Home Blog Page 188

६२ हजार बढी कित्ता माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

0

माछापुच्छ्रे बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

यो सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन मिल्ने गरी ३५ दिनको म्याद दिइएको छ।

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

राष्ट्र बैंकले रु. १८.७१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, भोली बोलकबोल

नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने निर्णय गरेको छ।

असोज ९ गते जारी हुने गरी २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकको तयारी रहेको छ । राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने गरी प्रकृया अगाडि बढाईएको हो । यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन ।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमागत रुपमा बाडफाड हुनेछ ।

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्न आज सम्म सेयरधनी बनिसक्नु पर्ने छ । यसको अर्थ आज माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

बैंकले लाभांश वितरण वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हुनाले आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज १८ गते कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेगरी गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

१४.२ किलोभन्दा बढी तौलका सिलिन्डर भेटिए कारबाही गर्ने निगमको चेतावनी

0

नेपाल आयल निगमले एक सुचना जार गर्दै १४.२ किलो तौलभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण नगर्न निर्देशन दिएको छ ।

निगमले सूचनाविपरीत बढी तौलको ग्यासहितको सिलिन्डर बजारमा भेटिए नियम अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

निगमले बिहीबार सूचना जारी गरी १४.२ किलोभन्दा बढी ५० किलो र ४५० किलो क्षमताको सिलिन्डरमा ग्यास भरेर बिक्री गरिरहेको भए तत्काल बन्द गर्न अनुरोध गरेको छ ।

त्यस्तै निगमले १४.२ किलोभन्दा बढी क्षमताको सिलिन्डरको प्रयोग गर्नु गैरकानुनी भको भन्दै त्यस्ता सिलिन्डरको प्रयोग नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

आयल निगमको सूचनालाई ग्यास विक्रता महासंघले स्वागत गरेको छ ।

प्रिमियममा ९७ लाख कित्ता आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

0

सोनापुर मिनरल्स एन्ड आयलले यही असोज १४ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री गर्ने छ । कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ जारी गर्नेछ ।

स्थानीयलाई जारी गर्दा स्थानियले नकिनेको १४ लाख ३ हजार ५ कित्ता सेयर पनि सर्बसाधारणका लागि थपिनेछ ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो।

कम्पनिले स्थानियबासीका लागि आइपिओ बाडफाड गरिसकेको छ । तथापी स्थानियलाई जारी गरेको आइपिओ थोरै मात्र बिक्री भएको थियो त्यसैले १४ लाख हाराहारी कित्ता सर्बसाधारणका लागि थपिएको छ ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बिक्री गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

सोनापुर मिनरल्सको आईपीओको निष्कासन बन्द छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते बैंकिङ समयपछि हुनेछ।

आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

हकप्रद नबिकेपछी अपर तामाकोशीले आवेदन दिने म्याद थप्यो

0

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरेको छ। मागबमोजिम आवेदन नपरेको भन्दै कम्पनिले हकप्रद भर्न यही असोज २२ गतेसम्म पाउने व्यवस्था मिलाईएको हो।

कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।

हकप्रद निष्कासनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको कारण साउन २५ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रदमा भर्न योग्य हुनेछन ।

लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेर कम्पनिले चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुर्याउने लक्ष राखेको छ ।

दुई महिनामा ५ अर्ब ४३ करोडको विद्युत् निर्यात

0

चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपाल बिध्युत प्राधिकरणले ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

साउन महिनामा १ अर्ब ९४ करोड ८४ लाख र भदौ महिनामा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो ।

दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।

साउनमा प्रतियुनिट औसत बिक्री दर ८ रुपैया १३ पैसा रहेको छ भने भाद्र महिनामा औसत प्रतीयुनिट १२ रुपैयाँ २७ पैसा रहेको छ । दुई महिनाको औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

आन्दोलनरत शिक्षकका जायज माग पुरा गर्न एमालेको दबाब

0

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकका जायज माग पुरा गर्न सरकारलाई दबाब दिएको छ ।

एमाले संसदीय दलका सचेतक नेतृत्वको टोलीले बिहीबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी तत्काल जायज माग पुरा गरी बिद्यालय खोल्ने बातावरण बनाउन आग्रह गरेको छ ।

शिक्षामन्त्री राईले शिक्षकका माग पुरा गर्न पहल भइरहेको जानकारी गराएका थिए ।

पुँजीबजारसहित वित्तीय क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयको ८ बुदे निर्णय

अर्थ मन्त्रालयले वित्तीय क्षेत्रको सुधारका लागि ८ बुँदे निर्णय गरेको छ।

गत असोज २ गते अर्थ मन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले ती निर्णय गरेको हो।

निर्णय पहिला नै गरिएको भएपनी आज मात्र सार्वजनिक गरिएको हो ।

बैठकमा वित्तीय क्षेत्रको समीक्षा गरी यि ८ निर्णयहरु गरेको हो ।

यस्ता छन् ८ निर्णय

१. नेपाल राष्ट्र बैक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरु संशोधनको प्रक्रियालाई शीघ्रता दिने। डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने।
२. वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारका विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने।
३. वित्तीय क्षेत्र, पुँजीबजार र बीमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने। नियामक निकायको क्षमता अभिवृद्धि गर्ने कार्यलाई सम्वन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउने।
४. सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनसमेतलाई आधार मानी पुनरावलोकन गर्ने।
५. विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने।
६. रेमिट्यान्स बन्ड जारी गर्न कार्ययोजन तयार गर्ने। यसका लागि आवश्यक परेको खण्डमा कानुनीसमेत गर्ने।
७. उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने। लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन सम्बन्धमा प्रभावकारी नियमन गर्ने।
८. उल्लेखित निर्णयहरु कार्यान्वयनका लागि सम्बन्धित निकायले दुई हप्ताभित्र कार्ययोजना तयार गरी समितिको अर्को बैठकमा पेस गर्ने।

स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटल लिमिटेडद्वारा आईपीओ जारी गर्ने निर्णय गरेको छ ।

आईपीओ निष्काशनकोका आबस्यक प्रकृयाका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले सहयोग गर्ने भएको छ ।

स्टार हस्पिटल लिमिटेडले रु. ४० करोड शेयरपूँजी बराबरको रु. १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

आइपिओबाट प्राप्त रकमबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु थप गर्ने र उपचार सेवाकेन्द्र विस्तार गर्ने योजना रहेको छ ।

केही प्रख्यात विदेशी अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गर्ने हस्पिटलको योजना रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रको तर्फबाट हस्पिटल मध्ये आइपिओ जारी गर्ने पहिलो हस्पिटल हुने दाबी गरिएको छ ।