Home Blog Page 189

काठमाडौं महानगरको टोली पठनपाठन भए/नभएको अनुगमन गर्न निस्कियो

0

काठमाडौं महानगरपालिकाको टोली विद्यालयहरुमा पठनपाठन भए/नभएको अनुगमनमा निस्किएको छ । टोलिमा उपमेयर पनि रहेकी छिन ।

पठनपाठन अवरुद्द रहेछ भने अनुगमनकै क्रममा टोलीले निर्णय गरेर कारबाही गर्ने तयारी महानगरको रहेको छ ।

बुधबारबाट देशभरिका विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं केन्द्रित आन्दोलनमार्फत सरकारले ल्याएको शिक्षा विधेयकको विषयमा उनीहरुल बिरोध गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले शिक्षा विधेयकमा असहमति रहेको भए पनि पठनपाठन अबरुद्ध गरेर आन्दोलन गर्न नहुने र गरेमा कारबाही गर्ने भनेको थियो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालयमा पठन पाठन बन्द भएमा कानुनअनुसार कारबाही गरिने जनाउ दिएका छन् ।

यता आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको काठमाडौं महानगरपालिका समितिले भने आफूहरुले बिदाका दिनमा विद्यालय खोलेर पठनपाठन गराउने र काठमाडौं महानगरपालिकाले निकालेको विज्ञप्ति धम्कीपूर्ण र खेदजनक भएको पनि जनाएको छ ।

५ लाख कित्ता एनआईसी एसिया बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य ३६०

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

एनआईसी एसिया बैंकको संस्थापक समूहको विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्ने ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ। आबेदन दिदा ३६० रुपैया वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

आबेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने ब्यबस्था मिलाईेको छ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ।

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल

0

एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् ।

सञ्चालक समितिको बैठकले बस्याललाई असोज ७ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सुनको मुल्य घट्यो

0

सुनको मुल्य आज बिहीवार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ।

सिद्धार्थ क्यापिटलले २५% लाभांश दिदै

0

सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि २५ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले कम्पनिको १२औँ वार्षिक साधारणसभा असोज २५ गते काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा अपराह्न ४ बजेबाट सुरु हुने गरी बोलाएको छ ।

सभाले प्रस्तावित लाभांश स्वीकृत गर्नेछ साथै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

दैनिकजसो सर्किट हानिरहेको शुभम पावरको आधारभुत र प्राबिधिक अवस्था कस्तो ?

हिजो आज दैनिक जसो एउटा कम्पनी टप गेनर्स को लिस्टमा आईरहेको छ । त्यस कम्पनिको नाम हो , शुभम पावर कम्पनी लिमिटेड ।

यस कम्पनिको आधारभुत पक्षहरुलाई हेर्दा यस कम्पनिको चुक्ता पुजी २० करोड रहेको देखिन्छ । जसमा ३० प्रतिसत पब्लिक सेयर रहेको छ भने ७० प्रतिसत प्रोमोटर सेयर रहेको देखिन्छ ।

यस कम्पनीको क्वाटर टु क्वाटर ग्रोथ पनि घटेको देख्न सकिन्छ । आर्थिक बर्ष २०७९-८० को तेश्रो क्वाटर र चौथो क्वाटर लाई तुलना गर्दा नेट प्रोफिट ६८.०४ प्रतिसतले घटेको देखिन्छ । तेश्रो क्वाटरमा नेट प्रोफिट ५० लाख हाराहारी रहेको भएता पनि चौथो क्वाटरमा नेट प्रोफिट घटेर २१ लाख रुपैया हाराहारी भएको देखिन्छ । त्यस्तै चौथो क्वाटरमा ग्रोस प्रोफिट पनि तेश्रो क्वाटरको तुलनामा १३.२५ प्रतिसत घटेको देखिन्छ ।

यस कम्पनिको बुक भ्यालु ९२.०५ रहेको छ भने प्राइस टु बुक भ्यालु १०.६ रहेको देखिन्छ ।

यस कम्पनिको प्रतिसेयर आम्दानी (ईपियस ) १.०६ रहेको देखिन्छ । प्राइस टु अर्निङ (पिई) रेसियो ९०३.५२ रहेको छ । यस हिसाबले हालको मुल्यमा यो कम्पनी किन्दा १ रुपैया रिटर्नको लागि रु ९०३.५२ लगानी गरेको अर्थमा बुझिन्छ ।

प्राबिधिक रुपमा हेर्दा एमएसिडी मा बाइ सिग्नल कायम छ । बोलिङ्गर ब्यान्डमार्फत हेर्दा प्राइस अपर ब्यान्डमा रहेको छ ।

आरएसआइ मार्फत हेर्दा ८१ को बिन्दुमा पुगेर ६७ सम्म झरेर अहिले ७१ को बिन्दुमा रहेको देखिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरबउट जोन र ७० को बिन्दुलाई ओभरसोल्ड जोनको रुपमा हेरिन्छ । ओभरबउट जोनमा पुगेसी मुल्य तल खस्न सक्छ भन्ने बुझिन्छ । तर ७० पुग्नेबित्तिकै मुल्यमा गिरावट आउछ भन्ने चाही होइन तर सतर्क रहनुपर्छ भन्ने अर्थमा बुझिन्छ ।

यस कम्पनिको प्राइस ट्रेण्ड हेर्दा पम्पिङ एन्ड डम्पिङ गर्न खोजेको यस कम्पनिको प्राइस ट्रेण्ड हेर्दा पम्पिङ एन्ड डम्पिङ गर्न खोजेको आसङ्का गर्न सकिन्छ ।

समग्रमा बोलिङर ब्यान्ड र आरएसआइ मार्फत हेर्दा यसको मुल्य जुन सुकै बेला तल झर्न सक्ने भएकाले सतर्क रहनुपर्ने सङ्केत गर्छ भने पिई रेसियोलाई हेर्दा यो कम्पनी ओभरप्राइड वा ओभरभ्यालुड भएको बुझ्न सकिन्छ ।

नोट :यो बिस्लेषणात्माक जानकारी बाइसेल रेकोमेन्डेसन होइन । लगानी गर्नु आँफै अघी अध्ययन अनुसन्धान गर्नु उचित हुन्छ ।

रु १ बुक भ्यालु भएको कम्पनिको बजार मुल्य १४५ ?

हाल दोश्रो बजारमा कारोबार भईरहेको एउटा यस्तो कम्पनी भेट्टायौ , जसको बुक भ्यालु रु १.११ रहेको छ ।

हाल सेयर बजारमा सबैभन्दा कम बुक भ्यालु रहेको कम्पनी नै यै रहेको देखिन्छ । यो कम्पनी बुक भ्यालुको हिसाबले १३० गुणा भन्दा बढी महङ्गो रहेको देखिन्छ । यानिकी प्राइस टु बुक भ्यालु १३०.६ रहेको देखिन्छ ।

उक्त कम्पनिको नाम हो दिव्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) हो ।

सामान्यतया लगानिका लागि प्राइस टु बुक भ्यालु १ देखी ३ सम्मको स्टकलाई पिबी रेसियोको हिसाबले लगानिका लागि उपयुक्त मान्ने चलन छ । कतिपयले त पिबी रेसियो ३ भएकोलाई पनि ओभरभ्यालुड मान्ने गर्दछन । जस्तो कि अहिले धेरै जस्तो बैंकहरु पिबी रेसियो १ देखी २ को हाराहारी मा रहेकोछ । तर पनि लगानिकर्ताले रुचाएर धेरै लगानी गरेको देखिन्दैन ।

तर कतिपय कम्पनी जसको प्रोफिट मार्जिन र क्वाटर टु क्वाटर रेभीन्यु ग्रोथ २०- २५ प्रतिसत वा सोभन्दा बढी रहेको हुन्छ त्यस्ता कम्पनीको हकमा भने पिबी रेसियो बढी भएतापनी लगानी गर्नका लागि उपयुक्त नै मानिन्छ । किनकी यस्ता कम्पनिले राम्रो सङ्ग ब्यवसाय बिस्तार गरिरहेका हुन्छन ।

तर यो कम्पनि भने त्यस्तो बिशेष कम्पनी भएर पिबी रेसियो १३०.६ भएको भने होइन ।

यो कम्पनिको पिई रेसियो र प्रतिसेयर आम्दानी ( ईपीयस ) दुइटै माइनस (ॠणात्मक ) रहेको देखिन्छ । यो कम्पनिको पिई रेसियो माइनस १०.०१ रहेको देखिन्छ भने ईपियस पनि माइनस १४.४८ रहेको देखिन्छ ।

यस्ता कम्पनिमा सोझा लगानिकर्ता फस्ने सम्भाबना हुन्छ । त्यसैले यस्ता कम्पनिहरु किन्दा बिशेष ध्यान पुर्‍याउनु जरुरी देखिन्छ । सामान्य लगानिको सिद्धान्तलाई हेर्ने हो भने यो कम्पनिमा लगानी गर्नु उपयुक्त देखिन्दैन ।

केयरले घोराही सिमेन्ट लगायतको रेटिङ कानुनबिपरित गरेको ठहर, ५० हजार रुपैयाँ जरिवाना

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिले केयर रेटिङले कानुन विपरित रेटिङ गरेको ठहर गर्दै केयर रेटिङलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धि ऎन कानुन विपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बोर्डले केयरमाथि कानुनी कारबाही गरेको हो ।

धितोपत्र बोर्डले सुपरिबेक्षणका क्रममा केयर रेटिङले कानुन बिपरित रेटिङ गरेको भेटेको थियो ।

बोर्डले रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेको भन्दै धितोपत्र बोर्डले गत पुस २८ गते धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भन्दै केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो।

केयर रेटिङले कानुन बिपरित रेटिङ नगरेको स्पस्टिकरण दिएको थियो । स्पष्टिकरण सोधेको लामो समय सम्म कारबाही प्रकृया अगाडि बढेको थिएन । त्यसै सन्दर्भमा बोर्ड अध्यक्ष हमालले असार ७ गते सुपरिबेक्षण बिभागको प्रमुखलाई असार १५ गतेभित्र सञ्चालक समिति बैठकमा केयरलाई कारबाही गर्ने प्रस्ताव पेस गर्न निर्देशन दिएका थिए ।

केयरले नियम बिपरित घोराही सिमेन्ट लगायत धेरै कम्पनिको रेटिङ गरेको पाईएको छ । केयरले कानुन बिपरित गरेको रेटिङका आधारमा घोराही सिमेन्टलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै बोर्डको अहिलेसम्म आलोचना भईरहेको छ ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

रेटिङ नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तिमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोर रेटिङ उद्घोषणमा खुलाउनुपर्ने भनेको छ ।

केयर रेटिङमा विशाल गुप्रको करिब २० प्रतिशत स्वामित्व भएकाले केयरले बिशाल ग्रुपको लगानि रहेको कम्पनिमा रेटिङ गर्न पाउदैन ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी शेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्था विपरित केयरले विशाल गुप्रको १० प्रतिशत भन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

१६ अङ्कले बढ्यो नेप्से , शुभम पावरको पोसिटिभ सर्किट

0

आज सेयर बजार 16.24 अङ्कले बढेको छ । आज ०.८२ प्रतिसतले बढ्दै सेयर बजार १९८५.४३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १८२ कम्पनिको मुल्य बढेको छ भने ३६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १७ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा शुभम पावर, थ्रीस्टार हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर ,बलेफी हाइड्रोपावर , अभियान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा ईमर्जिङ नेपाल, बिशाल बजार कम्पनी, ओरियन्टल होटल लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स , ओरियन्टल होटल, एनआइसिए एसिया बैंक, माछापुछ्रे बैंक , शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

हाइड्रोपावर बनाउनका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा कमी हुन नदिने बातावरण बनाउने बताएका छन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई व्यापार घाटाको अन्त्य जलबिध्युत क्षेत्रले गर्नेमा आफु विश्वस्त रहेको भन्दै उर्जा क्षेत्रमा लगानिको कमी हुन नदिने उनले बताएका छन ।

इप्पान अध्यक्ष गणेश कार्कीले विद्युत आयोजनाको विकास गर्न लगानीको समस्या आउन नदिन आग्रह गरेका थिए। जबाफमा गभर्नर अधिकारीले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने सक्ने भएकाले यस्ता पारीयोजनामा लगानिको कमी हुन नदिने बताए ।

इप्पान अध्यक्ष कार्कीले बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन, २०० मेगावाट भन्दा ठूला आयोजनालाई आधारदरमा १ प्रतिशतमात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत आयोजनामा कार्यान्वयन गरिदिन, निर्माणाधिन अवस्थाको ब्याज आम्दानीबाट समेत लाभांश बाँड्न पाउने यसअघिकै व्यवस्थालाई निरन्तरता दिने ब्यबस्था गरिदिन भनेका थिए ।

त्यस्तै, नेपाली बैंक वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज महँगो भएकोले सरकारको जमानतमा अन्तर्राष्ट्रिय बजारबाट ग्रीन बन्ड वा जलवायु बन्डका माध्यमबाट वित्तीय स्रोतको जोहो गरी राष्ट्र बैंकमार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा पुनरकर्जाको व्यवस्था गरिदिन, अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आवश्यक हेजिङ, लगानी तथा लाभांश र लगानी फिर्तासम्बन्धी नीति नियम सहज, छिटो र पारदर्शी बनाईदिन,

त्यस्तै, सञ्चालनमा रहेका आयोजनाको जोखिम भार ५० प्रतिशत र निर्मााणाधिन आयोजनाको ७५ प्रतिशत कायम गरिदिन र विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरु पुनर्निर्माण तथा निर्माण सम्पन्न गर्न र यी आयोजना रुग्ण हुनबाट बचाउन ब्याज अनुदान तथा पुनरकर्जा, ब्याज पुँजीकरण, कर्जा पुनर्संरचना तथा मोराटोरियम प्रियड थप गर्नेलगायतका आवश्यक नीतिगत व्यवस्थाका लागि अनुरोध गरेका थिए ।

त्यस्तै हालको ब्याजदर महङ्गो भएको भन्दै कम गर्नका लागी आबव्यक ब्यबस्था तथा आबस्यक निती बनाइदिन आग्रह गरेका थिए ।