Home Blog Page 193

आइतबारबाट रिलायबल नेपाल लाइफको सेयर दोश्रो बजारमा कारोबार हुने, ओपनिङ रेन्ज कति ?

0

आइतबारबाट दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँने भएतापनी भोली र पर्सी बिदा भएकोले यस कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएकोमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

यस कम्पनिका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकिएको छ। आउँदो आइतबार प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर तोकेको रेन्जमा कारोबार भएमा नियमित सत्रका लागि कारोबार खुला हुनेछ ।

रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।

सिड इनर्जीले प्रिमियममा आईपीओ ल्याउने अजेन्डा सहित वार्षिक साधारणसभा डाक्यो

0

सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको मुख्य अजेन्डा प्रिमियममा आईपीओ ल्याउने रहेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट हुने निर्णय गरेको छ ।

सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने र २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा प्रचलित धितोपत्रसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई छुट्याएको सेयर सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ।

कुमारी बैंकको १० लाख बढी कित्ता सेयर बिक्रीमा , न्यूनतम मूल्य १०१

0

कुमारी बैंकले १० लाख बढी कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने गरी संस्थापक समूहको १० लाख १८ हजार ५०४ कित्ता सेयर बिक्रीमा राखेको हो।

यो सेयर किन्न न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो सेयर किन्दा न्यूनतम १ हजार कित्ताका र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने ब्यबस्था मिलाईेको छ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ।

लगानीकर्ताहरुले खरिद आवेदन काठमाण्डौको कमलादीस्थित कुमारी बैंकको कार्यालयमा पेस गर्नुपर्नेछ।

बिहीबार बाँडफाँट हुँदै सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ , ६ लाख बढी आवेदकको हात खाली हुने

0

सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आइपीओ भदौ २८ गते बिहीबार आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने भएको छ ।

भदौ १५ गते आइतबारदेखि निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । कम्पनिको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेकोले आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने निस्चित जस्तै भएको छ ।

इन्स्योरेन्सले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जनाएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

१९ अङ्कले घट्यो सेयर बजार, थ्री स्टार हाइड्रोको नेगटिभ सर्किट

0

आज सेयर बजार १९.४२ अङ्कले घटेको छ । आज ०.९७ प्रतिसतले घट्दै सेयर बजार १९६७.५७ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३३ कम्पनिको मुल्य बढेको छ भने १९१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा शुभम पावर, साम्लिङ हाइड्रोपावर , अप्पर स्याङ्गे हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, डोल्टी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा थ्री स्टार हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, हिमालयन उर्जा बिकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा नेपाल एसबीआइ बैंक, शिभम सिमेन्ट, एभरेस्ट बैंक,आइएमई लाईफ इन्सुरेन्स, सोल्टी होटल लगायतका कम्पनिहरु रहेका छन ।

विमानस्थल बाहिर समातियो १ किलो तस्करीको सुन

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ल्याइसकेको अवस्थामा १ किलो सुन बरामद भएको छ ।

केही व्यक्तिलाई काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार १ किलो सुनसहित पक्राउ गरेको छ ।

यस सन्दर्भमा अनुसन्धान भईरहेको भन्दै थप केही विवरण खुलाइएको छैन ।

गएको साउन २ गते पनि यसरी नै त्रिभुवन विमानस्थलको भन्सार जाँच पास गरेर बिमानस्थलबाट बाइरिएको अवस्थाको सुन राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

सरकारको निर्णय: सुवास नेम्वाङलाई राजकीय सम्मान दिने – अन्त्येष्टिका दिन सार्वजनिक बिदा

0

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिरिषदको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ।

मङ्लबार बिहान निधन भएका नेम्बाङको अन्त्येष्टि उनका छोराहरु विदेशबाट आएपछि मात्रै गरिने बताइएको छ।

माई खोला हाइड्रोपावरले १००% हकप्रदको अजेन्डा सहीत डाक्यो वार्षिक साधारणसभा

0

माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा असोज १८ गते गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुने गरी डाकिएको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने उदेश्य अनुरुप १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्नेछ । कम्पनीले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभा पेस गर्नेछ।

कम्पनीमा संस्थापकबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ र एकजना स्वतन्त्र सञ्चालकको निर्वाचन सभाले गर्ने र आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

एलआईसी नेपालले आ.व. २०७८–७९को मुनाफाबाट लाभांश नदिने

0

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाड्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनिले आर्थिक वर्ष २०७८–७९को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गर्दा लाभांश वितरण नगर्ने र सोही विवरणहरु स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

‘उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको छ’, गिरीद्वारा जारी गरिएको सूचनामा भनिएको छ।

एलआईसी नेपालले आर्थिक वर्ष २०७७–७८मा पनि लाभांश वितरण गरेको थिएन।

‘प्रभु सेलेक्ट फन्ड’ले लाभांश घोषणा गर्‍यो

0

प्रभु म्युचुअल फन्डले सञ्चालन गरिरहेको ‘प्रभु सेलेक्ट फन्ड’ले लाभांश घोषणा गरिएको छ।

सोमबार बेलुका बसेको प्रभु क्यापिटलको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डले योजनाका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण को लागि बुक क्लोजको मिति भने तोकिएको छैन ।

यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ।