Home Blog Page 187

आजबाट हवाई टिकटमा १३ प्रतिसत भ्याट लाग्ने

0

आजबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु पर्ने भएको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको हवाई टिकटमा लागेको कर कार्यान्वयनमा आएको हो ।

आन्तरिक वायुसेवाले साउन १ देखि नै कर तिरेपनी अन्तर्राष्ट्रिय उडानका वायुसेवाले गलत निर्णय भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा दाँयर गरेका थिए ।

सर्वोच्च अदालतले साउन १४ मा हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश दिएको थियो तर तीन साताअघि यो आदेसलाई निरन्तरता नदीई खारेज गरेको थियो । व्यवसायीले गरेको माग अदालतको आदेशबाट खारेज भएपछी अब हवाइ सेवामा भ्याट कार्वान्वनमा आएको हो ।

नेपालमा सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाहरूको छाता संस्था बार्नका अनुसार नेपालबाट बाहिर जाने सबै वायुसेवा हवाई टिकटमा भ्याट लाग्नेछ ।

यस्तो भ्याट लगाउन विभिन्न वायुसेवामा एउटै संकेत (कोड) हुने र वायुसेवाले जारी गर्ने सबै प्रकारका हवाई भाडामा भ्याट थप हुने भएको छ । उक्त कोड अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)बाटै तय भएर आउनेछ ।

हवाई टिकटमा १३ प्रतिशतले भ्याट लाग्ने भएपछी टिकट महङ्गिने भएको छ ।

सरकारले भ्याट लगाएको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । सरकारले जेठ १५ मा बजेट ल्याएको थियो । नयाँ कर घोषणा गरेको एक महिनापछी लागु हुने भएकाले हवाई टिकटमा कानुनतः असार १६ देखिकै कर तिर्नुपर्ने देखिन्छ ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणलाई असोज १८ बाट खुला हुँदै

0

माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि असोज १८ गतेदेखि आईपीओ जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता आईपीओ सर्बसाधारणका लागि छुट्याएको थियो। त्यसको १० प्रतिशतले हुने १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

कम्पनिले ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ , कुल कित्ताको ५ प्रतिसत हो ।

कम्पनिले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बाडफाड गरिसकेको छ भने स्थानिय बासिन्दाले नभरेको ९ हजार २०० कित्ता सर्वसाधारणलाई थप गरिएको छ । यसरी कम्पनिले कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गर्ने भएको छ ।

आबेदकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सेयर बजारमा सोझा लगानिकर्ता डुबाउने खतरनाक खेल !

आजकल सेयर बजारमा सोझा लगानिकर्ता डुबाउने खतरानाक खेल हुन थालेको देखिएको छ । त्यो खेल हो, सर्किट लगाउने र पम्पिङ एन्ड डम्पिङको खेल ।

आजभोलि कारोबार भएका कम्पनिको २:५५ सम्मको सर्बाधिक कमाउने ( टप गेनर ) र सर्बाधिक गुमाउने (टप लुजर) हेर्नु र ३ बजे पछीको यो सुची हेर्नु मा आकाश पातालको फरक हुन थालेको छ ।

यसको कारण हो, अन्तिम समयमा अप्राकृतिक रुपमा सर्किट लगाउनु । नियमले भन्छ , एउटा कारोबार र अर्को कारोबारमा २ प्रतिसतको मात्र मुल्यको फरक हुन सक्छ । त्यो भन्दा बढी बढाउन र घटाउन पाइन्दैन । तर नेपालको कानुन दैबले जानुन भने जसरी यो नियमको खिल्ली उडाइन्छ । यो नियमलाई काट्न मार्केट अप्सनको दुरुपयोग गर्ने गरेको पाइएको छ । तर पनि नियामक निकाय कानमा तेल हालेर बसिरहन्छ ।

यसरी २ प्रतिसत घटबढको नियम यहाँ एकपटक वा आक्कल झुक्कल मात्र तोडिएको भने हैन । अहिले यसलाई साना तथा सोझा लगानिकर्ता फसाउने अस्त्रकै रुपमा प्रयोग गर्ने कोशिस गर्न थालिएको छ ।

नियमले भन्छ , दुई प्रतिसत भन्दा बढी घटबढ गर्न हुँदैन – गर्न पाईदैन तर यहाँ खुल्लम खुल्ला १० प्रतिसत भन्दा बढी बढाईएको पाइएको छ । हामीले अध्ययन गर्दा अन्तिम ५ मिनटमा २० प्रतिसत भन्दा बढी सम्म बढाएको पाएका छौ । कुनै कम्पनी दिनभर घट्छ , २:५५ सम्म नेगटिभ सर्किट लेभलमा कारोबार भईरहेको हुन्छ , त्यसको ५ मिनटपछी ३ बजे सो कम्पनिले पोसिटिभ सर्किट लेभलमा बन्द हुन्छ , अनी फेरी भोलिपल्ट १० प्रतिसत घटेर कारोबार हुन्छ । यो बढाउदा सिधै मार्केट अप्सनको दुरुपयोग गरिन्छ । अझ रोचक कुरा त दिनभर त्यही ब्रोकरले ठुलो परिमाणमा हजारौ कित्ता बेच्छ अनी थोरै कित्ता किनेर सोही ब्रोकर अन्तिम ५ मिनटमा २० प्रतिसत बढाउछ । यसलाई बिस्लेश्ण गर्दा सिधै चलखेल भएको भन्न सकिन्छ र पम्पिङ एण्ड डम्पिङ गरेको अनुमान लगाउन सकिन्छ ।

किन लगाइन्छ त सर्किट अन्तिम समयमा ?

हामीले सर्किट किन लगाइन्छ भनेर अनुसन्धान गर्दै जादा, यस्तो तथ्य फेला पार्यौ कि त्यो सुनेर तपाईं चकित हुन सक्नु हुन्छ ।

हामीले यसको दुई मुल्य कारण रहेको पायौ , पहिलो कारण भनेको जसले यसरी बढाउछ – त्यसले पहिला नै टन्न किनेर आफु सङ्ग राखेको हुने रहेछ । जस्तो आईतवार उक्त कम्पनिको सेयर किन्ने , मङ्लबार उक्त कम्पनिको सर्किट लगाउने , अनी बुधवार बेच्ने । दश प्रतिसत सर्किट लगाएपछी उक्त कम्पनिको मुल्य घट्न त घट्छ तर बिस्तारै घट्दै जादा बेच्दै जाने , उक्त सर्किट लगाएको कम्पनिको सेयर ७-८ प्रतिसत घटेको बेला बेच्दा पनि त्यसरी सर्किट लाएर बेच्ने ब्रोकर वा समुहलाई फाईदा नै हुदो रहेछ । १ प्रतिसत घट्दा बेच्ने , २ प्रतिसत घट्दा बेच्ने ……………. ८ प्रतिसत घट्दा बेच्ने, यसरी बेच्दै जादा पनि यस्तो चलखेल गर्ने गिरोहलाई फाईदा नै हुदो रहेछ ।

अर्को तरिका भनेको पहिला धेरै कित्ता किन्ने , त्यसपछी त्यसरी नै सर्किट लगाउउदै जाने ४-५ दिन सम्म , त्यसरी सर्किट लगाएपछी आफ्नो सेयर बेच्न थाल्ने , दिनभर बेच्ने अनी अन्तिम ५ मिनटमा यसरी नै फेरी सर्किट लगाउने । यसरी सर्किट लाउनुको फाईदा चाँही अघिल्लो दिनको क्लोजिङ मुल्यको १० प्रतिसतमात्र घटबढ हुने नियम रहेको छ । यही नियमको फाईदा सेयर खेलाडिले उठाउने रहेछन । फेरी त्यसरी नै नेगटिभ सर्किट मै भएपनी आफुसङ्ग भएको सेयर बेच्ने – नेगटिभ सर्किटमा बेच्दा पनि फाईदा नै हुने रहेछ त्यो चलखेल गर्ने गिरोहलाई ।

लगातार सर्किट लागेको सेयरमा सोझा लगानिकर्ता यो त कत्ती नै पुग्ने भो ! सर्किट दिनै हान्ने कम्पनी भनेर किन्दा फस्ने रहेछन । यसरी चलखेलको सेयर मा परेर घाटा चाही सबै सोझा लगानिकर्तालाई हुने रहेछ । सोझा लगानिकर्ता अघिल्लो दिन सर्किट लागेको कम्पनी हो , राम्रो कम्पनी हो – बढीहाल्छ , हिजोको भन्दा सस्तोमा परीयो भन्दै किन्दा रहेछन । तर उनिहरुलाई चलखेल गरेर बढाएको पत्तो नहुदो रहेछ ।

त्यस्तै चलखेलको सेयरमा परेका एक लगानिकर्ताले भने किनेको दिन देखी घटीराको छ , अघिलो दिन त सर्किट हानेको थियो बढ्छ होला भनेर ५ प्रतिसत घट्दा किनेको तर घटेको घटेइ छ , हामीले बुझ्दा त्यो सेयर त्यसरी नै अन्तिम समयमा चलखेल गरेर बढाईएको सेयर रहेछ ।

अन्तिम ५ मिनटको समयमै बढाउनुको अर्को कारण चाँही उक्त अन्तिम ५ मिनटको समयमा लगानिकर्ता सकृय नहुने रहेछ्न । त्यही समयको मौका छोपेर मुल्यमा चलखेल गर्न सजिलो हुने रहेछ । एउटा उखान छ नि आफै धामी आँफै । हो अन्तिम ५ मिनटको समयमा त्यस्तै गर्न मिल्ने रहेछ ।

यसरी चलखेल गरेर मुल्य बढाउनेमा पुराना र नयाँ दुबै ब्रोकर सकृय देखिएका छन । त्यसमा पनि मुख्यत नयाँ ब्रोकर सकृय देखिएका छन ।

यसरी चलखेलमा परेका कम्पनीहरु मध्ये केही नेरुडे लघुबित्त , एनएमबी माइक्रो फाइनान्स, सुर्योदय वोमी लघुबित्त , थ्री स्टार हाइड्रो लगायतका कम्पनिहरु रहेका छन । त्यस्तै अर्को एक इन्सुरेन्स कम्पनिको पनि चलखेल गरेर घटाईको खबर बाहिरिएको थियो । आजकाल टप गेनर हेर्ने हो भने २-३ वटा कम्पनी त्यसरी दिनहु अन्तिम ५ मिनटको समयमा बढाएको देख्न सकिन्छ ।

कसलाई घाटा हुन्छ र ठिकै त हो , बढोस् न !
कसैले तर्क गर्नु हुन्छ होला , बढाउन पनि नपाउनु ? अनी आफ्नो पैसा ले किन्न नि नपाउनु ? अनी बिस्कुट चाउचाउ हो र , यसको एमआरपी , म्याक्सिमम रेटेल प्राइस हुनलाई ? यसको उत्तर के त भन्दा यसको रेटल मुल्य नभए पनि कारोबार रकम घटबढ को निस्चित नियम रहेको छ । त्यसको सबैले पालना गर्नु पर्ने हुन्छ ।एउटा अर्डर र अर्को अर्डरबिच २ प्रतिसत मात्र घटबढ गर्न मिल्ने नियमलाई काट्न मर्केट अप्सनको दुरुपयोग भईरहेको छ । नत्र दिनभर घट्ने , बेलुका ५ मिनटभित्र सर्किट हान्ने फेरी भोली नेगटिभ सर्किटमा कारोबार हुने अनी बेकुला ५ मिनटमा फेरी पोसिटिभ सर्किट ! यो चलखेल होइन र ? सोझा लगानिकर्ता फसाउने तरिका हैन र ? दुशित मनसाय छैन र यो कार्यमा ?

यसरी बढाउदा खराब मनसाय राखी सिधै अरु सोझा लगानिकर्तालाई टोपी लगाउने उदेस्यले घटबढको सिमा उल्लङ्घन गर्दै मुल्यमा चलखेल गर्नु उचित हुँदैन ।

के गर्ने त?
लगानिकर्ताले त्यसरी दुई तीन दिन सर्किट हानेको कम्पनी किन्दा धेरै बिचार पुर्याउनु पर्ने देखिन्छ ।अध्ययन गरेर मात्र किन्नुस् कि कतै तपाईंले किन्न लागेको कम्पनी चलखेल गरेर मुल्य बढाएको कम्पनी त होइन ? त्यसरी चलखेल गरेर अप्राकृतिक रुपमा मुल्य बढाईएका कम्पनिबाट टाढा रहनु नै उचित हुने देखिन्छ ।

यो पनि पढ्नुस्

ब्रोकर नम्बर ७१ शुभकामना सेकुरिटिजको चलखेल, अन्तिम ५ मिनटमा बढायो २० प्रतिसत मुल्य

ब्रोकर नम्बर ६२को प्रयोग गरी सुर्योदय वमीको मुल्यमा चलखेल, अन्तिम समयमा सर्किट लगाइयो

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले आफुले १९९० कित्ता ५७९ मा किनेर अन्तिम ५ मिनटमा १० प्रतिसतभन्दा बढी बढाएर ६४७ पुर्यायो

एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबिच भेटघाट, पुजिबजारका बारे छलफल

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबिच भेटघाट भएको छ ।

भेटमा पुजिबजार,भेन्चर क्यापिटल, र प्राइभेट ईक्विटी लगायत अन्य समसामयिक बिषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

बिशेषत पूजी बजारका बिषयमा १२ करोडको सिमा सम्बन्धमा लगानिकर्ताको बिशेष चासो रहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकका गभर्नर मार्जिन ट्रेडिङ मार्फत धितोपत्र बोर्डले ब्रोकरमार्फत सेयर बजारमा ॠण सम्बन्धी ब्यबस्था गरोस भन्ने चाहन्छन । बोर्ड अध्यक्ष हमालसङ्ग सेयर ॠण सम्बन्धमा छलफल भएपनी केही निस्कर्षमा नपुगेको बताईएको छ ।

अर्थमन्त्रीले समेत केही समयअघी सिमा बढाएर १२ करोड लाई १८ करोडसम्म बनाउन सकिने बताइरहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो भेटले कुनै निस्कर्ष नदिएपनी १२ करोडको सिमा परिमार्जन गर्न दबाब सिर्जना गर्ने लगानिकर्ताले अपेक्षा गरेका छन ।

एक महिनामा बैंकहरुको खुदनाफा १० अर्ब बढी, ग्लोबल बैंकको नाफा सबै भन्दा बढी

0

एक महिनामा बैंकहरुले कती खुद नाफा कमाउलान ? यसको उत्तर हुन्छ १० अर्ब रुपैयाँ । हो, बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १० अर्ब २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन ।

केन्दिय बैंकको तथ्याङ्क अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख खुद नाफा आर्जन गरेका छन । त्यस्तै विकास बैंकहरुले ९४ करोड ८१ लाख र वित्त कम्पनीहरुले ७५ करोड १५ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका छन ।

२० वाणिज्य बैंकहरुले एक महिनामा साढे ८ अर्ब खुदनाफा आर्जन गरेका हुन । यस अबधिमा ग्लोबल आइएमई बैंकले
९९ करोड २३ लाख कमाएर पहिलो स्थानमा रहेको छ । नबिलले ७५ करोड ५५ लाख कमाउदै दोश्रो स्थानमा रहेको छ । ७४ करोड ७९ लाख खुदनाफा आर्जन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेश्रो स्थानमा रहन सफल भएको छ ।

त्यस्तै , ६३ करोड १२ लाख आर्जन गर्दै हिमालयन बैंक चौथो स्थानमा रहेको छ । त्यसरी नै कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्।

यसरी नै राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख, प्राइम बैंकले ४२ करोड ४८ लाख, एनआइसी बैंकले ४१ करोड ५४ लाख, एनएमबी बैंकले ३८ करोड ३१ लाख, एभरेस्ट बैंकले ३६ करोड ७६ लाख र नेपाल बैंकले ३६ करोड ४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका छन ।

ब्रोकर नम्बर ७१ शुभकामना सेकुरिटिजको चलखेल, अन्तिम ५ मिनटमा बढायो २० प्रतिसत मुल्य

हिजो एउटा सेयरको मुल्यमा अनौठो हर्कत भएको छ । दिनभरजसो घटेको सेयर अन्तिम ५ मिनटमा एकाएक २० प्रतिसत भन्दा बढी मुल्य बढ्यो ।

उक्त कम्पनिको नाम हो थ्री स्टार हाइड्रोपावर कम्पनी ।

७१ नम्बर ब्रोकरले दिनभर ठुलो मात्रामा त्यही थ्री स्टार हाइड्रोको सेयर बेच्यो , त्यही ब्रोकर ७१ ले अन्तिम ५ मिनटको समयमा २० प्रतिसत मुल्य बढाएको हो ।

थ्री स्टारको सेयर पम्पिङ एन्ड डम्पिङ गरिरहेको एक लगानिकर्ताले बताए ।

यसरी अन्तिम समयमा १० प्रतिसत बढाउदा के फाईदा त ? यसरी मुल्य बढाउदा अब त्यो कम्पनिको मुल्य अर्को दिन १० प्रतिसत भन्दा बढी घत्दैन किनकी कुनै सेयरको मुल्य एक दिनमा अघिल्लो दिनको १० प्रतिसत भन्दा बढी घटबढ गर्न मिल्दैन । आफुसङ्ग भएको सेयर उच्च मुल्यमा बेच्न यस्तो उपाय लगाएको छ , ब्रोकर ७१ ले ।

राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गर्‍यो

0

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकितत ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको छ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्। महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ।

१० ग्राम सिक्काको रु. १ हजार ६०० र २५ ग्राम सिक्काको रु.४ हजार मूल्य निर्धारण गरिएको छ। बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का तयार पारीन्छ ।

बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।

१९ अङ्कले घट्यो सेयर बजार, शुभम पावरको नेगटिभ सर्किट

0

आज सेयर बजार १९.४२ अङ्कले घटेको छ । आज ०.९५ प्रतिसतले घट्दै सेयर बजार २०१०.३५ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ६२ कम्पनिको मुल्य बढेको छ भने १६६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब ३२ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा स्वरोजगार लघुबित्त बिकास बैंक, हिमालयन लघुबित्त, एसियन हाइड्रो , थ्री स्टार हाइड्रो, अप्पर स्याङ्गे हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा शुभम पावर, मायाखोला हाइड्रो, न्यादी हाइड्रो, पिपल्स हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

ॠण धेरै पाए अर्थतन्त्र चलायमान हुन्छ भन्ने सोच एक भ्रम हो : गभर्नर

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले धेरै ॠण दिए अर्थतन्त्र चलायमान हुन्छ भन्ने सोचाइ गलत रहेको बताएका छन । धेरै ॠण लिएर मात्र अर्थतन्त्रको बिकास हुन नसक्ने उनको सङ्केत थियो ।

ॠण प्रबाहका लागि बातावरण पनि त्यस्तै हुनुपर्ने उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले बैंकहरुले अहिले पनि जिडीपी भन्दा धेरै कर्जा प्रबाह गरेको तथ्य अगाडि राख्दै बैंकको कारण अर्थतन्त्र चलायमान नभएको भनाइमा सत्यता नरहेको भन्दै उनले भने ‘बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको छ’, उनले भने, ‘अर्थतन्त्र चलायमान हुँदामात्रै बैंकहरुको कर्जा प्रवाह बढ्छ। कर्जा दिएरमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न हुँदैन।’

गभर्नर अधिकारीले अगाडि भने, ‘अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ’, उनले प्रश्न गरे, ‘बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो ?’

हाल सबै देशका केन्द्रिय बैंकले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका कसिलो ब्यबस्था गरेको भन्दै उनले भने, ‘मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका हुने भएकाले अर्थतन्त्र र मूल्यवृद्धिलाई स्थायित्व राख्नुपर्छ’।

उनले १२ करोडको निती खुकुलो बनाउने तर्फ कुनै गृहकार्य नभएको पनि सङ्केत गरेका छन ।

नेप्सेमा सिआइटीको १ करोड बढी कित्ता सेयर थपियो

0

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको १ करोड बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षका लागि सीआईटीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।