Home Blog Page 192

युरोपमा ब्याजदर हालसम्मकै उच्च स्तरमा, किन बढाइयो ब्याजदर ?

0

युरोपमा ब्याजदर बढाएर हालसम्मकै उच्च बिन्दुमा पुर्याइएको छ।

युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले बिहीबार ब्याजदर फेरि बढाउदै ४ प्रतिशत पुर्याएपछी यसले ईतिहास रचेको हो। यो ब्याजदर सन् १९९९ मा युरो करेन्सी लन्च गर्नुयताकै उच्च हो।

सन् २०२२ जुलाई २७ मा ईसीबीको निक्षेप ब्याजदर शून्य प्रतिशत थियो ।

सन् २०२२ सेप्टेम्बर १४ मा बढाएर ०.७५ प्रतिशत पुर्‍याइयो । नोभेम्बर २ मा १.५ प्रतिशत, डिसेम्बर २१ मा २ प्रतिशत, २०२३ फेब्रुअरी ८ मा २.५ प्रतिशत, मार्च २२ मा ३ प्रतिशत, मे १० मा ३.२५ प्रतिशत, जुन २१ मा ३.५ प्रतिशत र अगस्ट २ मा ३.७५ प्रतिशत पुर्‍याइएको थियो ।

ईसीबीले लगातार १० वटा बैठकमा निरन्तर छलफल गरेर ब्याजदर बढाउने निर्णयमा पुगिएको बताएको छ । बैंकले ब्याजदर बढाउनुको कारण उल्लेख गर्दै भनेको छ , “बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने मुख्य उदेस्य सहीत यो निर्णय गरिएको हो । यो निर्णयले महँगीलाई निर्धारित लक्ष्यभित्रै नियन्त्रण लिन सकिने अपेक्षा गरिएको छ’।

अघिल्लो महिनासम्म युरो जोनका २० वटा मुलुकको वार्षिक मुद्रास्फीति विस्तारै घटिरहेको थियो। तर, जब यो ५.३ प्रतिशतको विन्दु स्थिर रह्यो तब ईसीबी ब्याजदर बढाउन बाध्य भएको हो। इन्धनको भाउ बढ्दा मुद्रास्फीति पनि बढ्न पुगेको हो। ईसीबीले मुद्रास्फीति २ प्रतिशतमा ल्याउने लक्ष्य राखेको थियो।

ईसीबी अध्यक्ष क्रिस्टिन लागार्डका अनुसार मुद्रास्फीतिको २ प्रतिशत लक्ष्य भेट्याउन ब्याजदर बढाइएको हो। ‘लामो समयदेखि मुद्रास्फीति उच्च छ र यो अझै उच्च स्तरमै छ’, उनले भनिन्, ‘मुद्रास्फीति विस्तारै घट्दैछ, हामी चाहन्छौँ यो मुद्रास्फीतिको घटाइले निरन्तरता पाओस्।’ –एजेन्सी

आजबाट मिड सोलु हाइड्रोपावरको आईपीओ आबेदन खुला

आज भदौ २९ गतेबाट मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला भएको छ।

कम्पनीले सर्वसाधारणका लागि हिजोबाट आईपीओ जारी गर्ने भनेतापनी हिजो सार्बकनिक बिदा भएकोले यो आईपीओ आजबाट बिक्री खुला गरिएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

कुल निस्काशन भएको आइपिओ मध्ये नियमानुसार जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकमबराबरको रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई पनि आइपिओ निस्कासन गरी बाँडफाँड गरिसकिएको छ ।

हाल १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि भनेर कम्पनिले निष्कासन गर्न लागेको हो ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिनसक्नेछन्।

यसको निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ।

मिड सोलुको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

सानिमा बैंकको लाभांश १४.७० प्रतिसत

0

सानिमा बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष२०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) दिनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछी मात्र सेयरधनीले पाउनेछन ।

बुक भ्यालु हाराहारी बजार मुल्य भएका सबै भन्दा सस्ता बैंकहरु !

सेयर बजारमा कारोबार भईरहेका बैंकहरु मध्ये हालको समयमा सबै भन्दा सस्ता बैंकहरु कुन होलान भनेर हामीले अध्ययन गर्दा पाएको बैंकहरुको सुची हामिले यहाँ प्रस्तुत गरेका छौ ।

यि बैंकहरुको किताबी मुल्य पनि बजारको मुल्य हाराहारी देखिन्छ र पिई पनि खासै धेरै देखिन्दैन ।

यि 6 बैंक बैंकहरुको सुची यहाँ प्रस्तुत छ, किताबी मुल्य र पिई सहित ।

हामिले बजार मुल्य अनुसार क्रममा राखिएको छ । यसको अर्थ सबै भन्दा सस्तोलाई पहिला, त्यो भन्दा अलिक महङ्गोलाई दोश्रो …. एबम रितले , यसलाई यसै गरी मात्र बुझिदिनु होला । 1 नम्बरमा भएको राम्रो र 6 नम्बरमा भएको नराम्रोको रुपमा नबुझिदिनु होला , हामीले मुल्यका आधारमा क्रममा राखेका छौ ।

1.कुमारी बैंक

दोश्रो बजारमा १५९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी ७.४६ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो २१.३७ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४०.४८ रहेको छ ।

2. प्रभु बैंक
दोश्रो बजारमा १६०।९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १२ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १३।४१रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४३।२५ रहेको छ ।


3. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक
दोश्रो बजारमा १७५.५ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १२.५८ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १३.९५ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १७०.४८ रहेको छ ।


4. प्राइम कमर्सियल बैंक
दोश्रो बजारमा १८०.९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी ११.६६ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १५.५१ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४६.४५ रहेको छ ।


5. सिटिजन बैंक इन्टरनेसनल लिमिटेड
दोश्रो बजारमा १९१.४ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १५.५९ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १२.२८ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १५०.०८ रहेको छ ।


6. लक्ष्मी सनराइज बैंक लिमिटेड
दोश्रो बजारमा १९३ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १०.४३ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १८.५ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १७३.५५ रहेको छ ।

यो सुची किनबेचमा प्रोत्साहन गर्ने उदेस्यले नभई अध्ययनको प्रयोजनका लागि प्रस्तुत गरिएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ९ लाखले पाए सेयर

0

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको क्यापिटलको कार्यालयमा दिउँसो २ बजे आईपीओ बाँडफाँड सम्पन्न गरिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

यस आईपीओमा १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता प्रमाणीकरण भएको छ। जसमा १४ लाख ७ हजार २३७ आवदेकबाट परेको १ करोड ५५ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको छ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउदा सदर आवेदकमध्ये ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।

आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

दलदलेमा सनि सेक्युरिटिजको तेश्रो शाखा, सातै प्रदेशमा सेवा विस्तार गर्दै

0

सनि सेक्युरिटिज कम्पनि लि. , ब्रोकर नं ४२ ले आफ्नो तेस्रो शाखा ( रिमोट वर्क स्टेशन ) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ ।
नेपाल धितोपत्र वोर्ड तथा नेपाल स्टक एक्चेन्ज लि. बाट अनुमती लिएर सनि सेक्युरिटीज कम्पनिले दलदलेमा शाखा सञ्चालन गरेको हो ।

यस ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो ।

यो सङ्गै अब यस सनि सेक्युरिटिजले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

कम्पनिले मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

एभरेष्ट बैंकले घोषणा गर्‍यो २०.५३% लाभांश

0

एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारीत गरेको हो ।

एभरेष्ट बैंकले करसहित १०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

लाभांश क्षमता ४० प्रतिशत भएतापनी एभरेष्ट बैंकले २०।५३ प्रतिसत मात्र लाभांश घोषणा गरेको हो ।

अब राष्ट्रबैंकले अनुमति दिएर आगामी साधारणसभाबाट पारित भएपछी लगानीकर्ताले लाभांश पाउनेछन ।

अघिल्लो वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३९ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम पनि उत्साह जनक

0

आज सेयर बजार ३९.४८ अङ्कले बढेको छ । आज २ प्रतिसतले बढ्दै सेयर बजार २००७.०६ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २१३ कम्पनिको मुल्य बढेको छ भने ११ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ४९ करोड करोड भन्दा माथिको कारोबार भएको छ । नेप्से बढ्दा कारोबार रकममा भने कमी आएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा बरुन हाइड्रोपावर, शुभम पावर ,समता घरेलु लघुबित्त, अरुण काबेली पावर, अपी पावर कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा थ्री स्टार हाइड्रोपावर, सिटिजन म्युचुवल फण्ड २, स्वाभिमान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एनआइसी एसिया बैंक, सोल्टी होटल,एभरेस्ट बैंक, शिभम सिमेन्ट, आइएमई लाईफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी गर्दै ५० जनालाई प्रतिवादी बनाउन सिआइबिको राय

0

६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी सहित ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राय दिएको छ ।

यस प्रकारणमा ३२ जना पक्राउ परेका मध्ये २३ नेपाली र ९ विदेशी छन् रहेका छन भने अरु १८ जना फरार सुचिमा रहेका छन ।

साउन २ गते राति तस्कारीको सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरी १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान गर्न अनुरोध गरेपछी सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको थियो ।

प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म दैनिक १८ घन्टा खटिएर अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् ।

अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो ।

यस प्रकरणको अनुसन्धान प्रतिवेदन आज सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

सीआईबीले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले यसअघि यही समुहले ३०२ किलो सुन तस्करी गरिसकेको तथ्य फेला पारेको बताएको छ ।

२० प्रतिसत पेनाल्टीको ब्यबस्था लगानिकर्तालाई मात्रै हो ? ब्रोकरले १० दिनसम्म खातामा पैसा नहाल्दा किन कारबाही हुँदैन ?

0

हाल सेयर बजारमा राफसाफ सम्बन्धी टि प्लस टु को ब्यबस्था लागु भएको अवस्था छ । यो भनेको सेयर कारोबार भएको दिन देखी बाहेक अरु दुई दिन भित्र राफसाफ गरिसक्नु पर्ने हो । यो नियम लागु भएको धेरै भईसक्यो । 

तर , अहिलेसम्म पनि ब्रोकरले पूर्णरुपमा पालना गरेका देखिदैन । लगानिकर्तालाई भने पालना गराएका छन -लगानिकर्ताले भनेको समयमा सेयर ट्रान्स्फर गरेनन भने २० प्रतिसत पेनाल्टी लाग्ने गरेको छ । परन्तु , ब्रोकरले लगानिकर्ताको खातामा पैसा हाल्न भने धेरै दिन लगाइदिन्छन । कुनै कुनै ब्रोकरले मात्र समयमै पैसा हाल्दिन्छन ।

धेरै जसो ब्रोकरलाई पैसा खातामा लगाइदिन फोन गर्नै पर्छ । तर ब्रोकरलाई भनेको बेला फोन लाग्दैन । लागिहाले पनि सितिमिती उठ्दैन ।

फोन नागरिकन ब्रोकरले नै लगाइदिन पर्यो भने , १० देखी १५ दिन सम्म लागेको गुनासो लगानिकर्ताले गरिरहेका छन ।

एक लगानिकर्ताले आर्थिक कागज सङ्ग कुरा गर्दै भने “पैसा आबस्यक परेर घाटामै सेयर बेचे, तर ७दिन भईसक्यो पैसा हाल्देको छैन । आज बल्ल फोन उठेर कुरा गरेको छु , हाल्दिन्छु भनेको छ ” ।

अर्का एक लगानिकर्ता सामाजिक सन्जालमा लेख्छन , ‘ सेयर बेचेको १० दिन भईसक्यो , ब्रोकरले पैसा खातामा पैसा हाल्देको छैन । यस्ता ब्रोकरलाई किन कारबाही हुँदैन ? ‘    

यसरी ब्रोकरहरु लगानिकर्ताको पैसा चलाईरहने , लगानिकर्ताले बिर्सिएर पनि कुनै एक दिन मात्र सेयर ट्रान्स्फर नगर्दा फाइन लगाउने,तोकिएको समयमा पैसा बुझाएन भने पनि उस्तै तर ब्रोकरले चाँही जसो गरे पनि हुने कुरालाई बदल्नु जरुरी देखिन्छ ।

यसको अर्थ फाइन लगाउनु हुँदैन भनेको हैन तर ब्रोकरले पनि समयमै लगानिकर्ताको खातामा लगाइदिनु पर्‍यो भन्ने मात्र हो ।

पैसाको सेटलमेन्ट पनि टिएमएसबाटै हुने ब्यबस्था गरेर, तोकिएको समयमा खातामा पैसा नहाल्ने ब्रोकरलाई कारबाहीको ब्यबस्था गर्दै धेरै दिनसम्म लगानिकर्तालाई झुलाउने ब्यबस्था अन्त्य गर्ने हो कि ?