Home Blog Page 191

राष्ट्रबैंकको बोर्ड बैठक भोली बिहान, सेयर लोनको १२ करोडको सिमाबारे बिषय अजेण्डामा परेन

0

नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठक भोलि बिहान बस्ने गरी बोलाइएको छ ।

श्रोतका अनुसार नियमित अजेण्डाहरुको विषयमा छलफल गर्न भन्दै सञ्चालकहरुलाई बैठकमा बुधबार बिहान ८ः३० बजे बोलाईएको छ ।

बजारमा १२ करोडको क्याप हट्ने वा परिमार्जन हुने हल्ला ब्याप्त भएपनी यो विषय बैठकको अजेण्डाको सूचीमा छैन ।

पर्याप्त अध्ययनबिना बजारको दवाबबाट मात्र नीतिगत परिवर्तन गर्दा त्यसको परिणाम नकारात्मक हुनसक्नेतर्फ सतर्क रहदै राष्ट्रबैंकले सेयरधितो कर्जाको १२ करोडको क्यापसम्बन्धी व्यवस्थामा आबस्यक अनुसन्धान गरिरहेको छ ।

बिस्त्रित अध्ययनबिना भोलिको बोर्ड बैठकबाट नै सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था परिवर्तन हुने, जोखिमभार कम हुने निर्णय कुनै सम्भाबना देखिदैन , राष्ट्र बैंक श्रोतले बतायो ।

श्रोतका अनुसार गभरनर महाप्रसाद अधिकारी मार्जिन ट्रेडिङ मार्फत सेयर कर्जा सम्बन्धी समस्या समाधान होस भन्ने चाहन्छन । राष्ट्र बैंकले आर्थिक स्थायीत्व, मूल्य स्थिरता, आर्थिक वृद्धिलाई प्रधान मानेर निर्णय गर्नुपर्छ । सेयर बजारका लागि छुट्टै निकाय रहेको र त्यही धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ लागु गरेर सेयर कर्जाको समस्या हल गरोस भन्ने गभरनरको चाहना रहेको छ ,बिशेष श्रोत भन्छ ।

तर सेयर धितो कर्जाको क्याप तथा जोखिमभार सम्बन्धी व्यवस्थाको विषयमा धेरै दबाब रहेकोले एकीकृत निर्देशनमार्फत केही सम्बोधन हुन सक्ने सम्भाबना रहेको तर अहिले नै यसै भन्न सक्ने अवस्था चाँही नरहेको बताईएको छ ।

सेयर बजारका सम्बन्धमा एमाले चिन्तीत छ , ब्याजदरका विषयमा राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

0

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बित्तिय क्षेत्रका समस्या र ब्याजदरका सम्बन्धमा राष्ट्र बैंकसङ्ग छलफल गरेको बताएका छन ।

एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने – ‘अहिले बैंकिङ सेक्टरमा देखिएका समस्या र ब्याजदरलाई लिएर उद्योगी–व्यवसायीहरुले उठाइरहेका मागका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छ’ ।

सेयर बजारको पछिल्लो अवस्थाबारे जानकार रहेको र सेयर बजारबारे चिन्तित रहेको भन्दै उनले भने ‘सेयर बजारमा पछिल्लो समय समस्या देखिएको छ, समस्या समाधानका लागि सरकार र नियामकबाट पहल हुनुपर्छ। अन्यथा सेयर बजार रहन्छ कि रहन्न भयो।’

अर्थतन्त्रको अवस्था नाजुक रहेको भन्दै ओलिले अगाडि भने ‘हामीले सरकारको आलोचना गर्न खोजेको होइन तर अर्थतन्त्र नाजुक अवस्थामा छ’, उनले भने, ‘देशमार रोजगारी छैन, युवाशक्ति विदेश पलायन भइरहेका छन्।’

आयल निगम आईपीओ ल्याउने तयारी गर्दै

0

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी भइरहेको बताएका हुन्।

सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनामा रहेको निगम यसका लागि विभिन्न प्राविधिक पक्षको अध्ययन गरिरहेको छ।

थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको बताए। ‘कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ अब , जनतालाई नै ओनरसिप बनाउने हो ,उनले भने ।

सरकारमातहतका ३६ वटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगममा सरकारको सतप्रतिशत लगानी छ। आईपीओ जारी भएमा निगममा जनताको स्वामित्व पनि कायम हुनेछ ।

सेयर लोनमा १२ करोडको सिमा हटाउनुपर्छ : अम्बिका पौडेल

0

सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लोनमा १२ करोडको सिमा हटाउनुपर्ने बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका छन । ‘सेयर कारोबारलाई व्यावसायिक गरिएन’, उनले भने, ‘सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ।’

मौद्रिक नितीले निजी क्षेत्रलाई उत्साहित गर्न नसकेको भन्दै उनले भने – ‘सोचेजस्तो राजस्व संकलन पनि भएको छैन, बैंकहरुले लगानी गर्ने वातावरण पनि बन्न सकेको छैन। जसका कारण सेयर र घरजग्गाको कारोबारमा संकुचन आएको छ।’

पौडेलले मर्ज भएका संस्थालाई कर लगाउनु गलत हुने उल्लेख गर्दै भने ‘हिजो कर नलाग्ने भनियो, आज फेरि कर लगाइयो यो , उचित भएन।’

दोहोरो अङ्कले बढ्यो सेयर बजार , दुई हाइड्रो कम्पनिको पोसिटिभ सर्किट

0

आज सेयर बजार १८.४५ अङ्कले बढेको छ । आज ०.९२ प्रतिसतले बढ्दै सेयर बजार २०२२.९१ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १९० कम्पनिको मुल्य बढेको छ भने ३९ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब ९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मेन्चियाम हाइड्रोपावर,मनकामना ईन्जिनियरिङ्ग हाइड्रोपावर, शुभम पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन लघुबित्त, थ्री स्टार हाइड्रोपावर, गणपती लघुबित्त, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एनआइसी एसिया बैंक, सन नेपाल लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स , शिभम सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर लगायतका कम्पनिहरु रहेका छन ।

नेपालमा भारु १०० भन्दा ठूला नोट नचल्ने

0

नेपालमा भारु १०० भन्दा ठूला नोट नचल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) नोट सम्बन्धी गरेका ब्यबस्था अबगत गराउनका लागि आज एउटा सूचना सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न पाईदैन ।

नेपाल भारत आवतजावत गर्दा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान मिल्छ । यदी योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने छ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिनेछ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

चाईनिज रुद्राक्ष व्यवसायीलाई गाउ गाउ डुलेर रुद्राक्ष खरिद गर्न रोक

0

चाईनिज रुद्राक्ष व्यवसायीलाई गाउ गाउ डुलेर रुद्राक्ष खरिद गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

पछील्लो समय भोजपुर , सङ्खुवासभा, धनकुटा लगायतका जिल्लाको रुद्राक्षको माग चाइनिज बजारमा अत्याधिक रहेको छ । चिनिया ब्यबसायी नेपालमै आएर रुद्राक्ष खरिद गर्ने गरेका छन ।

बिशेषत खादबारी र तुम्लिङटार मा चिनिया ब्यबशायी आएर बस्ने गरेका छन । चिनिया व्यवसायीहरु गाउ गाउ गएर राम्रो राम्रो मात्रा रुद्राक्ष किन्न थालेपछी रुद्राक्ष ब्यबसायी संघले बिदेशिलाई गाउ गाउ पसेर व्यपार गर्न रोक लगाउन जिल्ला प्रसासन कार्यालय सङ्खुवासभासंग अनुरोध गरे पछि जिल्ला प्रसासन कार्यलयले सुरक्षाको कारण देखाई चाईनिज व्यवसायीलाई गाउ गाउ जान रोक लगाएको छ ।

जिल्ला प्रसासन कार्यलयमा सरोकारवालाहरु सङ्गको छलफल पछी उक्त निर्णय भएको हो । अब चिनियाहरु रुद्राक्ष किन्न गाउ गाउ जान पाउने छैनन । निर्णयमा भनिएको छ , पछिल्लो वर्षहरुमा चिनिया नागरिकहरु यस जिल्लामा रुद्राक्ष खरिद गर्ने क्रममा साथमा ठुलो मात्रामा नगद बोकि किसानको घरमा एक्लै दुक्लै जाने गर्दा सम्वन्धित रुदाक्ष धनिको र निजले फलाएको रुद्राक्षका् समेत असुरक्ष हुन सक्ने र अर्को तिर त्यसरी एक्लै दुक्लै चिनिया नागरिक किसानको घरघरमा जादा निजहरुको साथमा रहेको रकम लुटपात हुन सक्ने एवं व्यक्तिगत सुरक्षामा समेत खतरा उत्पन्न भई दुई देश विचको सम्वन्धमा समेत असर पुग्न सक्ने हुदा रुद्राक्ष कारोवार गर्ने विदेशिलाई किसानको घरघर जान लैजान नपाउने आवस्यक व्यवस्था मिलाउने प्रहरी कार्यलय, स्यानिय तह, रुद्राक्ष व्यवसायी संध, दोभासे तथा किसानलाई भनिएको छ ।

रुद्राक्षको कारोवार गर्ने विदेसी नागरिकहरुको सुरक्षा एवं नियमन गर्न र यस व्यवसायलाई अझ व्यवस्थित तुल्याउन हाल विदेसी नागरिकहरुलाई तुलिंङ्गटार वजार, खाँदवारी वजार र चैनपुर वजारमा मात्र बसेर रुद्राक्ष खरिदबिक्री गर्न भनिएको छ ।

यो निर्णयलाई रुद्राक्ष व्यवसायी संधले स्वागत गरेको छ ।

सुनको मुल्य घट्यो

0

नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ।

अबदेखी कम्पनी दर्ता गर्दा र पुजी बढाउदा पैसा नलाग्ने

0

नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको कम्पनी दर्ता तथा पुजी बढाउदा पैसा नलाग्ने ब्यबस्था कार्वान्वयनमा आएको छ । घोषणा गरेको चार महिनापछि सोमबारदेखि कम्पनी दर्ता र पुजी बढाउदा पैसा नलाग्ने ब्यबस्था लागु भएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको हो ।

संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्न अब पैसा लाग्ने छैन । सबै काम निशुल्क हुनेछ ।

सरकारले युवालाई उद्योग खोल्न उत्साहित गर्न र नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न सहज होस भन्ने उदेश्यले यो ब्यबस्था लागु गरेको हो ।

आजबाट हवाई टिकटमा १३ प्रतिसत भ्याट लाग्ने

0

आजबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु पर्ने भएको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको हवाई टिकटमा लागेको कर कार्यान्वयनमा आएको हो ।

आन्तरिक वायुसेवाले साउन १ देखि नै कर तिरेपनी अन्तर्राष्ट्रिय उडानका वायुसेवाले गलत निर्णय भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा दाँयर गरेका थिए ।

सर्वोच्च अदालतले साउन १४ मा हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश दिएको थियो तर तीन साताअघि यो आदेसलाई निरन्तरता नदीई खारेज गरेको थियो । व्यवसायीले गरेको माग अदालतको आदेशबाट खारेज भएपछी अब हवाइ सेवामा भ्याट कार्वान्वनमा आएको हो ।

नेपालमा सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाहरूको छाता संस्था बार्नका अनुसार नेपालबाट बाहिर जाने सबै वायुसेवा हवाई टिकटमा भ्याट लाग्नेछ ।

यस्तो भ्याट लगाउन विभिन्न वायुसेवामा एउटै संकेत (कोड) हुने र वायुसेवाले जारी गर्ने सबै प्रकारका हवाई भाडामा भ्याट थप हुने भएको छ । उक्त कोड अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)बाटै तय भएर आउनेछ ।

हवाई टिकटमा १३ प्रतिशतले भ्याट लाग्ने भएपछी टिकट महङ्गिने भएको छ ।

सरकारले भ्याट लगाएको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । सरकारले जेठ १५ मा बजेट ल्याएको थियो । नयाँ कर घोषणा गरेको एक महिनापछी लागु हुने भएकाले हवाई टिकटमा कानुनतः असार १६ देखिकै कर तिर्नुपर्ने देखिन्छ ।