटा थप गरी सन् २०२६ सम्म ५ हेलिकोप्टर बनाउने योजना बनाएको छ। आईपीओ ल्याउने यकिन मिती तोकिएको छैन ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी संस्थाका सेवाहरुमा विशेष छुट

0

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेकासंस्थासँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ती संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्–

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। 

मिड सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, करिब १३ लाखको हात खाली हुने

0

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आज बुधबार बाँडफाँड हुने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड कार्यक्रम बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो।

सीडीएससीका अनुसार यो आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। यो आबेदन मागभन्दा २४.३४ गुणाले बढी हो।

यस आईपीओमा गोलाप्रथाबाट भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। त्यस्तै १२ लाख ९२ हजार ७ सय २९ जना आबेदकको हात खाली हुनेछ ।

५ लाख कित्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सवा ५ लाख हाराहारी कित्ता सेयर बिक्रीमा राख्ने भएको छ।

विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न मिल्ने गरी संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको समयमा कुनै निबेदन नपरेमा कानुनबमोजिम भइजाने कम्पनिले उल्लेख गरेको छ।

अपी पावरको १२ लाख हाराहारी कित्ता सेयर असोज १७ बाट बिक्रीमा राखिने, न्यूनतम मूल्य १००

0

अपी पावर कम्पनीले १२ लाख हाराहारी कित्ता सेयर असोज १७ गतेबाट बिक्रीमा राख्ने निर्णय गरेको छ ।

जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद गर्नसक्ने गरी कम्पनीले सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्न लागिएको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुनाले आबेदकले न्यूनतम १०० वा सोभन्दा बढी बोलकबोल गरेर आबेदन दिनुपर्नेछ ।

आबेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता खरिद आबेदन दिन सक्नेछन ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २४ गतेसम्म तोकिएको छ।

एमालेका तीन पूर्वअर्थमन्त्रीको एउटै भनाइ -‘१२ करोडको सिमा हटाऊनुपर्छ, जोखिम भार घटाऊनुपर्छ ‘

काठमाण्डौमा मंगलबार आयोजित ‘निजी क्षेत्रसँग एमाले’ नामक अन्तर्क्रियामा तीन पूर्वअर्थमन्त्रीले सबैको अभिभाबक सरकार नै भएकाले सरकारले सबै निकायसङ्ग समन्वय गरेर पुजिबजारका समस्या समाधान गर्नुपर्ने बताएका छन । उनीहरुले निजी क्षेत्र तथा पुँजीबजारका समस्या हल गर्ने मुख्य जिम्मेवारी सरकारको भएको जिकिर गरेका छन ।

अरुको थाप्लोमा दोश थोपरेर समस्याबाट सरकार पंक्षिन नमिल्ने उनिहरुको तर्क थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सेयरबजारका समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर तथा धितोपत्र बोर्डका अध्यक्ष मिल्नुपर्ने र समन्वय गरेर अघी बढ्नु पर्ने बताए । ‘अहिलेको अवस्थामा सेयर लोनमा १२ करोडको क्याप लगाउनु गलत हो’ । उनले भने ‘आज बजार निकै तल्लो विन्दुमा छ। यस्तो बेलामा १२ करोडको क्याप र जोखिम भार १५० प्रतिशत लगाउनुको कुनै अर्थ छैन। जोखिम भार घटाउनुपर्छ।’

पूर्व अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्डले पनि बजार घटेको आइपीओ र हकप्रद ल्याउन धामाधम अनुमती दिएर सप्लाई मात्र बढाउनु तर माग सिर्जना नगर्नु गलत भएको बताए । ‘धितोपत्र बोर्डले पनि आफ्नो काम राम्रोसँग गर्नु पर्यो ‘ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत सेयर कर्जामा १२ करोड सिमा हटाउदा हुने धारणा राखे । ‘अहिले जोखिम भार १५० प्रतिशत लगाउन आवश्यक छैन, जोखिम भार घटाउनुपर्छ।’

उनले सरकारले गभर्नरलाई काम लगाउन नसक्ने र दोषमात्र लगाउने काम पनि उचित नभएको पाण्डेले बताए। सरकार पनि यस बिषयमा चुकेको उनको भनाइ थियो ।

हाल देशमा ऋण बढेको तर प्रतिफल नबढेको भन्दै उनले भने ‘अहिलेको अर्थतन्त्र ऋण लिन पनि नसक्ने र दिन पनि नसक्ने अवस्थामा छ’, उनले भने।

पाण्डेले सेयर बजारमा बैंकहरुले कुल ऋणको २ प्रतिशतमात्र होइन बढाएर ५ तथा बढी नै बनाउँदा पनि समस्या नहुने बताए।

उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले सरकारमा हुँदा सेयर बढ्ने र बाहिरिदा घट्ने गरेको भन्दै भने ‘हामीले लिने सही नीतिले सेयर बजार बढेको थियो’, पौडेलले भने, ‘त्यसैले सेयर बजारमा सुधार ल्याउन नीतिगत परिमार्जन हुन आवश्यक छ।’

उनले उद्योग–व्यवसाय र पुँजीबजारमा हाल देखिएका समस्या समन्वय तथा छलफलबाट समाधान सरकारलाई सुझाए ।

अबदेखी ६५% काम भएपछी मात्र हाइड्रोले आईपीओ ल्याउन पाउने, उत्पादन सुरु नहुँदासम्म संस्थापक सेयरको लकइन नखुल्ने

नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न थप कसिलो नियमहरु ल्याउने तयारी गरेको छ ।

आइपिओ जारी गरेर पैसा उठाएपछी आयोजनामा ध्यान नदिने, पैसा उठाएर संचालकले लापरबाही गरेको गुनासो बढेपछी धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गर्न लागेको छ ।

सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारी बीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले धितोपत्र दर्ता तथा निष्काशन नियमावली गर्ने संशोधनका विषयमा सहमति गरेको छ ।

कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ५० प्रतिशत काम सम्पन्न भएपछि मात्रै आइपीको लागि आबेदन दिन सक्ने बनाइनेछ भने अन्तिम स्विक्रिती भने भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश गरेपछि मात्र दिने गरी बोर्ड र इप्पानबीच सहमति भएको छ । सोही अनुसार नियमावली संशोधन हुनेछ ।

आइपिओबाट उठेको रकम बैंकको ऋण चुक्ता गर्न वा कम्पनीको चालु परियोजनाको काम सम्पन्न गर्न मात्र प्रयोग गर्ने सहमती भएको छ । साथै परियोजनाको प्रतिफल दर १२ प्रतिशतभन्दा बढी हुनु पर्ने भनी नियमावलीमा राख्न लागिएको छ ।

यस्तै नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका जलविद्युत कम्पनीले नयाँ परियोजनामा लगानी गर्ने गरी हकप्रद निष्काशन गर्ने निर्णय गरेमा कम्पनीको नेटवर्थ चुक्ता पूँजी भन्दा कम नरहेको हुनुपर्ने तर यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागू गर्ने गर्ने निर्देशिका संशोधन हुने भएको छ।

साथै सुचिक्रित कम्पनिले हकप्रद जारी गर्ने भए आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन भएको हुनु पर्ने नयाँ नियम लागु गर्न लागिएको छ । हाल हाइड्रोले ब्यापारिक उत्पादन नभएपनी हकप्रद जारी गर्न पाउछन ।

त्यस्तै, जलविद्युत परियोजनाले व्यवसायीक उत्पादन सुरु नहुँदासम्म संस्थापक सेयरको लकइन अवधि खुला नहुने गरी कानून संशोधन हुने भएको छ ।

यो ब्यबस्थाले लाइसेन्स लिएर आयोजना बनाउने भन्दा पैसा उठाउने र ३ वर्षको लकइन पिरियड सकिएपछी सस्थापक सेयर साधारण सेयरमा पारीणत गरी बेच्ने जस्ता धेर बिक्रिती रोकिने देखिन्छ ।

एक व्यवसायीलाई एक खर्बसम्म ऋण दिदा जोखिम नदेख्ने, कसैलाई १२ करोड दिदा जोखिम देख्ने -यो कस्तो हेराइ हो ?

0

अहिले को अर्थमन्त्री छ ? को गभर्नर छ ? भनेर कसैको पक्ष या कसैको विपक्षमा कुरा गर्नेभन्दा समस्या कहाँनेर छ र कुन तहबाट त्यो समस्या हल गर्नुपर्छ र कुन-कुन तहको समायोजन र समन्वयबाट ती समस्या हल गर्नुपर्छ भन्ने मुख्य जिम्मेवारी यो देशको प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीले आफू मातहतका निकायसँग समन्वय गरेर म रिजल्ट निकाल्छु भनेको त मैले नै दुई-तीन पटक सुनिसकेँ । तर, खोई त ! बसेको खोइ ? छलफल गरेको खोई ? आफ्नो तहबाट समस्या समाधान हुने बाटो छैन भने सम्भव भए अर्थशास्त्रीहरु पनि बोलाएर सोधे पनि हुने हो । प्रतिपक्षी दललाई पनि राखेर कुरा गरे हुने हो । तर, पहल खोई ?

अहिले उठेका कतिपय कुराहरु प्रधानमन्त्रीको भारत भ्रमण होस् या चीन भ्रमण होस् या त संयुक्त राष्ट्रसंघको भ्रमण होस्, त्यो सँग पनि सम्बन्धित विषय थिए । तर, आजको मितिमा कुनचाहिँ विषय सम्बोधन भइरहेको छ ? केही पनि त भइरहेको छैन । त्यसो हुनाले तपाईंहरुका जुन समस्या छन्, ती समस्या पहल नभएर समाधान नभएका हुन्, पहल गर्नेवित्तिकै ती समाधान हुन्छन् भन्ने मेरो मान्यता हो ।

अब यहाँ अरु दुई-तीनवटा कुरा उठेका छन्, जसलाई मैले छोटोमा भन्नुपर्दा खेरी के भन्न चाहन्छु भने एउटा अर्थतन्त्रमा दुई वर्षयताका जति पनि परिसूचकहरु छन्, कुनै परिसूचक ठिक ढंगले सकारात्मक रुपमा अघि बढेका छैनन् भन्ने नेपाल उद्योग तथा व्यवसायी महासंघको विज्ञप्तिमा पनि छ, अघि बोल्ने वक्ताहरुले पनि भनिसक्नुभयो ।

दुई वर्षयता अर्थतन्त्रको संकुचन भयावह भएर गएको छ । समग्र व्यापार २०-२५ प्रतिशतले संकुचन भइरहेको छ । त्यसमा निर्यात झन्डै-झन्डै आधा हुने स्थितिमा पुगिसक्यो । जब निर्यात आधा हुँदै छ भने त्यससँग सम्बन्धित उद्योगी व्यवसायीको स्थिति के भयो हामी स्वतः अनुमान गर्न सक्छौं । बजारमा बस्तुको माग छैन । एलसी खुल्दैन । आयात कम हुन्छ अनि विदेशी मुद्रा अलिकति रेमिट्यान्सको पैसा बच्छ । अनि त्यसैलाई घुमाइफिराइ अर्थतन्त्र सकारात्मक छ भनेर सुन्दा-सुन्दा कान पाकिसक्यो ।

केही पनि भएको छैन । आर्थिक वर्षको हिसाबले दुई वर्षअगाडिको आयात तीन खर्बले कम भएको छ । त्यो तीन खर्ब दुई वर्षअगाडिको बराबरको आयातको हिसाब गर्ने हो भने अहिलेको सञ्चिति पहिलेको तहभन्दा कम हुन्छ । त्यति गर्दा पनि जति विदेशी मुद्रा सञ्चिति छ, त्या पनि दुई वर्षअघिको जति बल्ल पुग्दैछ । अरु के चाहिँ भएको छ र ? त्यसो भएको हुनाले मुख्य कुरा त के भने सरकारले यथार्थलाई बुझोस् । तुष्टि लिएर नबसोस् । अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ, त्यसलाई समाधान गर्नुपर्छ भन्ने बुझोस् ।

केही समयअगाडि उद्योग परिसंघको कार्यक्रममा प्रधानमन्त्री स्वयंले अर्थतन्त्र संकटमा छ भन्नुभएको छ । संकट भन्ने शब्द पनि प्रयोग गर्नुभएको छ । यद्यपि, हामीले संकटउन्मुख मात्र भनिरहेका थियौं । उहाँले संकटमै छ भन्नुभयो । संकटमा अर्थतन्त्र भइरहेको सरकारको रवैयाचाहिँ यस्तै हुन्छ ? संकट छ भने त इमर्जेन्सीमा केही काम गर्नुपर्‍यो नि ! खोई त त्योचाहिँ भएको ? त्यसो हुनाले मलाई के लाग्छ भने बोल्दिने अनि चल्दिने भइरहेको छ । त्यसकारण सरकारले यी कुराहरु सुनोस् भन्ने मलाई लाग्छ ।

अर्को एउटा कुराचाहिँ के देखिरहेको छु भने जिम्मेवारीपन छैन । प्रधानमन्त्रीले भन्नुहोला, अर्थमन्त्री नेपाली कांग्रेसको हो, अर्थ मन्त्रालय कांग्रेसको भएको हुनाले अर्थतन्त्र सुधार्ने काम पनि नेपाली कांग्रेसकै हो भन्ने लागेको होला । नेपाली कांग्रेसलाई लाग्ला, प्रधानमन्त्रीको नेतृत्वमा पार्टी सरकारमा गएको छ, माओवादी केन्द्रले गर्ने होला । उहाँहरु दुवै जना मिलेका बेला यो त राष्ट्र बैंकका गभर्नरले गर्ने हो, त्यसकारण गभर्नरले नै अर्थतन्त्र ठिक गर्ने भन्ने होला । गभर्नरले के भन्ने होला, यी सबै समस्या संरचनागत कुरा हुन्, हामीले मात्र त के गर्न सक्छौं र ? हामीले त अरुका पनि कुरा सुन्नुपर्छ । अनि आफ्नो जिम्मेवारीचाहिँ अरुलाई सार्ने तर आफ्नो जिम्मेवारीचाहिँ पालना नगर्ने ।

अर्काको क्षेत्रमा हस्तक्षेप गर्ने, चाहे त्यो अर्थ मन्त्रालयले राष्ट्र बैंककोमा होस्, चाहे अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा होस्, यी दुवै कुरा उपयुक्त होइनन् । आ-आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्वक निर्वाह गरौं न । बाँकी कुराहरु हुँदै जान्छ । न राष्ट्र बैंकले धितोपत्रको बजारमा त्यति धेरै हस्तक्षेप गर्नुपर्छ ।

सामान्य कुरा हो, हिजो म आफैं गभर्नर थिएँ । दुई प्रतिशतभन्दा बढी सेयर बजारमा एक्सपोजर नगर है भनेको थिएँ, त्यही दुई प्रतिशत आज लगाइयो भने पनि ३०-४० अर्ब त आज बजारमा जान्छ त । ३०-४० अर्ब बजारमा गयो भने त बजार चलायमान भइहाल्छ । अनि एउटा व्यवसायीलाई एक खर्बसम्म ऋण दिँदाखेरि त्यहाँ जोखिम हामी देख्दैनौं, एउटा कसैले १२ करोड लगानी गर्‍यो भने त्यहाँ हामी जोखिम देख्छौं । यो जोखिम देख्ने र बुझ्ने प्रक्रिया पनि बुझिएन । त्यो पनि बेकारको कुरा हो भन्ने मेरो ठम्याइ हो ।

अर्को कुरा, हिजो सेयर बजार ३२ सय हुँदाखेरि मैले पनि बजार ओभर हिटर भयो भनेकै हुँ । तर, जब बजार २५ सयभन्दा तल जान थाल्यो, ओभर करेक्सन हुन्छ कि भनेर मैले पनि भनेकै हो । बजार ओभर करेक्सन भइराख्यो भने जोखिम भारचाहिँ १५० प्रतिशत नै राखिरहनुपर्छ र ? त्यो त साइक्लिकल कुरा हो । जब बजार धेरै माथि जान्छ, त्यसबेला जोखिमको प्रबन्ध गर्ने हो । काउन्टर साइक्लिकल मेजर भनेको राष्ट्र बैंकको पनि त्यही हो । जुनबेला बुम हुन्छ, त्योबेला काउन्टर साइक्लिकलको कुरा हो । अहिले अर्थतन्त्र नै मन्दीमा छ, के को काउन्टर साइक्लिकल ?

अहिले त बुस्टर दिनुपरिरहेको हुन्छ । त्यसो भएको हुनाले सेयर बजारमा सानोतिनो करेक्सन हुँदाखेरि धेरै हुनेवाला केही छैन तर मनोबल त बढ्छ नि ! त्यो बढेको मनोबलले गर्दाखेरि हतारिएर सेयर बेच्ने प्रवृत्ति त घट्छ नि ! त्यसले गर्दा सेयर बजारमा मूल्यमा पहिरो जाने क्रम त रोकिएला नि !

अर्को, धितोपत्र बोर्डलाई मेरो अनुरोध, किन यति धेरै बाढी ल्याउनुहुन्छ आईपीओको ? भएकाको संरक्षण पो गर्नुपर्ला त ! त्यो हिसाबले गर्दा मलाई के लाग्छ भने अत्यधिक धेरै बजारलाई स्टेबलाइज गर्ने कुरामा राष्ट्र बैंकभन्दा धितोपत्र बोर्डको भूमिका बढी हुन्छ । त्यो भूमिका पनि हामीले समीक्षा गर्नुपर्छ । हरेक निकाय आ-आफ्ना जिम्मेवारीबाट उम्किन मिल्दैन । धितोपत्र बोर्डको अध्यक्षले पनि उम्किन मिल्दैन । राष्ट्र बैंकको गर्भनर पनि उम्किन मिल्दैन । सबैभन्दा बढी प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन ।

अहिलेको समस्या हल गर्नमा मौद्रिक नीतिमा चालु पुँजीकर्जा मैले भनिसकेको छु, कारोबारको ५० प्रतिशतसम्म दिँदा यो देशमा केही बिग्रिनेवाला छैन । यो मैले पहिले पनि भनेको छु ।

अर्थतन्त्र अनौपचारिकीकरण भयो । कालोबजारीकरण भयो । राजस्वको आधार खुम्चियो । गैरकानुनी कारोबार बढ्न थाल्यो । यो सबै कारण हाम्रो विदेशी मुद्रा सञ्चिति बिग्रिन थाल्यो । राष्ट्र बैंकले कडाइको नीति लिनुपर्‍यो । हामीले सल्लाह दिएर राम्रो काम हुन्छ भने हामी सल्लाह दिन तयार छौं । हामी सबैको हित एकै हुनुपर्छ । लामो समय सार्वजनिक सेवा क्षेत्रमा काम गरेको हुनाले केही काम गर्न सकिन्छ भन्ने विश्वास छ । सरकारमा हुनेहरुलाई पनि त्यो विश्वास जाग्न आवश्यक छ ।

(नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार आयोजना गरेको ‘निजी क्षेत्रसँग नेकपा एमाले’ कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्त गरेको विचार)